Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भुटानी प्रधानमन्त्री जिग्मे वाई थिल्नेले बैशाख १ गते नेपालको भ्रमण गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 01 April 2011 07:56

काठमाडौं- ठ्याक्कै विक्रम सम्बतको पहिलो दिन अर्थात नेपाली नयाँ बर्ष पारेर भुटानी प्रधानमन्त्री जिग्मे वाई थिल्नेले नेपालको भ्रमण गर्ने भएका छन् ।

भूटानी प्रधानमन्त्री थिन्ले नेपालको दुई दिने भ्रमणमा आगामी बैशाख १ गते नेपाल आउन लागेका हुन् ।

परराष्ट्र सचिव डा. मदन भट्टराईकाअनुसार, भूटानी प्रधानमन्त्री थिन्ले दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन सार्क देशको भ्रमणका क्रममा नेपाल आउन लागेका हुन् ।

भूटानी प्रधानमन्त्री थिन्ले सार्कको अध्यक्ष देशको हैसियतले बिभिन्नि देश भ्रमण गर्ने क्रममा नेपाल आउन लागेको सचिव भट्टराईले बताए । 'अहिले सार्कको अध्यक्ष राष्ट्रको जिम्मेवारी भूटानले पाएको छ, अध्यक्ष देशका सरकार प्रमुखले सदस्य देशको भ्रमण गर्दै आएका छन्' सचिव भट्टराईले भने- 'यही सिलसिलामा भूटानी प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न लाग्नु भएको हो ।' नेपाल रहँदा राष्ट्रपति डा. रामवरण यादव प्रधानमन्त्री झलनाथ खनालसँग भेट्ने कार्यक्रम तय भएको छ ।

सार्कको कामको सिलसिलामा नेपाल आएपनि प्रम थिन्लेको भ्रमणमा नेपालमा रहेका भुटानी शरणार्थी मुद्दाबारे कुराकानी हुने भएको छ । 'थिन्ले सार्क अध्यक्ष देशको अध्यक्षको हैसियतमा आउने भएपनि भूटानी शरणाथी मामिला लामो समय अघिदेखि अल्झिँदै आएकाले भुटानी शरणार्थी मुद्दाबारे कुराकानी हुनेछ' भूटान शाखा हेर्ने मन्त्रालयका एक अधिकारीले युएस नेपाल अनलाइनसँग भने- 'शरणार्थीहरुलाई ससम्मान स्वदेश फिर्ता पठाउनेबारेमा प्रधानमन्त्री थिन्लेसँग कुराकानी हुनेछ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?