Inside

All Time Top 50 News

कतारमा नेपाली महिलाहरुद्धारा पहिलो महिला समाजिक संस्था गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Til Bikram Thebe Limbu   
Sunday, 17 June 2012 07:51

दोहा, कतार- कतारमा कार्यरत् नेपाली महिलाहरुको अग्रसरता र सकृयतामा गत हप्ता 'नेपाली महिला समाज, दोहा कतार' नामक नयाँ संस्था गठन गरिएको छ ।

First Nepali women's org "Pravasi Nepali Mahila" formed in Doha, Qatar. Photos: Tilbikram

कतारमा १०० भन्दा बढी नेपाली संघसंस्थाहरु रहेपनि नेपाली महिलाहरुको नेतृत्वमा कुनैपनि संस्था नभएको र विभिन्न कम्पनीहरुमा कार्यरत् नेपाली महिलाहरु एक ठाँउमा जुटेर गठन गरिएको यो संस्थानै कतारमा कार्यरत् नेपाली महिलाहरुको प्रथम सामाजिक संस्था बन्न पुगेको छ ।

कतारमा कार्यरत सकृय महिला रेखा राईको अध्यक्षतामा गठित महिलाहरुको सो समाजमा रोजिना बास्तोला उपाध्यक्ष, आमिना खाँन सचिव र अनिता उँराव कोषाध्यक्ष रहेकाछन् अन्य सदस्यहरुमा खिम कुमारी, सीता कुमारी सापकोटा, चम्फ खनाल, मीरा गौतम, मोतीकला बस्नेत, सपना लिम्बु, लक्ष्मी श्रेष्ठ, रीता देवी र पूर्णमाया राई रहेकाछन् ।



सल्लाहकार समितिमा सोया दाहाल, कमला गिरी, चाँदनी चौधरी, जीवन खतिवडा, एलिसा गुरुङ्ग र रमिता कुमारी कुश्वाल रहेकाछन् ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारको विभिन्न क्षेत्रमा काम गर्नकालागि नेपालबाट नेपाली महिलाहरुको संख्या पनि उल्लेख्यरुपमा वृद्धि हुदै गईरहेको छ ।

कतारमा कार्यरत् तथा नयाँ आईरहेकाहरुकोवारेमा सुसुचित हुन तथा सामाजिक सचेतना अभिवृद्धी गर्दै नेपाली महिलाहरुलाई आइपर्ने समस्या तथा आपत्विपत्का वेला सबैजना एकजुट भएर सहयोगको पहल गर्ने, संभव भएसम्म नेपाली महिलाहरुको तथ्यांकसमेत संकलन गर्ने, दुतावाससंग समन्वय र सहकार्य गर्दै महिला दिदीबहिनीकालागि, महिला दिदीबहिनीहरुसंग, दिदीबहिनीहरुद्धारा नै समन्वय र सदभाव बढाउदै जानकालागि महिलाहरु एकठाँउमा रहन संस्थागत हुनुपर्ने आवश्यकतालाई दृष्टिगत गरेर विशुद्ध सामाजिक संस्थाकोरुपमा महिला समाज गठन गरिएको समाजले जनाएकोछ।

नेपाली दुतावासस्थित कतारमा पनि नेपाल सरकारले महिला राजदुत डा. मायाकुमारी शर्मालाई नियुक्त गरेर पठाएपछि कतारमा कार्यरत श्रमिक महिलाहरु, परिवारका साथमा रहेका महिला गृहिणीहरु तथा महिला व्यवसायीहरु निकै उत्साहित हुदै सामाजिक संलग्नतामा अग्रसर हुन थालेका छन् भने नेपाली महिलाहरुकाविच एकअर्कामा सदभाव र सम्बन्ध सुमधर गर्दै जानुपर्ने आवश्यकता र सन्देश पनि यो महिला भेलाले स्पष्टरुपमा दिएको देखियो ।

