Inside

All Time Top 50 News

बेलायत र हङ्कङमा रहेका म्यादेलीहरुद्वारा आफ्नो जिल्लामा एम्बुलेन्स र छत्रब्रिती प्रदान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Mejan Pun Magar   
Friday, 09 March 2012 05:24

एनआरएन आइसिसी अध्यक्ष जिवा लामिछाने पुगे म्याग्दीको दुर्गाम गाउँ
म्याग्दी- म्याग्दीका विकट स्थानहरुमा सेवा प्रदान गर्नकोलागि नेपाल रेडक्रस सोसाइटी म्याग्दीलाई म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था 'म्याग्दी प्रवासी नेपाली संघ' बेलायतले फागुन १७ गते दरबाङमा र २० गते दानामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकालाई एम्बुलेन्सको साँचो दिएर हस्तान्तरण गरेको छ ।

NRN ICC president Jiba Lamichhane in Myagdi. Photos: Mejan

साथै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकाले सोही चाँबी सम्बन्धीत ठाउँका उपशाखाका अध्यक्षहरुलाई पुनः चाँबी हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी र काली खोलाका बासिन्दाहरुलाई छिटो छरितो र सहजताकोसाथ एम्बुलेन्स सेवा प्राप्त होस् भनेर नै एउटा एम्बुलेन्स दरबाङ र अर्को एम्बुलेन्स भुरुङ तातोपानीमा राखेर सेवा दिने भन्ने निर्णय भए अनुरुप सोही स्थानकोलागि बेलायतमा बसोबास गरिआईरहेका व्यक्तिहरुको सहयोगमा एम्बुलेन्सहरु हस्तान्तरण गरिएको हो भने १ वटा एम्बुलेन्स चाहि बेनीमा राखेर सदरमुकाम वरपरका बासिन्दाहरुलाई सुविधा दिनकोलागि म्याग्दी रेडक्रसलाई दिइएको जानकारी म्याग्दी प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी मगरले दुवै ठाउँमा आयोजना भएको भव्य कार्यक्रममा व्यक्त गरेका छन् । उनले भने- "चामलको पैंचो पिठोले तिरौं भन्ने आव्हान स्वरुप हामीले हामी जन्मे हुर्केको जिल्लाको लागि स्वास्थ्य क्षेत्रमा यो कार्यक्रम गर्न लागेका हौं ।"

दरबाङमा आयोजित हस्तान्तरण कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष जिवा लामिछाने र एनआरएन युकेका अध्यक्ष कुल आर्चायकोसमेत बिशेष उपस्थिति रहेको थियो ।

साथै दरबाङमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ मिथिला शर्मा, कविता आले मगर र कुलचन्द्र शर्माको पनि विशेष उपस्थिति थियो । जसमा प्रतिष्ठानकोतर्फबाट विभिन्न बिधामा ५ जनालाई १० हजार तथा ताम्रपत्रद्वारा सम्मान गरिएको थियो भने समाज सेवामा उत्कृष्ट योगदान दिए वापत म्याग्दी प्रवासी नेपाली संघ बेलायतका सल्लाहकार योगेन्द्र केसीलाई पनि सम्मान गरिएको थियो ।

यसैगरि म्याग्दी प्रवासी नेपाली संघका अध्यक्ष योगकुमार फगामी मगर, सल्लाहकार द्वय लिलामान शेर्पुन्जामगर र दुत पुन मगरलाई विदेशमा रहेर पनि नेपाली संगीतलाई प्रवद्र्धन गरे वापत नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको लोगो अंकित चिन्ह जिवा लामिछानेबाट सम्मान गरिएको थियो ।

म्याग्दी प्रवासी नेपाली संघका सल्लाहकार लिलमान शेरपुन्जा भन्छन्- "आफु जन्मे हुर्केको ठाउँमा बसोबास गर्ने आफ्नो छरछिमेकी दाजुभाई दिदीबहिनी इष्टमित्रहरुकोलागि स्वास्थ्य क्षेत्रमा छिटो र छरितो तरिकाले सेवा प्राप्त होस् भनेर नै यो एम्बुलेन्स विकट स्थानमा हस्तान्तरण गरिएको छ ।"

अर्का सल्लाहकार दुत पुन चािहं एम्बुलेन्स सेवा राम्रोसँग सन्चालनकोलागि चिन्तित हुँदै सम्बन्धीत ठाउँका सबैलाई सचेत बन्न आग्रह गर्दछन् । साथै एम्बुलेन्स सेवा सहज र सतर्कताकोसाथ संचालन गर्न रेडक्रसका अध्यक्ष मुक्ति रोका मगरले आफ्नो भाषणमा आश्वस्त हुन मोनाका सदस्यहरुलाई आग्रह गर्दछन् ।

म्याग्दी प्रवासी नेपाली संघ बेलायतका सदस्यहरुद्वारा काठमाडौंमा असाहय व्यक्तिहरुलाई सहयोग गरिरहेको संस्थाको अवलोकन भ्रमण पश्चात संस्थाका प्रमुख दिलशोभा श्रेष्ठलाई व्यक्तिगतरुपमा सबैबाट संकलित रकम ३५ हजार प्रदान गरेको छ ।

