Inside

All Time Top 50 News

तामाङ्ग समाज युएईद्वारा दुबईमा २५५३ औं बुद्ध जयन्ती समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lek Tamang   
Wednesday, 13 May 2009 07:56
दुबई- यही मे ९ तारिख शनिबारका दिन दुबई शहरको बरदुबईस्थित नेपाली रेष्टुरेन्टको सभा हलमा तामाङ्ग समाज युएईले एक कार्यक्रमको आयोजना गरी २५५३ औं बुद्ध जयन्ती मनएको छ।
 
 
Photos courtesy: Lek
 
समाजका अध्यक्ष छत्रबहादुर लामाको सभापतित्व एवं संबाद सचिब महेश मोक्तानको संचालनमा सम्पन्न भएको सो कार्यक्रम भगबान गौतम बुद्धको प्रतिमामा १०८ दिप प्रज्वलित गरी प्रारम्भ भएको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै समारोहका सभापति एवं समाजका अध्यक्ष छत्रबहादुर लामाले भन्नु भयो 'विश्व भरि शान्तिको अग्रदुतका रुपमा परिचित महामानव गौतमबुद्धको उपदेशहरुलाई धर्मको रुपमा ग्रहण गर्नु भन्दा पनि दर्शनको रुपमा उपयोग गर्न सकेमा हाल विश्वभरि तेज रफ्तारको रुपमा फैलिरहेको, लोभ, लालच, हत्या, िहंसा लगायतका संपुर्ण नाकारात्मक कार्यहरुको रोकथाम गर्न ठुलो मदत पुग्ने थियो' भन्नुहुँदै बिश्व समुदायले गौतमबुद्धको देश भनेर चिनिन्ने हाम्रेा देश नेपालका राज्यसत्क्ता सम्हाल्दै आएकाहरुले महामानव गौतमबुद्धलाई कुनै धार्मिक समुदाय बिषेश र जाति बिषेशको मात्र हो भन्ने सोच राख्दै आएको र त्यो नै अत्यन्त दुखदपुर्ण रहेको भन्ने धारण ब्यक्त गर्दै उक्त्ता समारोहमा उपश्थित संपुर्ण महानुभावहरुलाई धन्यबाद दिनु भएको थियो ।

सेाही समारोहलाई संबोधन गर्नु हुदै समाजका संस्थापक महासचिव एवं वर्तमान अन्तराष्ट्रिय संयोजक लेक योन्जनले तामाङ्ग समाज युएईले विगत ४ वर्षदेखि लगातार रुपमा बुद जयन्ती मनाउंदै आएको र विभिन्न समयमा युएईका विभिन्न नेपाली संघसंस्थाहरुका नेतृत्वकर्ताहरुले बुद्ध जयन्तीलाई सामुहिक रुपमा र भव्यरुपमा मनाउने आश्वासनहरुदीएको तर त्यो यथार्थमा परिणत नभएको र बौद्धमार्गीहरुको बाहुल्यता रहेको आदिबासी जनजाती महासंघ युएईले समेत बुद्ध जयन्तीलाई सामुहिक र भव्यरुपमा मनाउने पहल नगरेकोमा रोष प्रकट गर्नु भएको थियो।
 
 
 
तामाङ्ग समाज युएईका उपाध्यक्ष विमल तामाङ्ग, महासचिव राम मोक्तान, पांच पोखरी समुहका अध्यक्ष एंव तामाङ्ग समाज युएईका भुपु उपाध्यक्ष पदम दोर्जे दोड, तामाङ्ग समाज युएईका सल्लाहकार डिल्लि तामाङ्ग लगायत विभिन्न क्षेत्रमा कार्यरत महिला दिदीबहिनीहरुको समेत सो समारोहमा उपस्थिति रहेको थियो । सो समारोहमा समाजका केन्द्रिय सदस्य रबिन थिडले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष प्रेम बम्जन र सदस्य काजीमान घिसिडले समेत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा युएईस्थित रहेका केही बरिष्ट नेपाली व्यावशायीहरुको समेत उपस्थिति रहेको थियो ।
 
 

त्यसैगरि यही मे ८ तारिक शुक्रबारका दिन पांच पोखरी समुह युएईले पनि दुबईको सफापार्कमा एक समारोहको आयोजना गरी २५५३औं बुद्ध जयन्ति मनाएको छ । उक्त समुहका अध्यक्ष पदम दोर्जे दोडको सभापतित्व तथा तामाड समाज युएईका अध्यक्ष छत्रबहादुर लामाको प्रमुख अथिथ्यमा सम्पन्न भएको सो कार्यक्रम पार्कको खुल्ला मैदानमा गौतम बुद्धको प्रतिमामा प्रमुख अथिति बाट दिप प्रज्वलित गरी उद्घाटन पश्चात शुरु भएको थियो ।

महिलाहरुको बाहुल्यता रहेको सो कार्यक्रमको शुरुवातसंगै तामाड युवा युवतीहरुले तामाड सेलो दोहरी र स्याब्रु नाचको रौनकले पार्कलाईनै तामाङ्गमय बनाएको थियो । कार्यक्रम उक्त समुहका पुर्व अध्यक्ष प्रमोद थोकरको संचालनमा सम्पन्न भएको थियो ।

-Lek Tamang in Dubai

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.