Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

इजरायलमा नेपालीहरुद्वारा सत्यसाई बाबाको ८६ औं जन्मोत्सव सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Hari Manandhar "Bibash"   
Monday, 28 November 2011 14:41

इजरायल- तेलअभिवको नेवेसनान १६ स्थित काठमाण्डौ क्लवको हलमा भगवान श्री सत्यसाई बाबाको ८६ औं जन्मोत्सव भव्यताकासाथ सम्पन्न भएको छ।

86th Satya Sai Baba birthday celebration in Israel. Photo: Hari

सन २००६ सालमा स्थापित श्री सत्यसाई केन्द्र, तेल अभिवको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा इजरायलमा कार्यरत थुप्रै नेपाली तथा इजरायली सार्इरामहरूको सहभागिता रहेको थियो ।

श्री सत्यसाई केन्द्र, तेल अभिवको अध्यक्ष नेहा गुरूङ सार्इरामको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदुतावासका उपनियोग प्रमुख रमेशप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो भने इजरायलमा रहेका थुप्रै सँघसँस्थाहरूका प्रतिनिधिहरू समेत सहभागी रहनु भएको थियो ।

श्री सत्यसाई केन्द्र हाइफा (इजरायली) कि अध्यक्ष जोपिई चौपनद्वारा दीप प्रज्वलन गरि शुरू गरिएको उक्त कार्यक्रममा हृदय केन्द्रित २४ वटा आध्यात्मिक भजनहरू गाईएको थियो ।

कार्यक्रमको अन्तमा महिलातर्फ नेहा गुरूङ र पुरूष तर्फबाट सूर्य सिम्खडा साईरामद्वारा आरती गरिएको थियो भने सबै भक्तालु सहभागीहरूद्वारा स्वरमा स्वर मिलाएर साथ दिईएको थियो ।

कार्यक्रममा श्री सत्यसाई केन्द्र हाइफा सेन्टरकि अध्यक्ष श्रीमति जोपिई चौपानले भगवान बाबाको देश त्याग अर्को अवतारको जन्म हो र भगवान बाबा हाम्रो हृदयमा हिजो पनि हुनुहुन्थ्यो, आजपनि हुनुहुन्छ र भोलि पनि रहिरहनुहुनेछ । भगवान बाबाको प्रेमले हामी भित्रको आध्यात्मिक शक्तिमा सदा सदा उर्जा दिईरहनुहुनेछ, भन्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास, इजरायलका उपनियोग प्रमुख रमेशप्रसाद खनालले विदेशमा बसेर यसरी आध्यात्मिक चिन्तनमा खटिरहनुहुने श्री सत्यसाई केन्द्र र यससँग समाहित हुनुभएका सम्पूर्ण साईरामहरूमा धन्यवाद दिनुभएको थियो । साथै मन्तव्यको क्रममा यहुदीहरूको पवित्र भूमि इजरायलमा यसरी साईबाबाको कार्यक्रम हुनु गर्वको कुरा रहेको र यसमा राजदुतावासको तर्फबाट उपस्थित हुन पाउँदा अत्यन्तै खुशी भएकोसमेत बताउनु भयो ।



कार्यक्रमको अन्तमा कार्यक्रम सभापति तथा श्री सत्यसाई केन्द्र, तेलअभिवकि अध्यक्ष नेहा गुरूङ साईरामद्वारा श्री सत्यसाईबाबाको जन्मकोबारेमा बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नेहा गुरूङ साइरामले मानिस सधै धेरै महत्वाकाँक्षी भैरहने हुनाले धनदौलतकै लागि समय खर्च गरिरहेको हुन्छ तर ती सबै क्षणिक मात्रै हुन् । त्यसैले एकपटक दिइएको यस जन्ममा आफ्नै जिवनका वास्तविकता बुझेर अगाडि बढ्नुपर्ने र यसका लागि थोरै समय खर्चेर आध्यात्मिक चिन्तनमा लाग्नाले आफ्नै जिवनको वास्तविकता पत्ता लाग्नेसमेत बताउनु भयो ।

अन्तमा कार्यक्रममा सहयोग गर्नुहुने सबै सबै नेपाली सहयोगी मनहरूलाई धन्यवाद दिनुभयो । त्यसै गरि कार्यक्रमलाई प्रचार प्रसार गराईदिनुहुने नविननेपाल डटकमसहित हरि मानन्धर र साथीहरू, ओएस नेपाल डटकमका नविन राई, केसव कार्की लगायतका सबै साथीहरू, झापा अनलाईनका ओमप्रसाद प्रसाई, नेपालइजरायल डटनेट तथा अन्य सबै सहभागी ई पत्रिकाकाहरूलाई धन्यवाद दिनुभयो ।

श्री सत्यसाई केन्द्र तेलअभिवका युवा संयोजक मदन गुरूङले कार्यक्रम को सन्चालन गर्नु भएको थियो।

-Hari Manandhar "Bibash" in Israel

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?