Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोर्तुगलको लिस्बनमा २९ औं बीपी स्मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ramhari Lamichhane   
Tuesday, 26 July 2011 01:07

लिस्बन- नेपाली जन सम्पर्क समिती पोर्तुगलले लिस्बनमा आइतबार २९ औं बीपी स्मृति दिवसको अबसर पारेर "बिचारहरुको सान्दर्भिकता" बिषयक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

29th BP Koirala memorial celebration in Lisbon, Portugal. Photos courtesy: Bhim KC Kamal


स्वर्गीय महानायक बीपीको तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रम एनआरएन नेदरल्याण्डका अध्यक्ष एबम जनसम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार हरि पौडेल प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एबम जनसम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार हरि पौडेलले बिपीले पुर्याउनु भएको योगदानको चर्चा गर्दै बिपीले देखाउनु भएको मार्गमा लाग्नु पर्नेमा जोड दिनुभयो। उहाले बिपीको सिद्दान्तअनुसार नेपाली कांग्रेस अगाडी बढ्नु पर्ने आबश्यकता औल्याउदै  प्रवास मै रहेर भए पनि प्रजातन्त्र जोगाउन  लागि पर्न सबैमा आग्रह गर्नुभयो। यसै गरि उहाले नेपालका नेताहरुले नेपालको संबिधान बनाउन नसकिरहेको अबस्थामा संबिधान नबने सम्म प्रवासमा रहेका कुनै पनि संघ संस्थाहरुले नेताहरुलाई कार्यक्रमको सभागितामा बन्देज गराउनु पर्ने धारणा समेत राख्नुभयो।

29th BP Koirala memorial celebration in Lisbon, Portugal. Photos courtesy: Bhim KC Kamal

नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष एबम कार्यक्रमका सभापति पूर्ण हमालले बिपीको स्मरण मात्र गरेर होइन कि उहाले दिनुभएको योगदानलाई आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो। यस्तै एनआरएन पोर्तुगलका निर्बर्तमान अधक्ष्य लक्ष्मीप्रसाद सापकोटाले बिपीको भनाइलाई स्वीकार गर्दै नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रमामा बोल्दै नेपाली जनसम्पर्क समिती पोर्तुगलका सल्लाहकार भिम केसी कमलले बीपीका सिदान्तहरुलाई प्रभाबकारीरुपमा अबलम्बवन गर्नुपर्नेमा जोड दिनु भयो।

यसै गरि, कार्यक्रमामा सित बराल, भानु सापकोटा, सुशील गैरे, दामोदर सुबेदीलगायतले बीपीको एक राजनीतिज्ञ मात्र नभैकन सफल साहित्यकार भएको स्मरण गर्दै उहाले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो।

हेमन्त सेढाइंले संचालन र कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले स्वागत भाषण गर्नु भएको कार्यक्रम रेस्टुरेन्ट टेस्ट अफ नेपाल साल्दानाको हलमा सम्पन्न गरिएको थियो।

कार्यक्रम जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष पूर्ण हमालको सभापतित्वमा सम्पन्न भएको थियो।

-Ramhari Lamichhane in Lisbon

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?