Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोर्तुगलका नेपालीहरु माघे संक्रान्तिको रमझमसंगै चर्चित लोकदोहोरी गायिका मुना थापा मगरसँग झुमे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yogendra Milan Chhantyal   
Monday, 23 January 2012 04:21

लिस्बोन- लोक तथा दोहोरी गायिका मुना थापा मगरले माघे संक्रान्तीको अबसर पारेर आयोजना गरिएको साँस्कृतिक साँझमा पोर्तुगलमा रहेका नेपालीहरुलाई बेस्सरी नचाइन् ।

Folk dohori singer Muna Thapa Magar. Photo courtesy: Muna's facebook profile.

सम्भवत पोर्तुगलमा सम्पन्न एनआरएन निर्वाचनबाहेक सबैभन्दा धेरै नेपालीहरुको सहभागिता रहेको सांगीतिक साँझमा मुनाले आफ्ना दर्जनौं लोकप्रिय गीतहरु सुनाइन् । मुनासँग स्थानीय युवाहरुले पालैपालो दोहोरी पनि गाए । मुनाका चिसो हावा सरर, रुमाल फरर, मुखै तीतो गरायो तीते करेलीले, मलाई लठ्ठै गरायो झिमझिम परेलीले गीतलगायत दोहोरीहरु असाध्यै मन पराएर कार्यक्रमका दर्जनौं दर्शकहरुले २० देखि १०० युरोसम्म नगद उपहारसमेत दिए । नगददाताहरु कसैले स्वर मन परेर त कोहीले सांगीतिक यात्राको निरन्तरताको कामनास्वरूप सहयोग गर्न चाहेको बताए ।

गायिकालाई तालीको गडगडाहटले पनि युरोजत्तिकै जोश जाँगर थपिएको पाइन्थ्यो । दर्शकहरुको वाहवाही, तालीसहित नाँच्दै साथ पाउँदा गोर्खाली ठिटी मुनाले उनको सुरिलो स्वरलाई अझ तिखारिन् । सायद उनको गीतमा नाचेर थुप्रैको ज्यान दुख्यो होला कार्यक्रमबाट बाहिर आउँदा ।

जिउडाल पनि चटक्क परेकी सुन्दरी गायिका मुना पनि नेपाल फर्कन मन छैन त भनिन् दोहोर्‍याइ तेहर्‍याइ ।  ईश्वरी कंडेल र प्रकाश सुवेदीले दोहोरीमा यसरी फकाए कि मानौ, मुनाले हुन्छ नि त भनेकी भए पोर्तुगलमै राख्थे । अप्ठेरो पर्न लाग्नेबित्तिकै अर्को खोंचे थापी हाल्छन् । दर्शकहरुले पनि थाहा पाए कि यो दोहोरीको रणनीति अचम्मैको हुँदो रहेछ ।

कार्यक्रममा बेल्जियमबाट आएका र स्थानीय कलाकारहरुले मनोरन्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए । केही गीतहरु पनि गाइएका थिए । आयोजकले नाँच्ने गाउने कलाकारहरुलगायत नृत्य प्रशिक्षण गराउने संजय लामालाई प्रमाण पत्रसहित आभार प्रकट गरे ।

माघे संक्रान्तिको अवसरमा नेपाल मगर समाज, पोर्तुगलले आयोजना गरेको सांस्कृतिक साँझमा नेपालबाट आएका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका निवर्तमान उपकुलपति, त्रिभुवन विश्वविद्यालय प्राध्यापक एवं मगर जाति संस्कृतिविद डा. केशरजंग बराल मगरले माघे संक्रान्तिबारे स्पष्ट पारेका थिए । बरालले मगर जातिको भाषिक, सांस्कृतिक र जातीय उत्थान र विकासकालागि शिक्षा र सकारात्मक विभेदलाई जोड दिनुपर्ने बताए ।

अर्का अतिथि मगर विद्यार्थी संघका अध्यक्ष एवं आदिवासी जनजाति विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष माधव दर्लामी मगरले पिछडिकाहरुलाई प्राकृतिक न्यायको सिद्धान्तबमोजिम पनि अधिकारकालागि आवाज उठाउन पाउनुपर्नेमा जोड दिए ।

गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य पूर्ण हमाल र विश्व मगर संघ बेल्जियमका कार्यबाहक सचिव कुलबहादुर रजान मगरले पनि प्रवासमा यस्ता कार्यक्रमले नेपालीहरुबीच सुमधुर सम्बन्ध स्थापनाकालागि सहयोग पुग्ने विचारसहित शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव मिनप्रसाद पुन मगर र खेमप्रसाद जुग्जली मगरले गरेका थिए ।

कार्यक्रम ग्रासाको नुनो गुन्काल्भेस स्कूलमा सम्पन्न भएको थियो ।

-Yogendra Milan Chhantyal in Portugal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?