Inside

All Time Top 50 News

जनजाति आन्दोलनप्रति १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघको समर्थन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 20 May 2012 23:25

न्यू योर्क- विभिन्न १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघका शाखाहरुद्वारा नेपाल आदिवासी जनजाति सयुक्त सघर्ष समितिले घोषणा गरेको जेठ ७, ८ र ९ गतेको नेपाल बन्द र
आम हड्तालको समर्थन जनाउदै प्रेस विज्ञप्ति जारि जारी गरिएको छ ।



पढ्नुहोस् विज्ञप्तिको पूर्ण पाठ:

प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति सयुक्त सघर्ष समितिले घोषणा गरेको जेठ ७, ८ र ९ गतेको आम हड्तालको पहिलो दिन सामान्य हिंसा बाहेक शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

सयौ बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडा बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको अवस्थामा पनि षडयन्त्रपूर्वक ११ प्रदेश बनाउने सहमति गरेको विरुद्धमा घोषित नेपाल बन्दहड्तालकोक्रममा केही जनजाति, मधेशी विरोधि तत्वहरु पत्रकारको रुप धारण गरेर विभिन्न तरिकाबाट अवरोध गर्न अघिबढेको कार्यप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।
निष्पक्ष र ब्यवसायिक पत्रकारिता प्रति हाम्रो उच्च सम्मान रहेको स्पष्ट पार्न चाहान्छौं यद्यपी ठूलठूला मिडिया हाउसहरु संघीयता र पहिचानको प्रदेश निर्माणको विपक्षमा, जनजाति, मधेशीहरुको विरुद्धमा लेख्दै आएका, उत्पीडितजन्य अवाजहरुलाई दबाउदै आएका मिडियाहरुलाई स्पष्ट भन्न चाहान्छौं । तिमीहरुको यो कार्य अत्यन्त निन्दनीय छ । सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति, नागरिक, हिमाल मिडिया, कान्तिपुर लगायतका मिडियाहरुले हाम्रो आवाजलाई कति समेट्यौ र संघीयता विरोधी (तिमी)हरुको केकति समेट्यौ हामी संग सम्पूर्ण हिसाव छ । यद्यपी तिमीहरुले हाम्रो समाचार दिनुपर्छ भन्ने होइन किन की यो प्रविधिको दुनियामा ठूला मिडिया हाउसहरुको वर्चश्व अहिले छदैछैन तर सहि समाचारलाई बङ्ग्याएर नराम्रो संन्देश छर्ने कार्यले समाजमा भ्रम सिर्जना गरेको छ । विनम्रतापूर्वक त्यस्तो काम त्याग्न आग्रह गर्दछौं ।

गत जेठ ७ गते रिपोटर्स क्लवमा जनजाति महासंघका महासचिव आङकाजी शेर्पा ज्यूले बन्दको बारेमा जानकारी दिने पत्रकार भेटघाट कार्यक्रममा केही पत्रकार भनाउदा ब्यक्तिहरुबाट भएको अवरोधको हामी अत्यन्तै निन्दा गर्दछौं । प्रथमत अवरोध कर्ता सच्चा पत्रकार नै होइन्न भन्ने हाम्रो बुझाई हो र यदि पत्रकार नै हो भने, जनविरोधी पत्रकारको सहिरुप देखाउनु भएको छ । हामी आवेगले होइन विवेकले काम गर्न आग्रह गर्दछौं । उक्त जानकारी दिने कार्यक्रममा महासचिव शेर्पा ज्यूले नराम्रो कुनैपनि कुरा भन्नु भएको थिएन । वेभमा उपलब्ध भिडियोमा पनि हेर्न सकिन्छ । तथापी एक्कासी पत्रकारको खोल ओढेका केही जनजाति, मधेशी विरुद्धका ब्यक्तिहरुले अवरोध गर्नु हामीलाई आश्चर्य लागेको छ । संकुचित विचार राख्ने ती मित्रको हामीसंग ३ पुस्ते जानकारी छ र सार्वजनिक कार्यक्रममा अपमान गरेको कारण निजलाई सार्वजनिक माफि माग्न आग्रह गर्दछौं ।

