Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कतारमा २९ औँ मगर दिवस सम्पन्न; विश्व किर्तिमानी खगेन्द्र मगर सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federation of Non-Resident Nepalese Magars   
Wednesday, 23 March 2011 14:37

दोहा, कतार- नेपाल प्रवासी मगर संघद्वारा २९ औं मगर दिवसको अवसर पारेर नेपाली अपाङ्गहरुको सहयोगार्थ आयोजित बिशेष कार्यक्रम "मगर दिवस साँस्कृतिक साँझ २०६७" शुक्रबार भव्यरुपमा सम्पन्न भएको छ ।


मगर दिवस फागुन १५ का दिन मनाईनुपर्ने भएपनि समय र स्थितीको मध्यनजर गरी कतारको सार्वजनिक बिदाको अवसर पारेर यो कार्यक्रम मनाईएको हो । कार्यक्रम संघका केन्द्रिय अध्यक्ष देवबहादुर राना मगरको सभापतित्वमा प्रमुख अतिथि महामहिम राजदुत डा. सुर्यनाथ मिश्र तथा आमन्त्रित बिशेष अतिथि खगेन्द्र थापा मगरद्वारा बेलून फुटाएर तथा दिप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बिशेष अतिथिद्वय खिरबहादुर पुलामी मगर, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव बिनेश तामाङ, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका उपाध्यक्ष सागर नेपाललगायत अतिथिहरुमा कतारस्थित जातिय, बैचारिक, जिल्लास्तरिय आदि प्रायँ सबैजसो संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई प्रारम्भमा सन्चालन गर्दै संघका प्रमुख सल्लाह्कार छत्रबहादुर घले मगरले उपस्थित सबैलाई स्वागत गर्नुकासाथै मगर समुदायभित्र मगर दिवस मनाईनुको औचित्यबारे पनि प्रकाश पार्नुभएको थियो ।

मन्तब्यको क्रममा प्रमुख अतिथिले नेपाली अपाङ्गहरुको सहयोगार्थ स्वयं अपाङ्ग कलाकारहरुलाई सहभागी गराएर आयोजना गरिएको यस्तो कार्यक्रम कतारमै पहिलोपटक भएको बताउँदै कार्यक्रमको उद्देश्य राम्रो रहेको र यसमा सबैले साथ दिनुपर्ने कुरामा जोड दिनुभयो । मन्तब्यकै क्रममा आमन्त्रित अतिथी खगेन्द्र थापा मगर प्रतिस्ठानका अध्यक्ष मिनबहादुर राना मगरले आफुले गरिआएको राम्रै जागिरलाई छोडेर खगेन्द्र थापा मगरलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा दर्ता गर्न अहोरात्र खटेर मात्र सफलता मिलेको बताउँदै नेपाल राष्ट्रलाई विश्वसामु चिनाउने जस्तो गरिमामय कुरामा पनि नेपाल सरकारकोतर्फबाट कुनै चासो नदेखिएको तितो यथार्थ सुनाउनुभयो । हालसम्म खगेन्द्र थापा मगरलाई गिनिज बुकबाट ३ वटा उपाधी प्राप्त भईसकेको र थप ३ कृतिमानकोलागि ईटली प्रस्थान गर्ने बताउनुभयो । त्यसैगरी, अन्य अतिथिहरुमा अमृत गुरुङ (ने.प्र.आ.ज.महासंघ कतारका प्रमुख सल्लाहकार), कमलमणी गुरागाई (NRNA NCC का प्रमुख सल्लाहकार), सागर नेपाल (NRNA ICC का उपाध्यक्ष) ले कार्यक्रमको खुलेर प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।

समग्रमा दुई शोमा आयोजित कार्यक्रममा प्रथम शोलाई संगठनको औपचारिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम गरी दुई चरणमा सम्पन्न गरिएको थियो भने दोश्रो शोलाई साँस्कृतिक कार्यक्रममा मात्र सिमित राखिएको थियो । पहिलो चरणको कार्यक्रममा उद्घाटन पश्चात् राष्ट्रको सम्मानस्वरुप नेपाली राष्ट्रिय गीत बजाईएको थियो जसमा उपस्थित सबैले आ-आफ्नै स्थानमा उठेर धुनसँगै आफ्नो स्वरले पनि साथ दिएका थिए ।

