Inside

All Time Top 50 News

एनआरएनको छैठौं युरोपेली क्षेत्रिय बैठक तथा चौंथौ महिला भेला जुन २१-२३ बिच स्वीजरल्याण्डको जुरिक शहरमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Shalikram Gautam   
Friday, 15 March 2013 16:43

बेल्जियम- गैर आवासीय नेपाली संघ (एनआरएन) छैठौं युरोपियन क्षेत्रिय बैठक तथा चौथौ महिला भेला आगमी जुन २१-२३ बिच स्वीजरल्याण्डको जुरिक शहरमा आयोजना गरिने भएको छ ।


 


एनआरएन अन्तरगत सवैभन्दा धेरै राष्ट्रिय परिषद भएको युरोपियन क्षेत्रको क्षेत्रिय बैठक युरोपियन क्षेत्रमा रहेका एनआरएन समन्वय परिषदविच सहकार्य र आत्मनिर्भरताकोलागि अनुभव आदान प्रदान गरि संस्थागत शशक्तिकरण गर्ने र क्षेत्रिय सवालहरुमा केन्द्रित रहेर छलफल गर्ने  उद्धेश्यले भेला आयोजना गरिएको हो ।

युरोपियन क्षेत्रिय बैठक प्रत्येक वर्ष विभिन्न मुलुकमा हुने एनआरएनको परम्पराअनुसार यो छैठौं पटक स्वीजरल्याण्डमा संपन्न हुने भएको हो ।

जुरिकको अन्तरराष्ट्रिय युथ होस्टेलमा कार्यक्रम संपन्न हुने जनाइएकोछ ।

कार्यक्रमबारे संक्षिप्त प्रतिकृया दिदै गैर आवासीय नेपाली संघ अन्तरराष्टिय समन्वय परिषद (NRNA ICC) का अध्यक्ष जिवा लामिछानेले युरोपियन क्षेत्रका सवालहरु, समस्याहरुमा छलफल गरिने बताउनु भयो । "एनआरएन अभियान अन्तरगत एनआरएनहरुको नेटवर्किङ्ग गर्ने विभिन्न सवालहरुमा सामुहिक रुपमा छलफल गरेर सामुहिक धारणा, निति तथा कार्यक्रमहरु बनाउने एनआरएनको परम्परा अनुसार विभिन्न क्षेत्रका क्षेत्रिय वैठकहरु संपन्न हुदै आएका छन्" उनले थपे ।

कार्यक्रमको घोषणा गर्दै गैर आवाशिय नेपाली संघ युरोपियन कोअर्डिनेटर कुमार पन्तले विकसित र आर्थिक समृद्ध नेपालको परिकल्पना गरेका एनआरएनहरुले आर्जन गरेको पुजिं, सिप र उद्यमशिलतालाई सामुहिक तथा व्यक्तिगतरुपमा लगानी गर्न ढिला गर्नु नहुने र आइसीसी तथा एनसीसीहरु विच एनआरएन अभियान अन्तरगत भएका प्रगति, सवल पक्ष, अवसर र चुनौतीहरुको विष्लेषण गर्दै विभिन्न देशका एनसीसीहरुले आर्जेका राम्रा अनुभवहरु तथा संभाव्यताहरुलाई साटासाट गरेर एनआरएन अभियानलाई नयाँ उचाइदिदै एनआरएनरु विचको एकता र स्थायित्वलाई सुनिश्चित गर्ने अत्यावश्यक रहेको बताए ।

गैर आवासीय नेपाली संघ स्वीसका अध्यक्ष विनय श्रेष्ठले सवै राष्ट्रिय समन्वय परिषद र अन्तरराष्ट्रिय समन्वय परिषदको सहयोगको अपेक्षा गर्दै कार्यक्रमलाई भव्यरुपमा संपन्न गर्नकोलागि गैर आवासीय नेपाली संघ, नेपाली संघसंस्था र स्वीसमा रहेका नेपाली समुदायले आफ्नो जिम्मेवारीकोरुपमा लिन र यस अन्तरगत बनेका संरचनाहलाई गम्भिररुपमा लाग्न आग्रह गरेका छन् ।

