Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोर्तुगलमा दीपावलीको शुभकामनासहित देवकोटा जयन्ति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yogendra Milan Chhantyal   
Wednesday, 26 October 2011 21:03

लिस्बोन- पोर्तुगलमा रहेका साहित्यप्रमीहरुले ८ कार्तिक गते देवकोटा जयन्ति मनाएका छन् ।

उनीहरुले देवकोटाको फोटोमा माल्यार्पण र साहित्यिक रचनाहरु वाचन गरी श्रद्धासुमन अर्पण गरे ।

सहभागीहरुले दीपावलीको शुभकामना पनि आदानप्रदान गरेका छन् । उनीहरुले देशको अवस्था सुध्रियोस्, सबै नेपाली आफ्नै भूमिमा फर्केर रगत र पसिना सिञ्चन पाइयोस् भन्ने खालका कामना पनि गरे ।

प्रमुख अतिथि गैह्र आवासीय नेपाली संघ, पोर्तुगलका वरिष्ठ उपाध्यक्ष डिलाराम चापागाइँले देवकोटाको संघर्षमय जीवनीबाट हामीले थुप्रै शिक्षा लिन सकिने बताउँनुभयो । 'महाकविले दिएको योगदानले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली साहित्यको चिनारी बढेको छ' चापागाइँले भन्नुभयो ।

विशेष अतिथि नेपाल पोर्तुगल कला संस्कृति साहित्य तथा सञ्चार परिषद्का अध्यक्ष कुमार श्रेष्ठ र अन्तर्राष्ट्रिय कलाकार मञ्च पोर्तुगलका महासचिव कमल विष्टले देवकोटाको जीवनी, व्यक्तित्व र कृतिहरुबारेमा प्रकाश पार्नुभयो ।

सुनिल संगम, अमृत परियार, कला कोयु, योगेन्द्रमिलन छन्त्याल, मोहन आचार्य लगायतका सर्जकहरुले  कार्यक्रममा शुभकामना आदानप्रदानसहित कविता, गीत र गजल वाचन गरेका थिए । सिर्जनाहरूमा देवकोटाको योगदान, तिहार, मायाप्रीति र संघर्षकाबारेमा लेखिएका थिए ।

यसका साथै लिस्बोन, पोर्तुगलका बिजी श्रेष्ठ, अनेसास इजरायलका उपाध्यक्ष कुमार पौडेल, चिती-७, लमजुङका अनुप जोशी, दोहा, कतारका सुवास श्रेष्ठ र श्यामकुमार घलानले पठाएका सिर्जनाहरु पनि वाचन गरिएका थिए ।

राष्ट्रिय गानबाट शुरु भएको दीपावलीको शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्तुगल च्याप्टरका अध्यक्ष सुनिल संगमले र संचालन च्याप्टरका महासचिव योगेन्द्रमिलन छन्त्यालले गर्नुभएको थियो । १०२ औं देवकोटा जयन्तिको अवसरमा आयोजित  कार्यक्रम गैह्र आवासीय नेपाली संघ, एनआरएनको सभाकक्ष रोस्शियोमा सम्पन्न भएको थियो ।

-Yogendra Milan Chhantyal in Portugal

My Radio Programs : http://sahayatra.com/?p=155
Our website : www.sahayatra.com
To listen my visual or audio : www.youtube.com/YogendraMilan
To check my blog : www.chhantyal.blogspot.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?