Inside

All Time Top 50 News

बेलायतको रेडिंगमा २०० औं भानुभक्त जयन्ती समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Komal PS Malla   
Sunday, 14 July 2013 23:16

Special: 3 photos: रेडिंग, युके- बेलायतमा जेठो नेपाली साहित्यिक संस्था 'नेपाली साहित्य विकास परिषद' युकेद्वारा आदिकवि भानुभक्त आचार्यको २०० औं जयन्ती एक विशेष समारोहको आयोजना गरेर मनाईएको छ ।


 

The 200th Bhanu Jayanti celebration in UK on July 13, 2013. Photos courtesy: Komal PS Malla

बेलायतका विभिन्न भागमा साहित्यिक कार्यक्रम संचालन गर्ने लक्षअनुसार यसपटक ग्रेटर रेडिंग नेपाली समाजको सौजन्यतामा रेडिंगमा भानु जयन्ती सम्पन्न भयो ।

परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको अध्यक्ष्यतामा सम्पन्न उक्त विशेष साहित्यिक कार्यक्रममा प्रमुख अतिथि सो परिषदका पदेन संरक्षक- नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे, ग्रेटर रेडिंग नेपाली समाजका अध्यक्ष्य कीर्तिविलास पन्त, नेपाली साहित्य विकास परिषदका निवर्तमान अध्यक्ष्य हरिसिं थापा, एनआरएनए आइसीसी सदस्य विश्व आदर्श पण्डित, प्रा. एलबी क्षेत्री तथा बेलायतमा रहेका साहित्यिक श्रस्टा तथा साहित्यानुरागीहरुको ठूलो उपस्थिति थियो ।


The 200th Bhanu Jayanti celebration in UK on July 13, 2013. Photos courtesy: Komal PS Malla

कार्यक्रमको शुरुमा प्रमुख अतिथि डा. सुरेशचन्द्र चालिसे र परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीलगायत कार्यक्रममा उपस्थित सबैले आदिकविको तस्वीरमा श्रध्दा सुमन अर्पण गरेका थिए ।

अन्तरराष्ट्र्यि नेपाली वांगमय प्रतिष्ठानका उपाध्यक्ष्य तथा लेखक / कवि गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको जीवनी तथा कृतिहरुवारे प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी, लण्डनमा रहेका सुपिरिचित रंगकर्मी, भिजन संसारका संस्थापक सनमकुमार वैरागले आदिकविको पुर्नआगमन र वहांका कृतिका केही भावनाहरुको अभिनयात्मक प्रस्तुती गरेर उपस्थित सबैलाई भावुक मनस्थितिमा पुर्याइदिनु भएको थियो ।


The 200th Bhanu Jayanti celebration in UK on July 13, 2013. Photos courtesy: Komal PS Malla

ग्रेटर रेडिंग नेपाली समाजका अध्यक्ष्य कीर्तिविलास पंतले रेडिंगमा त्यस किसिमको पहिलो कार्यक्रम भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तै कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक- नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले भाषा र साहित्य आफ्नो पहिचानको प्रतिक भएकोले यिनको विकास र संरक्षणमा प्रयास हुन जरुरी हुने बताउनु भयो । वहांले बेलायती समाजमा समावेश हुने प्रकृयामासमेत आगन्तुक समाजले आफ्नो भाषा र संस्कृति कायम राखुन् भन्ने आतिथेय सरकार र समाजको आशय रहेको उल्लेख गर्नुभयो ।

नेसाविपका महासचिव डा. सुधा श्रेष्ठले परिषद्का उद्येश्य तथा कार्यक्रमहरुवारे चर्चा गर्नु भएको थियो ।

भानु जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा नेपाली साहित्य विकास परिषद युकेव्दारा प्रकाशित डा. गोपाल पौड्याल मण्डनेव्दारा रचित गजल संग्रह लण्डनको कोशेली पनि लोकार्पण गरिएको थियो ।

ग्रेटर रेडिंग नेपाली समाजका वरिष्ठ उपाध्यक्ष्य रमेश वास्तोलाको स्वागत भाषणबाट प्रारम्भ भएको सो कार्यक्रमको विसर्जन नेसाविपका अध्यक्ष्य खगेन्द्र नेपालीको धन्यवाद ज्ञापनबाट भएको थियो ।

नेसाविपका कार्यकारी सदस्य ज्ञानेन्द्र राउतव्दारा संचालित उक्त कार्यक्रममा बालकविव्दय आयुश श्रेष्ठ र सहारा पंडितलगायत हरिसिं थापा, कोमल श्रेष्ठ मल्ल, गोपी प्रसाई, सागर सिलवाल, गोकुल भण्डारी, कृष्ण न्यौपाने, निर्मला न्यौपाने, मोतिराज भण्डारी, गोपाल पौड्याल, कुमार के.सी., प्रतिमा के.सी., राजीव रेग्मी, आयुश श्रेष्ठ ओम अधिकारी, रमेश कायस्थ, सहारा पंडित, माधव रेग्मी, लैन सुव्वा, केदार रिमालले आदिकवि सम्बन्धी वा अन्य कविताहरु वाचन गरी वहांप्रति हार्दिक श्रध्दान्जली अर्पण गरेका थिए ।

-Komal PS Malla in UK

Read related news:

-http://www.usnepalonline.com/inls/

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

-अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी !
साहित्यकार गीता खत्रीले पहिलो महिला अध्यक्ष बनेर ईतिहास रचिन्

-अनेसासका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल चुनावको मुखमा के भन्छन्?

-अनेसास (INLS) केन्द्रीय नेत्रित्वकालागि ३ समूहका नेपाली साहित्यकारहरुबिच चुनावी प्रतिस्पर्धा

--न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

-अनेसास बोष्टन च्याप्टरको नयाँ कार्यसमिति गठन

-अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

-डि.सी.मा अनेसासद्वारा शीतकालीन नेपाली साहित्य सम्मेलन सम्पन्न

-अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु

-बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न

-लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो

-अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न

-वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.