Inside

All Time Top 50 News

बेल्जियमको स्थानीय निर्वाचनमा पहिलो नेपाली महिलाको उम्मेदवारी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Tuesday, 09 October 2012 00:18

Special: 2 photos: बेल्जियम- युरोपियन मुलुक बेल्जियम को स्थानीय निर्वाचनमा पहिलो पटक एक नेपाली महिलाले उम्मेद्बारी दिएकिछिन्। आगामी अक्टोबर १४ तारिख हुने स्थानीय निर्वाचनमा एन्ट्वेर्पेन प्रोभिन्स र बोर्गर्होट डिस्ट्रिक्टको काउन्सलर पदमा उम्मेद्बारी दिने ति नेपाली छोरी हुन्- लीला शर्मा मानन्धर।


 

First Nepalese women candidate in Belgium: Lila Sharma Manandhar. Photos courtesy: Lila

को हुन उनी। किन उम्मेद्बारी दिएकी हुन्? पढौं उनकै शब्दहरुमा:

बेल्जियममा आगामी अक्टोबर १४ मा हुन लागेको स्थानीय निर्वाचनमा प्रजातान्त्रिक मुल्य र मान्यतामा आस्था राख्ने पार्टी CD&V पार्टीबाट मेरो  उम्मेदवारी  रहेको छ ।

मेरो छोटो परिचय अगाडी बढाउने क्रममा मेरो जन्म महाकाली अंचलको डडेल्धुरा जिल्लामा भएको तर मेरो बाल्यकाल र एसएलसीसम्मको अध्ययन मैले कंचनपुर जिल्लाबाट गरें । त्यसपछि मैले उच्च शिक्षा हासिल गर्ने क्रममा पद्मकन्या क्याम्पस, रत्नराज्य क्याम्पस र स्नाक्तोकोतरको अध्ययन राजनीतिक शास्त्रमा त्रिभुवन बिश्वबिद्यालयबाट पुरा गरें । नेपालमा रहदा  रोजगारीको सिलसिलामा मैले मेरो जीवनको लामो समय पर्यटन क्षेत्रमा बिताएं  यसका साथसाथै प्रजातन्त्र प्राप्त पछिको ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै Soaltee Crowne Plaza को आधिकारिक  युनियनमा साथै नेपाल होटेल तथा पर्यटन श्रमिक संघ राष्ट्रियस्तरको कार्य समितिमा बसेर काम गर्दा गर्दै म पर्यटन क्षेत्रको प्रतिनिधित्वो गर्दै नेपाल ट्रेड  युनियन काँग्रेसको निर्वाचित केन्द्रिय सदस्य हुन पुगे र ट्रेड युनियनको काँग्रेसको केन्द्रिय महिलाविभागको जिम्मेवारी पदमा बसी काम गरें । ट्रेड युनियनको रास्ट्रियस्तरमा काम गर्दा गर्दै विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय   संघसस्थाहरुसंग मिलेर काम गर्ने मौका प्राप्त गरें ।

यसै सिलसिलामा ICFTU- APRO ( International Confederation of Trade Union – Asia Pacific Regional Office), ILO (International Labour Organisation ),JILAF (Japan International Labour Foundation) हरुसंग विभिन्न प्रोजेक्टमा विभिन्न तह र तप्कामा बसी काम गरें ।



ट्रेड युनियन आन्दोलनमा मैले गरेको परिश्रम र कामको मूल्यांकनको आधारमा मैले साउथ एसिया, एसिया, मध्ये पूर्वीराष्ट्र र युरोपेली राष्ट्रहरुमा नेतृत्व विकास, प्राबिधिक शिक्षा, लैंगिकविभेद, मानवअधिकार, महिला सस्क्तिकरण र मजदुरहरुसंग सम्बन्धित अन्तरास्ट्रिय अभिसन्धिहरुकाबारेमा अध्ययन गर्ने मौका पाएं । यसै क्रममा युरोपेली राष्ट्रमा पनि स्रोत व्यक्तिकारुपमा पनि काम गरें ।

म सधै सत्यमा विश्वास गर्ने र निष्ठावानभई निस्वार्थ सेवा गर्न रुचाउने ब्यक्ति हु । अझ तेस्मा पनि महिला ससक्तिकरणमा निस्वार्थ लागिरहने र म पुगेको स्थानमा प्रत्येक महिलाहरुको पहुच देख्न चाहने महिला मध्ये म पनि एक हु ।

