Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

यूएईमा लिम्बुहरुको बलिहाङ तङनाम बनभोज कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kirat Yakthung Chumlung UAE   
Saturday, 05 November 2011 14:47

यूएई- किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईद्वारा आयोजित 'बलिहाङ तङनाम बनभोज कार्यक्रम' भव्य सफलताकासाथ सम्पन्न भएको छ ।

Balihang Tangnam in UAE. Photo: Kirat Yakthung Chumlung UAE

उक्त बनभोज कार्यक्रमका संयोजक, संस्थाका कार्यबाहक महासचिव विजय सन्योक लिम्बू थिए भने क्षेत्र क्षेत्रबाट सक्रिय समन्वयकारी भूमिका निभाउनेहरुमा खेम माङदेन लिम्बू, राजेन्द्र आङबुहाङ, रबि मादेन, नन्द ताम्लिङ, राजेन्द्र सिङथा, कृष्ण मेन्याङबो, महेन्द्र सम्बाहाम्फे आदि दुबई, लासाङ निंलेकु अलऐन, राजु फोम्बो अमल कवैन, निशान थोप्रा अबुधावी ।

संयोजकद्वारा बनभोज कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गरी, नन्द तामलिङ (कियाचु, यूएईका कोषाध्यक्ष) लाई परिचयात्मक कार्यक्रम संचालन गर्न आग्रह गरे पछी सुरु भएको कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो परिचय दिएका थिए ।

संस्थाका अध्यक्ष पिएस निंलेकु लिम्बूले उपस्थित सबैजनालाई बलिहाङ तङनाम (दीपावली) को शुभकामना ब्यक्त गर्दै संस्थाबारे बिस्तृत जानकारी गराउदै, प्रवासमा बसेरपनि एउटा ऐतिहासिक कार्यको थालनी भएको उल्लेख गरेका थिए । प्रवासमै बसेरपनि आफ्नो भाषा, लिपि, संस्कृति प्रवर्द्धन गर्न हरेक बर्ष 'बलिहाङ तङनाम' र 'चासोक तङनाम' यूएईमा रहेका लिम्बूहरुबिच मनाई परम्परा बसाउने कियाचु, ययूई कार्ययोजना अन्तर्गत रहेको उल्लेख गरेका थिए ।

यसैगरी, डिसेम्बर १६ तारिक कियाचु, यूएईद्वारा आयोजना हुदै गरेको 'चासोक तङनाम बिबिध साँस्कृतिक कार्यक्रम' मासमेत सहभागी बन्न भेलालाई आग्रह गेरका थिए ।

करिब १०० जना उपस्थित बनभोज कार्यक्रममा धरान-दुबई हेल्पिङ ह्यान्डस यूएईका अध्यक्ष शोम तामाङ तथा अन्य पदधिकारीहरु, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईका केन्द्रिय सदस्य  गुणराज आचार्य आदि लिम्बू समुदायका पदाधिकारीहरुसंगको भातृत्व सम्बन्धको कारण सम्मान स्वरुप सहभागीकोरुपमा उपस्थित थिए ।

-PS Limboo

President
Kirat Yakthung Chumlung, UAE

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?