Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकी राजदूत डेलिसीद्वारा नेपालमा धेरै अमेरिकी कम्पनीहरुले लगानी गर्ने उत्सुकता देखाएको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 31 March 2011 15:49

काठमाडौं- नेपालकालागि अमेरिकी राजदूत स्कट एच डेलिसीले शान्ति प्रकृयाले सफलता प्राप्त गर्दै जाँदा नेपालमा धेरै अमेरिकी कम्पनीहरुले लगानी गर्ने उत्सुकता देखाएको बताएका छन् ।

प्रधानमन्त्री झलनाथ खनालसँग भएको भेटमा राजदूत डेलिसीले उपरोक्त कुरा बताएका हुन् । खनाल र राजदूत डेलिसीबीच विहीबार विहान भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरका अनुसार, अमेरिकी राजदूतले बर्तमान सरकारलाई अमेरिकाको पूर्ण सहयोग रहने बताउँदै शान्ति प्रकृयाकालागि आवस्यक अन्य सहयोग उपलब्ध गराउने बताएका थिए । 'धेरै अमेरिकी कम्पनीहरु नेपालमा लगानी गर्न उत्सुकता देखाएको उहाँको भनाई थियो' तुलाधरले भने- 'उहाँले यो उत्सुकतालाई साँच्चिकै व्यवहारमा परिणत गर्न अमेरिकाले चाहेकोपनि बताउनुभयो ।'

वर्तमान शान्ति प्रकृया पूर्ण भएर नेपाल सम्बृद्धिको बाटोमा अघि बढ्ने अमेरिकाको आशा रहेको बताउँदै डेलिसीले सरकारले उर्जा संकटकालको घोषणा गरी आगामी चार बर्षभित्र मुलुकलाई उर्जा संकटबाट मुक्त पार्ने योजनामा ल्याएकोमा बधाईसमेत दिएका थिए । गत हप्ता प्रमुख मजदुर संगठनहरु र उद्योगव्यवसायीहरुबीच उद्योग बन्द नगर्ने सम्झौता हुनुले नेपालमा लगानी बृद्धि हुने संकेत उनको कथन थियो ।

तुलधारका अनुसार, भेटका बेला प्रधानमन्त्री खनालले राजदूत डेलिसीलाई वर्तमान राजनीतिक स्थितिकाबारेमा जानकारी गराउँदै सम्बिधान सभाको उपसमितिले सम्बिधान निर्माणकाबारेमा रहेका असहमतिहरु साँघुर् याउनकालागि काम गरिरहेको बताएका थिए । उनको भनाई थियो- 'लडाकूहरुलाई समायोजनकालागि कार्यदलले काम गरिरहेको छ, साथै सम्बिधान निर्माण र शान्ति प्रकृयामापनि प्रगति हुँदै गएको छ ।'

अमेरिकाले सन् १९५० देखि नेपाललाई सहयोग गरिरहेको बताउँदै प्रधानमन्त्री खनालले थप सहयोग बृद्धिकालागि अनुरोध गरेका थिए । नेपाली उत्पादनलाई अमेरिकामा सहुलियत दिन उनले राजदूतमार्फत अमेरिकासँग थप अनुरोध गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?