Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जापानका १५ हजार नेपाली र ६० भन्दा बेशी नेपाली संस्थाहरुलाई सहयोग गर्न अपिल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kumar Bajra   
Saturday, 19 March 2011 14:56

जापानलाई सक्नेले सक्ने जति सहयोग गरौं, मुक दर्शक नबनौँ
टोक्यो- कसैले छोरा छोरीहरु खोजिरहेका छन्, कसैले दिदी बहिनीहरु खोजिरहेका छन्, कसैले आमाबाबु, आफन्त खोजी रहेका छन्, यी द्रिस्यहरु दैनिक टेलिभिजनमा हेर्दा आँखाबाट आँशु थाम्न सकिदैन ।



गत शुक्रबार मार्च ११ तारेख दिउँसो जापानको उत्तरी क्षेत्रमा गएको विनाशकारी भूकम्प र सो भुकम्पले निम्त्याएको सुनामी तथा आणविक बिस्फोटको घटनाले गर्दा जापान अहिले धेरै संकटकालको घडिमा गुज्रिरहेको छ । हामीले जापानमा कहिल्यै नदेखेको लोड सेडिङ्ग, पानीको हाहाकार, पेट्रोल मट्टीतेलको अभाब र बजारमा खाद्य पदार्थहरुको कमीहरु देख्नु परिरहेकोछ । यस्तो विषम परिस्थिमा पनि जापानीहरु धैर्य गरि लोडसेडिङ कम गर्न सकेसम्म बत्ति नबाल्ने, ९ बजेसम्म खुल्ने सुपरमार्केट- डिपार्ट मेन्टल स्टोर ६ बजे बन्द गरि इलेक्ट्रिकको सदुपयोग गर्ने, नीइगाताका जनताहरुले भूकम्प तथा सुनामी पिडितहरुलाइ आफ्नो घर घरमा आश्रय दिइ सहयोग गरिरहेका छन् । पिडितहरुलाई सहयोग गर्न आफुले गर्न सक्ने सहयोगलाइ जापानीहरु तदारुकताकासाथलागि परेका छन् । उनीहरुको आत्मियतालाइ देख्दा आँखाबाट आँशु थाम्न सकिंदैन । यो सबै हामी जापानवासी नेपालीहरुले देखिरहेको नै छौं ।

हामी नेपालीहरुलाई जापान र जापानीहरुले संधै सहयोग गरिरहेको कुरा सर्व बिद्वितै छ । जापानमा मात्र कुनै न कुनै काममा, अध्ययन वा आर्थिक रकम आर्जन गर्न पन्ध्र हजारभन्दा नेपालीहरुले आफ्नो कर्म भुमि बनाइ यहाँ बसिरहेका छन् ।

त्यस्तै जापानमा मात्र नेपालीहरु साठीभन्दा बढी संघ संस्थाहरु क्रियाशील छन् । हामीले धेरै सहयोग गर्न नसके पनि संस्था वा ब्यक्तिहरुले सक्नेले सक्ने जति सहयोग गर्नु एक मानवताको नाताले पनि हाम्रो धर्म हुनेछ ।

हामी नेपालीहरु पनि जापानको यस संकटको समयलाई मुक दर्शक भएर देखाउने छैन भन्ने देखाउने बेला आएको छ ।

जसरी जापानीहरु स्वत: स्फुर्त भई सहयोगमा जुति रहेका छन्, हामी पनि कसैले फोन नगरेपनि आफुले सक्ने जति सहयोग गरि हामी नेपालीको शिर ठाडो वा गर्वले उठाउन सक्ने गरि अघि बढने बेला भएको छ ।

हामी जापानबाट लिनलाइ मात्र होइन जापानको जनतालाई समस्या परेको खण्डमा हामी पनि केही दिन सक्छौं भन्ने कुरा देखाउने बेला आएको छ । अन्यथा अब आउने पिंढीहरुले भविस्यमा हामी सम्पूर्ण नेपालीहरुलाइ धिकार्ने छन् ।

हाम्रो पनि दिल छ, हामी पनि सहयोगी छौं, हामी पनि जापानीहरुको पिडामा काँधमा काँध राखी सहयोग गर्न सक्छौं भन्ने भावना देखाउने अवसर आएको छ । धन्यवाद !

सहयोग पठाउने ठेगाना:

जापानबासी नेपाली भूकम्प पिडित सहयोग समिति

संयोजक : SHAKYA ANIL KUMAR

खाता नं : A/C: FUCHU: 1440732

MITSUBISHI, TOKYO

UFJ BANK, MEGURO EKI-MAE SITEN

Email : This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

-Kumar Bajra in Japan

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?