Inside

All Time Top 50 News

बेल्जियमबाट जबर्जस्ती नेपाल फर्काउने कार्य रोक्ने प्रयास गर्ने प्रचन्डको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kejin Rai   
Saturday, 20 October 2012 07:03

लुभेन, बेल्जियम- पूर्व प्रधानमन्त्री तथा एनेकपा माओबादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्वदेश फर्कनासाथ बेल्जियमबाट नेपालीहरू फर्काउने कार्य रोक्न प्रयास गर्ने बताएकाछन्।


UCPN Chairman & former Prime Minister Pushpa Kamal Kamal iaka Prachanda in Belgium. Photo: Kejin

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बेल्जियमको लुभेन शहरमा यसै हप्ता एनआरएनए बेल्जियमले आयोजना गरेको स्वागत तथा अन्तर्क्रिया कार्यक्रमको सन्दर्भमा उनले सो प्रतिबद्धता ब्यक्त गरेका हुन्।

केही समय यता बेल्जियममा बस्नकालागि अनुमति मागेका र सबैखाले प्रकृतिका मुद्दाहरू सकिन नपाउदै नेपालीहरूलाई नेपालबाटै आएका २ जना सरकारी अधिकारीहरूले क्लोजक्याम्प भित्रै अन्तर्वार्ता लिदै जबर्जस्त धेरैको संख्यामा नेपालीहरू नेपाल फर्काउने कार्य भईरहेको र यसबारे नेपाल सरकारको आधिकारिक भनाई के हो ? भन्नेबारे पूर्व एनआरएन बेल्जियमका अध्यक्ष युबराज गुरुंगको जिज्ञाशाबारे बताउँदै पूर्व प्रधानमन्त्री प्रचन्डले भने-

"नेपाली सरकारी अधिकारीहरू सलग्न भए नेपाल फर्कनासाथ यो कार्य तत्काल रोक्न सत्तारुढ पार्टी अध्यक्षको नाताले निर्देशन दिनेछु । यो बिषय भर्खरै जानकारी भयो तसर्थ आम नेपालीलाई नेपाल डिपोर्टेशन गर्ने बेल्जियम सरकारलाई हामीले साथ दिने छैनौं।"

उनले द्वैध नागरिकताको सवालको जिज्ञासाबारे अगाडी भने- "नागरिकताको निरन्तरताको विषयमा आफू र आफ्नो पार्टी सधैं सकारात्मक रहेको र अब बन्ने संविधानमा दोहोरो नागरिकताको धारालाई निश्चितरूपमा राखिने छ, प्रबासी नेपालीहरू यो कुरामा ढुक्क हुनुहोस् ।" बाध्यता र बिबिध कारणले अन्य मुलुकको नागरिकता लिनु परेपनि मातृभूमिलाई चटक्कै बिर्सन नहुने बताउदै उनले थपे- "एक पटकको नेपाली सधैका नेपाली भन्ने एनआरएनको नारामा हामी अडिग छौं।"

अध्यक्ष प्रचण्डले बेल्जियमको इपर शहरमा यहाँको प्रशासनले स्मारक बनाउन अनुमति र जग्ग नै उपलब्ध गराई सकेको अबस्थामा स्मारक निर्माण कार्यमा नेपाल सरकारनै अग्रसर हुने दाबी गर्नु भयो । खेलकुद, संस्कृति आदि बिषयको सवालमा बिगतभन्दा बर्तमानमा सुबिधा, प्रबिधी र बिकासमा ठूलो अन्तर आएको पनि अध्यक्ष प्रचण्डको दाबी थियो । साथै उनले  आफू नेपाल फर्कनासाथ वार्ता र सहमतिद्वारा अहिलेको समस्याको निकास १ / २ दिन भित्र निकाल्ने उल्लेख गरेका थिए।

नेपाली जन प्रगतिशिल मञ्च बेल्जियमको दसौ अधिवेशनमा प्रमुख आतिथ्यता ग्रहण गर्न बेल्जियम आउनु भएको अवसरमा एनआरएनए बेल्जियमले उक्त कार्यक्रम आयोजना गरेको हो ।

एनआरएन बेल्जियमका कार्यबाहक अध्यक्ष बोधराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा बेल्जियम स्थित विभिन्न नेपाली संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष्य, सल्लाहाकारहरु कार्यसमितीका पदाधिकरी तथा सदस्यहरू, पत्रकार विभिन्न समुदायहरूको ब्यापक जनसहभागिता रहेको थियो ।

एनआरएनए बेल्जियमका कार्यबाहक अध्यक्ष पौडेल तथा महिला उपाध्यक्ष अनिता लामाले पुष्प गुच्छासाथै खादा ओढाएर स्वागत गरे पश्चात उपस्थित सबै प्रतिनिधिहरूले आआफ्नो परिचयसहित पूर्व प्रधानमन्त्रीलाई बेल्जियममा स्वागत गर्दै आआफ्नो जिज्ञासा राखेका थिए । बोल्ने अधिकास नेपालीहरूले अब बन्ने नेपालको संविधानमा गैर आवासिय नेपालीको एक पटक लिएको नागरिकताको निरन्तरता हुनु पर्ने माग राखेका थिए ।

उक्त कार्यक्रममा एनआरएन बेल्जियमका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार युबराज गुरुङ, जन सम्पर्क समिती बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष केजिन राई, जन प्रगतिशिल मञ्च बेल्जियमका उपाध्यक्ष होम तमु, एनडीएफका उपाध्यक्ष तथा युरो नेपाल खेलकुद संघका अध्यक्ष किसान केसी, बिपी स्मृति प्रतिष्ठान बेल्जियमका प्रतिनिधि इन्द्र क्षेत्री पकवान, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि शर्मा थपलिया, तामाङ समाज बेल्जियमका अध्यक्ष भरत तामाङ, क्षेत्री समाज बेल्जियमका अध्यक्ष ॐ थापा, तमु समाज बेल्जियमका उपाध्यक्ष दुर्गा गुरुङ अतिथि थिए ।

कार्यक्रम एनआरएन बेल्जियमका महासचिब शिवकुमार बरुवालले सन्चालन गरेका थिए।

-Kejin Rai in Belgium

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.