Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भूटानी शरणार्थीले अन्तर्राष्ट्रिय शरणार्थी दिवश यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kaman Dewan   
Monday, 20 June 2011 23:27

'शरणार्थी दिवशलाई खुसीको दिन होइन आफ्नो देश गुमाएको कालो दिनको रुपमा मनाउन आवश्यक छ'
Exclusive: दमक- राज्यविहीन भएको २ दशक पुग्न लाग्दा सोमबार भूटानी शरणार्थीहरुले पूर्वी नेपालका विभिन्न शिविरमा अन्तर्राष्ट्रिय शरणार्थी दिवश मनाएका छन् ।

देश र माटो गुमाएको आफ्नोपनमा उनीहरुले देशकै खोजी गर्दै यो दिवश मनाएका छन् ।

शरणार्थी दिवशका अवसरमा झापा र मोरङका विभिन्न शिविरहरुमा नाच-गान, सांस्कृतिक कार्यक्रम विभिन्न प्रतियोगिताहरुमा पनि उनीहरुले देशकै खोजी गरेका छन् । बेलडाँगी-२ मा गरिएको कार्यक्रमा शरणार्थीहरुको शैक्षिक सहायता संस्था कारितास दमकका प्रमुख फादर अमलराज एसजे, संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायोगका रमेश कार्कीलगायतका सहायता निकायका प्रतिनिधिहरुले शरणार्थीको कष्टपूर्ण जीवनमा निरन्तर सहायता प्रदान गरिने बताएका थिए ।

तर कतिपय शरणार्थी अगुवाहरुले भने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायोगले संसारभर शरणार्थी समस्या पालिरहन शरणार्थी दिवश मनाइरहेको बताएका छन् ।

भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईले आफ्ना नागरिक लखेटेर निरन्तर शरणार्थी बनाइरहने शासकहरुलाई खुशी पार्न शरणार्थी दिवशको अवधारणा ल्याइएको बताए । उनले भने -'शरणार्थी दिवशलाई खुसीको दिन होइन आफ्नो देश गुमाएको कालो दिनको रुपमा मनाउन आवश्यक छ ।'

दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका सचिव डिबि सुब्बाले आफ्नो देश नफर्किएसम्म जस्तो भए पनि शरणागत जीवनमा खुशी खोज्नु वाध्यता भएको बताए । ईच्छाअनुसार तेस्रो मुलुक पुनरस्थापना चलिरहे पनि स्वदेश फिर्तीको विकल्प रोकिन नहुने उनले जनाए ।

भूटानमा आफ्ना जायजेथा त्यसै छोडेर आएका शरणार्थी वृद्धवृद्धाहरुले भने जतिनै वर्ष कुर्नुपरे पनि आफ्नै देश फर्कन पाउनु पर्ने बताएका छन् । बेलडाँगी-२ सेक्टर सी-१ छाप्रो नम्बर-११७ का ६३ वर्षीय विर्खबहादुर सुब्बाले भने - 'आफ्नो ठाउँमा जग्गा नभए पनि अर्काको खेती गर्दा वर्ष भरी खान पुग्ने अन्न आउँथ्यो, यहाँ अर्काले नापेर दिएको अन्नले टिक्नै मुस्किल छ ।' भूटानको चिराङ लप्सीबोटेका राईले खुईया काड्दै देश सम्झिए - 'बरु भोकै बस्नु परे पनि आफ्नै ठाउँ जान पाइयोस्, जस्तै सुख भए पनि अर्काको ठाउँ त जान्न ।'

नयाँ पिढीले भने भूटान कथामा मात्रै सुनेको छ, सानैमा नेपाल लखेटिएकाहरुलाई धमिलो सपना जस्तै छ आफ्नो देश । बेलडाँगी-३ सेक्टर डी १ छाप्रो नम्बर-२८ की ठाकुरमाधवी शर्माले भनिन् - 'मलाई त आफु जन्मेको ठाउँ त्यति याद पनि छैन ।' २८ वर्षीया यिनको एउटा काखे छोराकालागि त भूटान एकादेशको कथा मात्रै भइरहेको छ ।

नेपालमा रहेका भूटानी शरणार्थीहरु अमेरीका, डेनमार्क, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, वेलायतलगायतका पश्चिमा देशमा हालसम्म ४७ हजारभन्दा बढी गइसके पनि स्वदेश फिर्तीको आशाको आन्दोलन भने अझै रोकेका छैनन् । प्रत्येक सरकार परिवर्तन हुनासाथ सरकार प्रमुखलाई स्वदेश फिर्तीको पहलकालागि आग्रह गर्नु भूटानी नेताहरुको नियमिता नै बनेकेा छ । पछिल्लो पटकसमेत भूटानी दल 'ड्रुक नेशनल कंग्रेस' ले घर फिर्न चाहने शरणार्थीको मनोभाव बुझ्न नेपालका नयाँ प्रधानमन्त्री झलनाथ खनाल समक्ष आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष रोन्थोङ किन्ले दोर्जीले एक अपिल पठाई प्रधानमन्त्री समक्ष त्यस्तो माग गरेका हुन् । अपिलमा लामो समयदेखि शिविरमा रहेका तर घर फिर्ने चाहना भएका शरणार्थीको मनोभाव बुझ्ने काम नभएको उल्लेख छ ।

-Kaman Dewan in Jhapa

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?