Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लाहुरेको हराउँदै गएको पहिचानको खोजी गर्दै लाहोर पुग्दा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 04 May 2011 11:28

Exclusive: 5 photos: लाहोरबाट फर्केपछि काठमाडौंमा- दुई सय बर्षअघि नेपाल-अंग्रेज युद्ध सकिएपछि गोर्खाली सेनाका नायक बलभद्र कुँवर अंग्रेजसँग युद्ध लडिरहेका पन्जावी सम्राट रणजीत सिँहको सेनामा भर्ति हुन 'लाहोर' गएका थिए जुन अहिले पाकिस्तानको पन्जाब प्रान्तमा पर्दछ । त्यही कारण आजकल कुनै नेपाली कामको खोजीमा नेपाल बाहिर जानेलाई 'लाहुरे' भन्ने चलन छ । तर त्यही लाहोर अहिले नेपालीहरुकालागि विरानो बन्न थालेको छ ।

Lahor fort in Lahor, Pakistan. Photos: Sitaram

तर अहिले लाहोरमा गोर्खालीसँग सम्बन्धितमात्र होइन, गोर्खालीहरुलाई आफ्नो सेनामा लिने पन्जावी राजा रणजित सिँहका नामोनिशान भेटिन्नन् । बरु पहिले पहिले रोजगारीकालागि हजारौं नेपालीहरु पुग्ने लाहोरमा यतिबेला करिव डेढ सय नेपाली विद्यार्थीमात्र भेटिन्छन् ।

लाहोरसंगको नेपाली नाता

सन् १८१४-१८ को नेपाल-ब्रिटिश युद्धमा नेपाल पराजित भएपछि गोर्खाली सेनाका एक नायक बलभद्र कुँवर रणजीत सिँहको सेनामा भर्ति हुन गएका थिए । कांगडा उताको भूभाग कब्जा गर्न यिनै रणजित सिँहले गोर्खाली सेनालाई अवरोध गरेका थिए । गोर्खालीहरुको निर्णायक हार चाहिँ अंग्रेजसँग भयो । उता रणजित सिँहपनि अंग्रेजसँगको लडाईंमा इन्गेज हुन पुगे । नेपालले सुगौली सन्धिमार्फत अंग्रेजसँग आत्मसमर्पण गरिसकेको थियो । त्यसैले अंग्रेजसँग लड्ने आफ्नो धोको पुरा गर्न बलभद्र कुँवर सुगौली सन्धिको केही बर्षपछि लाहोर पुगे । त्यसपछि सुरु भयो, नेपालीहरुको लाहोर जाने परम्परा ।

The remnant of Lahor fort palace in Lahor, Pakistan. Photos: Sitaram

पन्जावी सेनामा रहेर बलभद्रलगायतले देखाएको बीरता र बलिदानीका कारण त्यहाँ नेपालीहरुले पाउने सम्मानका कारण त्यसपछि थुप्रै नेपालीहरु लाहोर जान थाले । ब्रिटिश इण्डियाकालिन भारतका अन्य शहरहरुका तुलनामा 'लाहोर' अपेक्षाकृत नजिक भएकालेपनि नेपालीहरु त्यहाँ लाहुरे हुन पुगे होलान् । किनभने लाहोर अहिले भारतको एक राज्य पन्जावको अमृतसरबाट करिव दुई घण्टाको दुरीमा छ । भारतको नयाँ दिल्लीबाट अमृतसर पुग्न रेलबाट एक रात लाग्छ । पाकिस्तान प्रवेश गर्ने भिषा हुने हो भने अमृतसरबाट भारत-पाकिस्तानबीचको वागा बोर्डर हुँदै एकैघण्टामा एक बखत नेपालीहरुको जागिर खान जाने प्रिय थलो लाहोर पुग्न सकिन्छ ।

Wagah Border between India-Pakistan. Photos: Sitaram

विदेश जाने नेपालीहरुलाई 'लाहुरे' नाम दिने 'लाहोर' अहिले नेपालीहरुकालागि विरानो बन्नुको प्रमुख करण हो- भारत र पाकिस्तानबीचको विभाजन । र, लाहोर पाकिस्तानी भूगागमा पर्नु । 'यदि लाहोर भारतमै परेको भए अहिलेपनि नेपालीहरु भारतका अन्य शहरमाजस्तै कामको खोजीमा लाहोर जाने थिए होलान्' पाकिस्तानकालागि नेपाली राजदूत बलबहादुर कुँवर भन्छन्- 'लाहोर पाकिस्तानमा परेपछि नेपालीहरु यता आउन अप्ठेरो भयो, त्यसैले नेपालीहरुकालागि लाहोर र लाहोरकालागि नेपालीहरु क्रमश: विरानो बन्दै गए ।' उनकाअनुसार, अहिले लाहोरमा नेपालीका नाउँमा करिव डेढ सय विद्यार्थीमात्र छन्, जो त्यहाँका विभिन्न विश्वविद्यालय र कलेजहरुमा पढ्छन् ।

Nepalese students in Pakistan. Photos: Sitaram

लाहोर किन बिरानो बन्दैछ?

भारत-पाकिस्तानको विभाजन नेपालीहरुकालागि 'लाहोर' विरानो बन्नुको एउटा कारण बनेको छ । तर लाहोरमा गोर्खालीहरुसँग सम्बन्धित कुनैपनि बस्तु फेला नपर्नुमाचाहिँ लाहोरबासीहरुले गोर्खालीहरुलाई आफ्नो सेनामा भर्ति गर्ने तत्कालिन पन्जावी राजा रणजित सिँहलाई मन नपराउनु हो । 'लाहोर रणजित सिँहको आफ्नै ठाउँ थिएन, उनले युद्धमा पराजित गरेर लाहोरलाई आफ्नो कब्जामा लिएका थिए र यसलाई आफ्नो राजधानी बनाएका थिए' पाकिस्तानी सन्चारकर्मी नुमान हैदर भन्छन्- 'पाकिस्तान भारतबाट अलग भएपछि उनीहरुले रणजित सिँहसँग सम्बन्धित सबै सामाग्री खत्तम गरे, त्यसैले गोर्खालीहरुका पहिचानपनि खत्तम भए होलान् ।'

Statue of Ranjit Singh in Punjab, India. Photos: Sitaram

लाहोरमा रहेको ऐतिहासिक धरोहर लाहोर किल्लाको अहिलेको हविगत हेर्दा हैदरले भनेको कुरामा सत्यता देखिन्छ । लाहोरमा विजय प्राप्त गरेपछि रणजित सिँहले सो किल्लामा रहेको दरवारलाई आफनो निवासस्थान बनाएका थिए । लाहोर किल्ला सर्बसाधारण विदेशी पर्यटकहरुकालागि खुल्ला छ तर त्यहाँ रणजित सिँहसम्बन्धी कुनै पनि जानकारी राखिएका छैनन् । जव रणजित सिँहसम्बन्धी जानकारी र सामाग्री नै त्यहाँ छैनन्, अनि त्यहाँ गोर्खालीहरुसँग सम्बन्धित सामाग्री र जानकारी हुने कुरापनि भएन । रणजित सिँह र गोर्खालीसँग सम्बन्धित कहावत सुन्न र सामाग्री फेला पार्न पाकिस्तानको पन्जाव होइन, भारतको पन्जाव आइपुग्नुपर्छ जहाँ अमृतसर छिर्नासाथ रणजित सिँहको एक भव्य सालिक देख्न सकिन्छ र त्यहाँ भेटिन्छन् थुप्रै नेपालीहरुपनि ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?