क्षेत्रिय बैठकको परम्पराअनुसार यस अन्तरगत बनका विभिन्न समिति तथा उपसमितिहरुबाट आएका विभिन्न सवालहरुलाई प्राथमिकीकरणका आधारमा छनौट गरेर एजेण्डा बनाइने गरिएको छ । विषेश गरेर नेपाली नागरिकताको निरन्तरता, सामुहिक लगानी, परोपकारी कोष, नेपालको आर्थिक कुटनैतिक निति, सिप तथा नयाँ प्रयोगको स्थान्तरण जस्ता सवालहरुमा छलफल केन्द्रित हुने बताइएको छ ।

यो बैठक एनआरएनको ग्लोबल सम्मलेनको पुर्व सन्ध्यामा हुन गैरहेकोले आगामी एनआरएनको निति, कार्यक्रम नेतृत्वकाबारेमासमेत औपचारिक अनौपचारिक गृह कार्य हुन सक्ने भएकोले यस बैठकलले विषेश महत्व राख्ने र अधिक सहभागिता हुने छ विष्लेशण गरिएको छ ।

-Shalikram Gautam in Belgium

एनआरएन युरोपियन क्षेत्रिय बैठक २०१३ सार्वजानिक अपिल

एनआरएन युरोपियन क्षेत्रिय बैठक २०१३
जुरिक, स्वीजरल्याण्ड

सार्वजानिक अपिल

गैर आवासीय नेपाली संघले छैठौ युरोपियन क्षेत्रिय बैठक र चौठो युरोपियन महिला भेला आगमी जुन २१-२३, २०१३ सम्म जुरिक स्वीजरल्याण्डमा आयोजना गर्न गैरहेको सहर्ष जानकारी गर्दछौं ।

स्वीजरल्याण्डको राजधानी पर्यटकिय शहर जुरिकमा एनआरएन युरोपियन छैठौ र चौठो युरोपियन महिला भेलाको आयोजना गर्न पाउनु एनआरएनको लागि गौरवशाली अवसर हो । कार्यक्रमलाई अभुतपुर्वरुपमा संपन्न गराउन र अपेक्षित लक्ष्य प्राप्त गर्नको लागि एनआरएन स्वीजरल्याण्ड राष्टिय समन्वय परिषदको तत्परता र गृहकार्य प्रशंनिय छ । एनआरएन युरोपियन क्षेत्रिय बैठक युरोपियन क्षेत्रमा रहेका एनआरएन एनसीसीहरुका लागि एक अवसर हो जसबाट राष्ट्रि समन्वय परिषद विच सहकार्य र अनुभव आदान प्रदान गरि संस्थागत शशक्तिकरण गर्ने साझा मंचको रुपमा हेरिदै आएको छ ।

प्राय युरोपियन मुलकहरुमा एनआरएन राष्टिय समन्वय परिषद स्थापना भै सकेका छन् । विकसित र आर्थिक समृद्ध नेपालको परिकल्पना गरेका हामी गैर आवासीय नेपालीहरु अव हामीले आर्जन गरेको पुजिं, सिप र उद्यमशिलतालाई सामुहिक तथा व्यक्तिगत रुपमा लगानी गर्न ढिला गर्नु हुदैन । त्यसकारण, आइसीसी तथा एनसीसीहरु विच एनआरएनको विश्वव्यापी तथा क्षेत्रगत अभियान अन्तरगत भएका प्रगति, सवल पक्ष, अवसर र चुनौतीहरुको वस्तुगत विष्लेषण गर्दै विभिन्न देशका एनसीसीहरुले आर्जेका राम्रा अनुभवहरु तथा सहज संभाव्यताहरुलाई साटासाट गरेर एनआरएन अभियानलाई नयाँ उचाइदिदै हामी विचको एकता र स्थायित्वलाई सुनिश्चित गर्ने अत्यावश्यक महसुस गरिएको हो ।
यसैको प्रयास स्वरुप एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदले विभिन्न क्षेत्रहरुमा क्षेयित्र बैठक तथा सम्मलेन गर्दै आइरहेको छ । एनआरएन स्वीजरल्याण्डले छैटौ युरोपियन क्षेत्रिय बैठक २०१३ होस्ट गरेको हो । कार्यक्रमलाई प्रभावकारी र व्यवस्थापकिय कोणबाट पनि सवल बनाउनको लागि विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरुलाई उचित तरिकबाट जिम्मेबारी प्रदान गरेका छौं । आयोजको हैषियतले हाम्रा अतिथीहरुलाई युरोपियन एनआरएनहरुको लागि दुरगामी अर्थ राख्ने यस प्रकृया योजना गर्ने बैठकमा कुनै कमि महसुस नहोस भन्ने कुरा अत्यन्तै सजग रहेका छौं ।