मेरो करिब ६, ७ बर्षको बेल्जियमको बसाइको क्रममा मैले विभिन्न नेपाली तथा बेल्जियन संघ सस्थाहरुसंग काम गरें र हालसम्म पनि आबद्ध रहेर काम गर्दै छु जस्तै: जनसम्पर्क समिति बेल्जियम, गैर आवासीय नेपाली संघ, राष्ट्रिय संमन्वयन समिति बेल्जियम (महिला समिति संयोजक), र Intercultural women Center (IVCA ) Antwerpen, Athena Open Leercentrum Atwerpen र Women for Women NGO मा काम गर्दै आएकी छु । यसका साथसाथै अन्य महिला सस्क्तिकरणलगाएत आप्रवासी सम्बन्धि कामगर्ने संघ सस्थाहरुसंग आबद्ध रहदै आएको छु । यसरी बिदेसी बसाइको क्रममा आफुले सिकेका अनुभबहरुलाई अदान प्रदान गर्ने र नया कुराहरु सिक्ने ठुलो अवसर पाएकी छु । यहि दौरानमा स्वदेशी तथा विभिन्न बिदेशी मुलुकका महिलाहरुसंग घुलमिल गर्ने ठुलो मौका प्राप्त गरें, काम कै सिलसिलामा विभिन्न राजनैतिक पार्टीसंग आस्था राख्ने साथीहरुसंग घुलमिल हुन पुग्यो । आफ्नो लामो समयको अनुभव, सैक्षिक योग्यता, भासिक ज्ञानले गर्दा साथीहरुको सरसल्लाहले यहाको निर्वाचनमा प्रवेश गर्न पुगें । यसरी  आफुलाई बेल्जियमको राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली महिलाकारुपमा स्थापित गर्न पाउँदा गौरब लागेकोछ ।

बेल्जियमको राजनैतिक प्रवेसका सम्बन्धमा मैले उम्मेदवारी प्राप्त गरेको पार्टी CD&V हो । जसले ५० बर्सको इतिहास बोकेको र समय सपेक्षिक् तवरले प्रजातान्त्रिक प्रक्रियाबाट अगाडी बढ्दै सम्पूर्ण नागरिकलाई प्रजातन्त्रको मुल्य र मान्यताको महसुस गराउदै बिदेशी मुलुकका आप्रबासीलाई पनि उच्च कदर गर्दै सबैको समान हक र अधिकारकालागि तत्पर रहने पार्टीका रुपमा चिनिन्छ ।

यसै पार्टीबाट मैले यहाँको स्थानीय निर्वाचनमा Antwerpen Procinve बाट काउन्सलरको पदमा नम्बर ६ उम्मेदवारी दिएकी छु । Antwerpen province बेल्जियमको फ्लामिस क्षेत्रको सबभन्दा ठुलो province हो । यस province मा करिब १७ लाख जनसंख्या छ । आर्थिक हिसाबले यो क्षेत्र निकै बलियो छ ।

यसरी यो क्षेत्रबाट ६ स्थानमा उम्मेदवारी पाउनेमा म नै पहिलो नेपाली र पहिलो एसियन मुलको नागरिक हु । त्यस्तै गरि मेरो उम्मेदवारी Borgerhout जिल्लाबाट १७ स्थानमा रहेको छ । जसको जनसंख्या ४५, ५७० रहेको छ । यस क्षेत्रमा करिब १३१ राष्ट्रका आप्रबासी नागरिकहरुको बसोबास छ । यस निर्वाचनमा मेरो प्रतिनिधित्व केवल नेपालीकालागि मात्र नभई सम्पूर्ण आप्रबासी र विदेशीकालागि पनि हो ।

करिब ५/६ हजार नेपालीको जनसंख्या रहेको बेल्जियममा स्थानीय निर्वाचनमा नेपालीले हासिल गरेको स्थानले निकै नै गौरब र इज्जत प्रदान गरेको छ । मैले निर्वाचमा उठाएका मुद्धाहरु महिला र समान अवसर, सम्पूर्ण स्थानमा बिदेसी नागरिकको उचित प्रतिनिधित्व र विभिन्न मुलुकको सास्कृतिक, रहनसहनको एक आपसी समुदायमा पहिचान हो ।

मेरो जीवनको प्रत्येक पाईलाको सफलता ठुलो श्रेय मेरो जन्मदाता आमा, बुबा मेरो घरपरिवार र सम्पूर्ण नेपालीले दिएको माया नै हो । म संसारको जुनसुकै ठाउमा रहेता पनि नेपाली महिलाको सहास र गौरबलाई माथि उठाउने प्रयत्न गर्ने छु । उचित मौका पाए नेपालीले संसारको सबै नै ठाउमा नाम राख्न सफल भएका छन् ।

यस निर्वाचनमा हार जितभन्दा पनि पहिलो कुरा प्रतिनिधित्व गर्न पाउनु नै ठुलो कुरा हो । यदी मैले एसियन मुलुकको ठुलो सहयोग पाएमा मेरो जित स्वत: हुने छ । यसका साथसाथै अन्य बिदेसी तथा स्वदेसीहरुको पनि सहयोग प्राप्त भएमा प्रतिफल सकारात्मक हुने छ ।

अन्तमा, यस चुनाबी महोललाई अगाडि बढाउनकोलागि सम्पूर्ण स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको सहयोग, सल्लाह र एक्यबद्दताकोलागि आह्वान गर्दै बेल्जियमा मेरो चुनाबी अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिन चाहन्छु !

लीला शर्मा मानन्धर
Lila Sharma Manandhar


प्रत्यासी बेल्जियम स्थानिय चुनाव २०१२
प्रोभिन्सी अन्तवेर्पेन बाट छैठौ स्थानमा र बर्गरहौत जिल्लाबात सत्रौ स्थानमा

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.