एम्बुलेन्स हस्तान्तरणकोसाथै कार्यक्रम व्यवस्थापन खर्च स्वरुप दुवै ठाउँमा २ लाख ५० हजार संघको कोषाध्यक्ष दलमान पुन मगरको हातबाट सम्बन्धीत ठाउँको आयोजक संस्था नेपाल रेडक्रस सोसाइटीको उपशाखालाई प्रदान गरिएको छ ।

यसैगरि म्याग्दीमा स्थापित बालबालिकाकोलागि म्याग्दी प्रवासी नेपाली संघ बेलायतको पहलमा संयोजक तेज पुन मगरद्वारा बेलायतमा संकलन गरिएको २ लाख १ हजार ७ सय ३५ रुपैयाँ संस्थाको कार्यालयमा गएर अवलोकन गर्दै पत्रकार र मोनाको सदस्यहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ ।

संस्थाले विगत २ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ भने हाल ११ वटा निस्साहय बालबालिकालाई निशुल्क पठनपाठनसमेत गरिरहेको छ ।

यसैगरि तत्काल बेलायतबाट आएका मोनाका सदस्यहरुबाट व्यक्तिगतरुपमा सबै मिलेर संकलित रकम दरबाङ युवा क्लबलाई १० हजार, उत्कृष्ट भए वापत मराङ नौमति बाजालाई ११ हजार, विममा रहेको स्कूलकोलागि व्यक्तिगतरुपमा कमल पुर्जा मगरबाट १ लाख र अन्यबाट २७ हजार गरि कुल १ लाख २७ हजार नेपाल मगर संघ जिल्ला समिति म्याग्दीलाई, ३२ हजार बेगखोला गाविसमा रहेको पूख्र्यौली समूहलाई, १२ हजार वेगको बाटो अथवा स्कुलकोलागि कमल पुर्जा मगरबाट व्यक्तिगतरुपमा १ लाख ११ हजार १ सय ११ प्रदान गरिएको छ ।

साथै सो समूहबाट गलेश्वरधामको शिव मन्दिरकोलागि १४ हजार, भुरुङको निलगिरी आमा समुहलाई १२ हजार, दाना आमा समुहलाई ११ हजार, फलाटेमा रहेको स्कुलकोलागि ११ हजार, सुर्योदय उच्च मावि दानाकोलागि १२ हजार प्रदान गरिएको छ ।

उता मोना युकेका सदस्य कृष्ण पुन मगर र मोना हङकङका अध्यक्ष दलबहादुर पुन मगरबाट दाना उच्च माविकोलागि २५/२५ गरि ५० हजार, घोडेपानी पूख्र्यौली समुहलाई २१ हजार, पूख्र्यौली समुह बेगलाई २५ हजार र चिमखोला आमा समुहलाई १२ हजार ५ सय प्रदान गरिएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमबारे फागुन १५ गते पोखरामा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार भेटघाट कार्यक्रमा सहयोगकोलागि आएको ११ वर्षिय बालिका पवित्रा विकलाई सबै मिलेर तत्काल संकलन गरेको ११ हजार उक्त पत्रकार भेटघाट कार्यक्रममा नै हस्तान्तरण गरिएको थियो ।

मोना हङकङद्वारा छात्रवृत्ति प्रदान

यसैबिच, म्याग्दी जिल्लामा रहेको सार्वजनिक विद्यालयबाट एसएलसी दिएर उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई क्रमश ३० र २० हजार रुपैयाँ छात्रवृत्ति स्वरुप वार्षिकरुपमा प्रदान गर्न म्याग्दी प्रवासी नेपाली संघ हङकङले नेपालको बैंकमा नै कोष स्थापना गरेर छात्रवृत्ति प्रदान गर्न पहल गरेको छ ।

गत वर्ष एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई फागुन १६ गते नेपाल रेडक्रस सोसाइटीको भवनमा मोना युके र मोना हङकङको पदाधिकारीहरुलाई संयुक्तरुपमा राखेको स्वागत कार्यक्रममा मोना हङकङका अध्यक्ष दलबहादुर पुन मगरको हातबाट रकम हस्तान्तरण गरिएको छ ।

यस वर्ष जमुना खर्क उच्च मावि अर्थुङेका विद्यार्थी प्रतिक ढुंगनाले ३० हजार र आरती ढुंगनाले २० हजार छात्रवृत्ति प्राप्त गरेका थिए ।

जसरी मोना युकेले स्वास्थ्य क्षेत्रमा योगदान दिएको छ त्यसै गरि मोना हङकङले म्याग्दीको सार्वजनिक विद्यालयहरुको शैक्षिक स्तर उपलब्धी मुलक बनाउन यो छात्रवृत्ति योजना ल्याएको हो । यस कार्यक्रमकोलागि हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुले गत वर्षदेखि आर्थिक संकलन शुरु गरिएको कुरा संघका उपाध्यक्ष बताउँछन् । र यस कोषलाई १० लाखसम्म पुर्याउने योजनासमेत रहेर कार्यगतरुपमा हङकङबासी म्याग्देलीहरु लागिरहेको जानकारी गराउँछन् । मोना हङकङका अध्यक्ष दलबहादुर पुनबाट दानामा अवस्थित सुर्योदय उच्च माबिकालागि २५ हजार व्यक्तिगतरुपमा सहयोग प्रदान गर्ने वचन वद्धता दिएका छन् ।

-मेजन पुन मगर म्याग्दीबाट फर्के पश्चात

-Mejan Pun Magar in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.