विषेशत, यात्रापुर्व नै तय गर्नु पर्ने आधारभुत कुराहरु होटल रिजर्भेसन, प्रवेशाज्ञा आवेदन र सहभागी दर्ता प्रकृयाहरुलाई अतिथीहरुले अत्यन्तै गम्भीरतापुर्वक सोचिदिन हुन अनुरोध गर्दछौ । युरोप क्षेत्रिय वैठक International Youth Hostel, Mutschellenstrasse 114, 8038 Zurich, Switzerland मा निर्धारण गरिएको छ । होटल वुकिग रजिष्ट्रेसन फर्म मार्फत गर्न सकिने छ । रजिष्ट्रेसन फर्म एनआरएन आइसीसीको वेवसाइट www.nrn.org.np बाट  गर्न डाउनलोड गर्न सकिने छ । कृयया यस कार्यक्रमको विस्तृत जानकारीको एनआरएन आइसीसीको वेवेसाइटमा संपर्क भिजिट गर्नु होला । यस संग संलग्न एटेचमेन्टहरुले हाम्रा अतिथीहरुलाई धेरै सुचना दिने छन् ।

यो कार्यक्रमको सफलता र असफलता हाम्रो प्रतिष्ठा तथा गरिमासंग जोडिएकोले यस अन्तरग बनेका उपसमितिहरुलाई गम्भीरतापुर्वक कार्यसम्पादन गरि हाम्रो साखलाई उँचो राख्न पनि गर्न अनुरोध गर्दछु ।  राष्टिय समन्वय परिषद र अन्तराष्टिय समन्वय परिषदको सहयोग विना कार्यक्रमलाई भव्य रुपमा संपन्न गर्न नसकिने कुरा इमान्दारपुर्वक मनन् गरेका छौं । यो कार्यक्रम एनआरएन आइसीसी तथा एनसीसीहरुको संयुक्त र साझा उत्तरदायित्व हो । एनआरएनको परम्परा अनुसार यस अन्तरगत बन्ने समिति तथा उपसमितिहको सुझाव र आश्यकताको आधारमा छलफलका एजेण्डाहरु तय गरिने गरिको छ । कार्यक्रमलाई अभुतपुर्व सफल बनाउन आफ्नो क्षेत्रबाट यस बैठकका लागि आफ्ना एजेण्डाहरु, आर्थिक, रचनात्मक तथा वस्तुगत सहयोग तथा सुझावको अपेक्षा गरेका छौं । हामीले यस बैठकका प्रस्तावहरु र यस संबन्धि भएका तयारीहरुलाई अद्यावधिक गर्दै जाने छौं । कार्यक्रममा गरिमामय सहभागी हुन उच्चतम् प्रयास गरिदिनु हुने विस्वास लिएका छौं । हाम्रा अतिथीहरुको यात्रालाई परिणाममुखी तथा अविश्मरणिय बनाउन विभिन्न अतिरिक्त कार्यक्रमहरुको समेत आयोजना गरिएको छ । यस बैठक एनआरएनको ग्लोबल सम्मलेनको पुर्व सन्ध्यामा हुन गैरहेकोले आगामी एनआरएनको निति, कार्यक्रम नेतृत्व तथा एनआरएनले विश्वव्यापी रुपमा उठाएका विभिन्न सवालहरुलाई कसरि संबोधन गर्ने भन्ने समेत रणनिति तय गर्ने भएकोले बैठकलले विषेश महत्व राख्ने छ । एनआरएन अभियान अन्तरगका दुरगामी लक्षहरु प्राप्त गर्न र हामी विचको एकता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउनको लागि कोषेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गर्दै यहाँहरुबाट हुने सहयोगलाई अग्रिम हार्दिक धन्यबाद दिदै जुरिकमा न्यानो भलाकुसारी तथा अभिवादन गर्ने प्रतिक्षाका साथ ।

कुमार पन्त                  विनय श्रेष्ठ
संयोजक,                    अध्यक्ष
एनआरएन युरोप क्षेत्र       गैर अवासीय नेपाली संघ, स्विटजरल्याण्ड

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.