Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले नेपालको तीनदिने भ्रमणमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 14 April 2011 19:39

काठमाडौं- भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले काठमाडौं आईपुगेका छन् । उनी तीनदिने भ्रमणका क्रममा वैशाख १ गते नेपाल आएका हुन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन 'सार्क' को अध्यक्षसमेत रहेका प्रधानमन्त्री थिन्लेले भ्रमणका क्रममा यहाँ सार्कको मध्यावधि मूल्याङ्कनसहित समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

थिन्लेले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, विधानसभा अध्यक्ष सुवास नेम्बाङलगायत शीर्षस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रमतय भएको छ ।

सार्कका अध्यक्षले सदस्य राष्ट्रहरुको औपचारिक भ्रमण गरी आसन्न शिखर सम्मेलनमा भाग लिन राष्ट्र तथा सरकार प्रमुखलाई आमन्त्रण गर्ने परम्परा छ । माल्दिभ्सको राजधानी मालेमा छ महिनापछि १७ औँ शिखर सम्मेलन हुँदैछ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?