Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादी लडाकूहरुको पुनर्स्थापनामा सघाउन अमेरिकि सरकार तयार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 05 August 2011 09:40

काठमाडौ- माओवादी लडाकूहरुको पुनर्स्थापनामा सघाउन आफ्नो मुलुक तैयार रहेको जानकारी नेपालकालागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले दिएका छन् ।



अमेरिकाको अलवा अन्तर्राष्ट्रिय समुदायपनि सहयोगकालागि इच्छुक रहेको उनले बताएका छन् । प्रधानमन्त्री झलनाथ खनालसँगको कुराकानीका उनले उपरोक्त कुरा बताएका हुन् ।

राजदूत डेलिसीले शुक्रबार प्रधानमन्त्री झलनाथ खनाललाई उनको कार्यकक्ष सिँहदरवारमा भेट गरेका थिए । त्यस क्रममा नेपाली राजनीतिक परिस्थितिका अलवा लडाकु पुनस्र्थापनाका बिषयमा कुराकानी भएको जनाइएको छ । राजदूत डेलिसीले भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दे नेपालको शान्ति प्रकृया र संविधान लेखन तथा नेपालमा अमेरिकी लगानीकाबारेमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए ।

अमेरिकी कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारीपनि प्रधानमन्त्री खनाललाई दिएका राजदूत डेलिसीलाई प्रधानमन्त्री खनालले शान्ति र संविधानकालागि आफूले बिशेष प्रस्ताव तैयार पारेको र सो प्रस्तावमा एमाओवादी र नेपाली कांग्रेसलेपनि सहमति जनाएको दावी गरेका थिए । 'शान्ति प्रकृया सफल हुनेमा म आशावादी 'छु खनालले भनेका थिए- 'नेपालको शान्ति प्रकृया सफल हुनेमा सकरात्मक संकेत दखिएका छन् ।'

प्रधानमन्त्री खनालले साउन २८ गतेभित्र शान्ति प्रकृया सफल हुने सम्भावना नदेखिए राजिनामा दिने कथन राजदूत डेलिसीसँगको कुराकानीमापनि दोहोर्याएका थिए । आफूले साउन २८ गतेको समयसीमा तोकेर एमाओवादी, नेपाली कांग्रेसलगायतका ठूला दलसँग प्रस्ताव पेश गरेको बताउँदै प्रधानमन्त्री खनालले यस बिषयमा ती दलहरुले सकारात्मक सन्देश पठाएको जानकारी राजदूत डेलिसीलाई दिएका थिए ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?