अफिस, क्लिनिङ्ग, सुपरमार्के,ट हाइपर मार्केट, घरेलु कामदारलगायतका क्षेत्रमा निकै ठूलो संस्थामा नेपाली महिला कामदारहरु कतारमा कार्यरत् रहेका भएपनि उनीहरु यतिनै छन् भन्ने तथ्याङ्गक नभएको र घरेलू कामदारमात्र होइन बाहिर क्लिनिङ्गलगायत विभिन्न क्षेत्रमा कामगर्ने महिलाहरुसमेत आपतविपत्मा पर्ने गरेका र उनीहरु पनि सहयोग र उद्धारकोलागि दुतावासको सेल्टरमा आउने क्रम बढ्दो छ ।

एनआरएनएमा रहेका महिला प्रतिनिधीहरु नेपाली महिला कामदारहरुकावारेमा उनीहरुको अवस्था र कामकोवारेमा आजसम्म वेखवर नै रहेको पाइएको छ ।

नव गठित समाजका अध्यक्ष रेखा राईले अब महिलाहरु आफैपनि जुटेर संस्थागतरुपमा कतारमा कार्यरत् नेपाली महिला कामदारहरु एक ढिक्को हुनु आवश्यक भएको बताउदै कतारमा राजदुतको रुपमा महिला राजदुत आउदा हामी महिला दिदीबहिनीहरुलाई एककिसिमको साहस र थप उत्साह भएको छ, त्यसैको फलस्वरुप अव महिलापनि समाजकालागि, सचेतताकोलागि महिला ऐक्यवद्धताकोलागि जुट्नु पर्ने आवश्यकता टड्कारो भएको र अब चुप लागेर बस्नु हुन्न भन्ने भावना जागेर आएको बताइन् ।

अध्यक्ष राईले अगाडि भनिन्- "नेपाली समुदायमा नेपाली दाजुभाईहरु प्रशस्त संसघसस्थामा आवद्ध भएकाछन् र धेरैथोरै नेपाली समुदायकालागि काम पनि गरिरहेकाछन् भने महिला दिदीबहिनीहरुले संख्यात्मकरुपमा निकै धेरै रहेका महिला दिदीबहिनीहरु कै लागि पनि संस्थागत हुनु राम्रो हुनेछ भन्ने भावनाले दिदीबहिनीहरुलाई समेटेर विशुद्ध संस्था स्थापना गरेको हो, यस संस्थालाई कतारमा कार्यरत् सम्पूर्ण नेपाली दिदीबहिनी तथा विभिन्न संघसस्थाहरुको सहयोगको अपेक्षा पनि गरेका छौं।"

सोही दिन समाजको प्रथम बैठक रेखा राईको अध्यक्षमा बसेको थियो । सबै सहभागीहरुलाई समाजकोतर्फबाट अध्यक्षले धन्यवाद दिदै नेपाली दुतावासका महामहिम राजदुत डा. मायाकुमारी शर्मासंग औपचारिक भेटघाट गर्ने, समाजको कोष संचालन गर्ने, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजलाई भव्यरुपमा मनाउने र करीव ३० महिना अघि कतारमा मृत्यु भएका मकवानपुरका नन्दप्रसाद सापकोटाको क्षतिपुर्ति तथा विमा रकमकोलागि दुतावाससंग आवश्यक पहल गर्नेजस्ता निर्णयहरु प्रथम बैठकमा गरिएका थिए ।

स्मरणरहोस्, कतारमा स्व. नन्दप्रसाद सापकोटाका धर्मपत्नी हाल कतारमा कार्यरत् सीताकुमारी सापकोटाले आफ्ना श्रीमान स्व. सापकोटाको क्षतिपुर्ति तथा विमा आजसम्म कहि कतैबाट पाएकी छैनन् र पाउने नपाउनेवारेमा पनि उनी अहिलेसम्म कहिकतैबाट पहल नभएकोले वेखवर रहेकीछिन् ।

नेपाली महिला समाज स्थापनार्थ एनआरएनए एनसीसी प्रतिनिधीद्धय माला डंगोल, तारा भट्टराई तथा व्यवसायी परिवार सुनिता पाण्डे, चाँदनी सिंहलगायतको उपस्थिति रहेको भएपनि उनीहरु समिति निर्माण हुन अघि कार्यक्रम नसकिदै कार्यक्रम स्थलबाट निस्केका थिए ।

-Til Bikram Thebe Limbu in Doha, Qatar

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.