Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कतारमा लिम्बु संस्क्रितीको चासोक तङनाम-२०६८ उल्लासपूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Birjahang Tumrok   
Thursday, 15 December 2011 01:30

Special: 4 photos: कतार- किरात याक्थुङ चुम्लुङ कतारले ०९ डिसेम्वर, २०११ का दिन अलिशान रेष्टुरेण्टको हलमा एक भब्य समारोहकाबिच चासोक तङनाम–२०६८ सम्पन्न गरेको छ ।

Chasok Tangnam 2068 celebrated in Qatar. Photos: Kirat Uakthung Chumlung Qatar

'याक्थुङ संस्कृति हाम्रो पहिचान, संरक्षण सम्बद्र्घन गर्ने हाम्रो अभियान' भन्ने मुल नाराकासाथ बिविध लिम्बु मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित चासोक तङनाम–२०६८ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ कतारका का.बा.अध्यक्ष तथा चासोक तङनाम–२०६८ मुल समारोह समितीका संयोजक ज्ञानेन्द्रकुमार पन्दाकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चुम्लुङका सचिव  बिर्जहाङ तुम्रोकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाति महासंघका अध्यक्ष मानबहादुर साँवालिम्बु हुनु हुन्थ्यो । बिशेष अतिथी किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार दिल किरण खजुम हुनु हुन्थ्यो ।

गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव टि.बि. कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत गुरुङ, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निबर्तमान सल्लाहकार संयोजक कमलमणि गुरागाई, बुद्घिजिवी तथा समाजसेवी बिलबहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष रामहरी गैह्रे, जन प्रगतिशिल मञ्च कतारका रकमध्वज राई, मञ्च सम्बद्घ लिम्बुवान राज्य परिषदका अध्यक्ष नरेन्द्र एभेङ्ग, मंगोल नेशनल अर्गनाईजेसनका ए.एम.साँवा, नवोदित साहित्यिक मोबाईल पुस्तकालय तथा आनेसास कतारका तिर्थसंगम राई, अन्तराष्ट्रिय राजधानी साप्ताहिक कतार ब्यूरोका संवाददाता प्रेम लामा, बुद्घिजिवी तथा समाजसेवी चानक पोख्रेल, बुद्घिजिवी तथा समाजसेवी शेरबहादुर परियार, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष देवबहादुर राना मगर, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष चन्द्रसेर राई, तमु बौद्घ सेवा समिती शाखा कतारका अध्यक्ष जगन गुरुङ्ग, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. बिधानन्द चौधरी, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ, प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष टंक भुजेल, नेपाल प्रवासी सुनुवार समाज कतारका अध्यक्ष रामबहादुर सुनुवार, क्षेत्री सेवा समाज कतारका महासचिव निलम कार्की, नेपाल प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, गुल्मी सेवा समाज कतारका अध्यक्ष द्रोण वस्नेत, पाथीभरा सेवा समाज ताप्लेजुङका अध्यक्ष वलबहादुर महत, पाँचथर सेवा समाजका अध्यक्ष छबिरमण कटुवाल, कास्की आदर्श सेवा समाजका मीनबहादुर गुरुङ, खोटाङ्ग हलेसी बचत तथा ऋण सहकारी संस्थाका शिव राउत, नेपाल प्रवासी जातिय भेदभाव उन्मुलन साझा मञ्चका भीम सुनार, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार केवल पाहिम, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार गणेश थक्लुङ, लिम्वु साँस्कृतिक परिषद शाखा कतारका अध्यक्ष भुपती संयोक्पा लिम्वु लगायत बिभिन्न संघ संस्थाका  प्रतिनिधीहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।



प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष मानबहादुर साँवाले ब्यानर अनावरण गर्नु भएको थियो भने अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत गुरुङले दिप प्रज्वलन गर्नु भएको थियो । उक्त अवसरमा लिम्वु परम्परागत विधी अनुसार कियाचु कतारका का.बा.अध्यक्ष ज्ञानेन्द्रकुमार पन्दाकले प्रमुख अतिथी मानबहादुर साँवाको शीरमा फेटा बाधी दिएर संस्थाकोतर्फवाट विशेष सत्कार प्रदान गर्नु भएको थियो ।

राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेपछि चुम्लुङका केन्द्रिय सदस्य येतुकुमार सम्बाहाङफेले स्वागत मन्तब्य दिनु भएको थियो भने आदुमेरो आदाङ्गवासे चासोक तङनाममो भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले अतिथी तथा आगन्तुकहरुलाई स्वागत गरिएको थियो ।


Chasok Tangnam 2068 celebrated in Qatar. Photos: Kirat Uakthung Chumlung Qatar

चासोक तङनामको महत्व र विशेषताबारे चुम्लुङका केन्द्रिय सदस्य  श्याम सुहाङ्ग हुक्पाचोङबाङ्ग लिम्बुले प्रष्ट पारेका थिए ।

उक्त अवसरमा संगीत बिधामा गैर आवासिय नेपाली तारा कतार–२०११ प्रथम र दित्तिय हुने क्रमशः दिनेश नेम्बाङ लिम्बु र संगीत लिम्बु र नृत्यतर्फ दोश्रो हुन सफल समिक्षा श्रेष्ठलाई बधाई तथा शुभकामनासहित प्रमुख अतिथीद्वारा सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मानबहादुर साँवाले चासोक तङनाम – २०६८ को अवसरमा सम्पुर्ण किरात तथा नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै आफ्नो पहिचान र अधिकारको कुरा उठाउँनु अत्यन्तै जरुरी भएको कुरा उल्लेख गर्दै आफ्नो भाषा, लिपी र संस्कृतीलाई माया गर्नेले राष्ट्रलाई पनि माया गर्छन् भन्नु भयो । नेपालमा रहेका हरेक भाषिक, सांस्कृतिक, विविधताले नै सुन्दर नेपाल भएको कुरामा प्रष्ट पार्दै यो आज विश्व सामु नेपालीहरुको अर्को पहिचानको रुपमा स्थापित भएको कुरा समेत प्रष्ट पार्नु भयो ।



विशेष अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव टि.बि. कार्कीले प्रवासमा रहेर पनि आफ्नो भाषा, लिपी र संस्कृतीको संरक्षण गर्न कियाचु कतारले खेलेको भुमिकाको सह्राना गर्दै राज्यले राष्ट्रिय पर्वकोरुपमा मान्यता दिई सकेको हुनाले यो सम्पूर्ण नेपालीको चाड भएको र सबैले मान्नु पर्ने बताउनु भयो ।

कियाचु कतारका प्रमुख सल्लाहकार दिल किरण खजुमले कतारमा ४ बर्षदेखि निरन्तर रुपमा चासोक तङनाम मनाईदै आएकोले प्रवासमा याक्थुङ संस्कृति र पहिचानको संरक्षण संम्बद्र्घन त भई रहेकै छ तर जब हाम्रो मातृभुमीको हरेक गाँऊ टोलमा यसलाई हर्षोल्लासकासाथ भब्यरुपमा मनाउने क्रमको बिकास गर्छौ तब मात्र आजको यो हाम्रो प्रयासले सार्थकता पाउनेछ भन्नु भयो ।

अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत गुरुङले नेपालका हरेक संस्कृतिहरुको विशेष महत्व रहेको कुरामा जोड दिदैं यसको संरक्षण र सम्वर्धन गर्न राज्यले त गर्नु पर्छ नै तर आदिवासी जनजातिहरु स्वयमले तत्परता देखाउँनु पर्ने विचार राख्नु भयो ।

समाजसेवी तथा वुद्धिजिवी कमलमणी गुरागाईंले अव वन्ने नयाँ संविधानमा सवै भाषा, लिपी र संस्कृतीको समान हैसियत रहने संवैधानिक व्यवस्था गरिनु पर्ने कुरामा जोड दिंदै त्यसले मात्र नयाँ नेपालको भविश्य सुनिश्चित हुने धारणा राख्नु भयो ।

नेपाल प्रवासी मुस्लिम सेवा समाज कतारका अध्यक्ष मक्सुद आलमले नेपालमा रहदासमेत नदेखेको यो लोभलाग्दो संस्कति कतारमा देख्न पाएकोमा खुशि ब्यक्त गर्दै यो नेपालीहरुको सम्पति भएको र यस्लाई राज्यले संरक्षण गर्नु आवश्यक छ भन्नु भयो ।