कार्यक्रमको शुरुवातसँगै कार्यक्रम हलमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डद्वारा प्रमाणित विश्वको सबैभन्दा होंचो ब्यक्तित्व खगेन्द्र थापा मगरको प्रवेशले उपस्थित सबैलाई जोश्याएको थियो । उपस्थित सबैले आफुसामु विश्व किर्तिमानी खगेन्द्र थापा मगरलाई देख्न पाउँदा हर्षले बिभोर हुँदै जोडदार तालीले स्वागत गरेका थिए । त्यसलगत्तै विश्व किर्तिमानी खगेन्द्र थापा मगरलाई प्रमुख अतिथिद्वरा सम्मान पत्र तथा कार्यक्रम सभापतिद्वारा खादा ओढाई सम्मान गरिएको थियो भने खगेन्द्र मगरलाई विश्व किर्तिमानी दिलाउन अहोरात्र खटिनुभएका खगेन्द्र प्रतिस्ठानका अध्यक्ष मिनबहादुर राना मगरलाई पनि खादा ओढाई प्रशंसा पत्र दिईएको थियो । कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महसंघ कतार र बाग्लुङ सामाजिक सेवा समितीले पनि खगेन्द्र मगरलाई सम्मान गरेको थियो ।

साँस्कृतिक प्रस्तुतिहरुतर्फ कार्यक्रमको शुरुवातमै कबिराज मगरको मयुर नृत्यले सबैको मन खिच्न सफल देखिन्थ्यो । चर्चित लोकदोहोरी गायिका रिता थापा मगरको लोक भाका, चर्चित मोडल तथा डान्सर गीता राईको आकर्षक नृत्यमा रम्नेहरु उत्तिकै देखिन्थे । चर्चित पप गायक प्रकाश तिमिल्सिना (दृष्टि्बिहिन) को आफ्नो एकल एल्बमको प्रस्तुतिहरुले सबैको मन छोएको देखिन्थ्यो । चर्चित नृत्याङ्गना रश्मी खरेल (एक खुट्टा बिहिन) ले बडो सहज तरिकामा एकै खुट्टाको भरमा गरेको नृत्यले पनि दर्शकहरुलाई अचम्मित पार्न पर्याप्त देखिन्थ्यो । चर्चित गायक डम्बर नेपालीको आफ्नै एल्बमको प्रस्तुतीहरुमा दर्शकहरु निकै रमेका देखिन्थे ।

अन्त्यमा बहुचर्चित लोकगायक अर्थात् सालैजो भाकाका राजा मानिने खड्ग गर्बुजा मगरको पञ्चेबाजा र सालैजो भाकाले दर्शकहरुलाई निकै उत्साहित गराएको देखिन्थ्यो । कार्यक्रमको बिचबिचमा स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई पर्याप्त मनोरन्जन दिलाएको प्रस्ट देखिन्थ्यो ।

कलाकारहरुले स्टेजमा आ-आफ्नो कला बडो पारखी ढंगले प्रस्तुत गरेर अपाङ्गहरुले पनि आफुले मनभित्रबाट आँट्न सक्ने मात्रै हो भने पनि सपाङ्गहरु सरह काम गरेर देखाउन सक्छन् भन्ने कुरालाई चरितार्थ गरिदिएको देखिन्थ्यो । त्यसैले पनि होला कलाको पुरस्कारस्वरुप उनिहरुको थप मनोबल बढाउन कार्यक्रम प्रस्तुतीको क्रममा दर्शकहरुले अपाङ्ग कलाकारहरुलाई उनिहरुको प्रतिभाको प्रशंसा गर्दै आर्थिक सहयोग गर्नपनि पछि परेनन् ।

कार्यक्रममा अन्त्यतिर समयको अभावको कारण दोहोरी जम्न नसकेको तितोपना महशुस भएतापनि समग्रमा कार्यक्रम भव्य तथा मनोरन्जनात्मक भएको प्रायको भनाई थियो ।

कार्यक्रमको प्रथम शो अन्तर्गत संगठनको औपचारिक कार्यक्रमलाई संघका प्रमुख सल्लाहकार छत्रबहादुर घले मगरले सन्चालन गर्नुभएको थियो भने बाँकी दुबै शो अन्तर्गत साँस्कृतिक कार्यक्रमलाई बबिन राईले रोचक ढंगले सन्चालन गर्नुभएको थियो ।

-Federation of Non-Resident Nepalese Magars [FNNRM Qatar]
नेपाल प्रवासी मगर संघ, दोहा कतार

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?