एक जातिको मात्र हालीमुहाली रहनुपर्छ, जनजाति, मुस्लिम, मधेसी, पिछडावर्गलाई सधै हली, कम्लरी, कमैया र भरिया मात्र बनाउनु पर्छ भन्ने नियतले छेडिएको उग्र जातिबादि आदोलन अहिले पत्रकारिताको क्षेत्रबाट, पुलिस र प्रसासनको क्षेत्रबाट प्रवेश गरेको अनुभव गरिएको छ । त्यसैले सम्पूर्ण न्यायपूर्ण आन्दोलनकर्मीहरुलाई संचेत रहन आब्हान गर्दछौं साथै पत्रकारिता, प्रहरी र प्रसासनलाई आ–आफ्नो साख बचाउन पनि अपिल गर्दछौं ।

लामो समयदेखि सहिष्णुतापूर्वक रहेको सामाजिक सद्भावलाई भत्काउने काम कसैबाट नहोस अनुरोध गर्न चाहान्छौं । सदियौ देखि शोषण, दमनमा परेकाहरु मुक्तिका लागि अधिकार माग्न आन्दोलन गरिरहेका छन् तर सत्ता, शक्ति सबैसबै सधैसधै लिएकाहरु पनि आन्दोलनमा उत्रिएका छन् त्यो के का लागि हो ?

सम्पूर्ण जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्ग मित्रहरुलाई अत्यन्तै सयंमताको साथमा आन्दोलन गर्न आग्रह गर्दछौं । यहाहरुको आन्दोलनमा विश्वभरका जनजाति, मधेसीको समर्थन र सहयोग रहेको पनि जानकारी गराउदछौं । तपाइहरुले गर्नुहुने प्रत्येक न्यायपूर्ण आन्दोलनको फोटो, भिडियो, अडियोलाई विश्वब्यापी सामाजिक संजाल फेसबुक, युट्यव, ट्युटर जस्तामा यथासक्दो चाँडो अपलोड गर्नुहुन पनि अनुरोध गर्दछौं । ती सबै फाइलहरुलाई जनजाति आन्दोलन २०१२ नाम दिई अपलोड गरेको खण्डमा अत्यन्तै प्रभावकारी हुनेछ तब आन्दोलन र मागको बारे नेपालका जनजाति, मधेशी विरोधी मिडियाहरुले नसमेटपनि कुनै फरक पर्नेछैन ।
निष्पक्ष संविधान निर्माण गरेर समृद्ध नेपाल निर्माणमा हाम्रो सामुहिक प्रयत्न, सामुहिक सहभागिता हुनुपर्ने बेला हो । कसैले ब्यक्ति र समुदायको नैसर्गिक अधिकारको माग गर्दा अध्ययन गरि उचित अधिकार दिनुपर्ने हो तर विडम्बना झनै दमक गर्नु खेद जनक छ । ब्यथा त उहि विरामीलाई थाह हुने हो । सबै जातिको साझा नेपाल बनाउनको लागि जनजाति संघर्ष समितिले आब्हान गरेको बन्द हड्ताल र संवाद एकैसाथ अघि लैजान तथा सफल बनाउन सबैको निरन्तर सहभागिता रहोस ।

१) हुम सुनारी मगर, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, साउदि अरेबिया
२) थर्क रानामगर, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, बेलायत
३) शिव राई, अध्यक्ष
नेपाल जनजाति महासंघ अमेरिका
४) संगिनी रानामगर, अध्यक्ष
नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका (फिप्ना)
५) पर्शुराम राई, अध्यक्ष
नेपाली जनजाति समाज, क्यानाडा
६) सेकराज सुनुवार, अध्यक्ष
नेपाल जनजाति समाज,जर्मनी
७) रेशमराज घले अध्यक्ष
नेपाली आदिवासी जनजाती एकता समाज, अष्ट्रीया
८)  ध्रुव भट्टचन, अध्यक्ष
नेपाल आदिबासी जनजाति महासंघ जापान
१०) श्मानबहादुर साँवा लिम्बू, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, कतार
११) श्गिरमान थापामगर, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, युएइ
१२) एमबी दर्लामी थापामगर, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, हङकङ
१३) गणेश तामाङ्, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रेलिया
१४) तेन्जिङ शेर्पा, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, कोरिया
१५) राजु सुब्बा, अध्यक्ष
प्रनेसास, ब्रुनाई

 

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.