त्यसै गरि ई. बिधानन्द चौधरीले हिजोको केन्द्रकृत राज्य सत्ताले लिम्वुवानवाट किपोट खोसेको स्मरण गराउँदै अव वन्ने नयाँ संविधानमा ती हिजो खोसिएका हक, अधिकारहरु संविधानमा लिपीवद्ध नगरिए मागेर होईन लडेर लिनु पर्ने विचार राख्नु भयो ।

उक्त कार्यक्रममा  किरात याक्थुङ चुम्लुङ केन्द्रिय समिति, नेपालका अध्यक्ष अर्जुन नुगो लिम्बुद्वारा हस्ताक्षरित चासोक तङनाम २०६८ को शुभ कामना शन्देश केन्द्रिय सचिवालय सदस्य श्रवण योङयाले जस्ताको तस्तै पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा याक्थुङले साक्थिम भन्ने गीतवाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले मनोरञ्जन पस्किन थालेका थिए ।  के.बि. नेम्बाङले 'बल्लै भेट भो' बोलको गीत, श्रवण योङयाले 'जुन बाटोमा', रमेश लावतीले 'शिरै फुल्यो शिरबन्दी', संगीत लिम्बुले राजेश पायल राईको 'सेली आई लब यू' र सन्देश राईले 'झापा तोपगाछी' बोलको गीत गाएका थिए ।

त्यसैगरि, नृत्यतर्फ देबिका श्रेष्ठले माईतीघर बोलको गीतमा बेजोड नृत्य गरेकी थिईन् भने किरण लामाले 'यो गाउको ठिटो म कान्छा मेरो नाम', बर्षा थापाले 'पिरती बस्यो सुस्तरी सुस्तरी', अझ परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलससहित भुपति संयोकपा लिम्वुको नेतृत्वमा हाक्पारे साम्लो प्रस्तुत गर्दा त गाउँ घरको झलझली याद आएको अनुभुती हुन्थ्यो ।

अर्को खास मनारोञ्जनको पाटो यालाङ्ग (धान नाँच), के लाङ्ग ( च्याब्रुङ्ग नाँच) रहेको थियो । त्यसमा पनि सबैभन्दा रोचक भने पुर्ब नौ जिल्लाका क्रमश: येतुकुमार सम्बाहाङफे पाँन्थर, ज्ञानेन्द्र एक्तेन ईलाम, किरण लिङदेन ताप्लिजोङ्ग, भीम थक्लुङ संखुवासभा, भुपति संयोक धनकुटा, श्याम सुहाङ तेह्रथुम, बीरेन्द्र सेर्मा लिम्बु झापा, ईन्द्र मेयाङ्गबो मोरङ्ग र पुर्णहाङ्ग साँवा सुनसरीबाट महिला कलाकारहरुकोसाथमा सामुहिक धान नाँच प्रस्तुत गरिएको थियो । यो साँस्कृतिक टोलीको संयोजन बिमल सिगु लिम्बुले गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथी, बिशेष अतिथीबाट कार्यक्रममा साँस्कृतिक झाँकीहरु पस्केर अतिथीहरुलाई भरपुर मनोरञ्जन दिने कलाकारहरुलाई प्रसंसा पत्र बितिरण गरिएको थियो । कार्यक्रम समापन हुनु पुर्व प्रमुख अतिथी, विशेष अतिथी, अतिथी, संस्थाका पदाधिकारीहरु, कलाकारलगायत सम्पुर्ण महानुभवहरुले सामुहिकरुपमा च्याब्रुङ्ग नाचेको दृश्य त अझ अविस्मरणिय क्षणकोरुपमा देख्न सकिन्थ्यो ।

अन्त्यमा सम्पूर्ण आमन्त्रित अतिथी गण, कलाकारहरु, स्वयमसेवकहरु र समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनु भएकोमा धन्यबाद तथा आभार प्रकट गर्र्दै चासोक तङनाम २०६८ को शुभ कामना सहित पुन: आगामी बर्षमा पनि यसरी नै चासोक तङनाम मनाउने बाचाकासाथ कार्यक्रमका सभापति ज्ञानेन्द्र पन्दाकले कार्यक्रम समापन गर्नु भयो । धन्यवाद । चुरेरो ।।

बिर्जहाङ्ग तुम्रोक
सचिव
किरात याक्थुङ चुम्लुङ कतार

-Birjahang umrok in Qatar

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?