Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बिदेशी राजदूतहरुको फेरबदल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 17 June 2011 02:22

काठमाडौं- नवनियुक्त चिनिया राजदूत याङ्ग हौलान आफ्नो कार्यभार सम्हाल्न नेपाल आउनै लागेका बेला नेपालकालागि नियुक्त भारतीय राजदूत जयन्त प्रसाद भने जापानतर्फ लागेका छन् ।

नेपालमा कार्यभार सम्हालिरहेका केही मुलुकका राजदूतहरुले यही हप्ता राजधानी छाड्ने भएका छन् ।

गत सालको भूकम्पले तहस नहस भएको जापानलाई भारतले गर्ने भनेको सहायता प्रदान गर्ने सिलसिलामा जयन्तप्रसाद गत हप्ता जापानतर्फ लागेको श्रोतले बताएको छ । जयन्तकै दाजुभाई पर्ने आलोकप्रसाद जापानकालागि भारतीय राजदूत छन् । जयन्त आगामी जुलाईमामात्र नेपाल आउने तय भएको छ ।

चिनिया राजदूत हौलान कहिले आउने भन्ने तय नभएका कारण उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्ने कार्यक्रम यकिन नगरिएपनि उनी जुन १७ मा कार्यभार सम्हालन नेपाल आउने भएपछि जुन २० मा अन्य देशका राजदूतहरुसँगै हौलानलेपनि ओहोदाको प्रमाण पत्र पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

श्रोतकाअनुसार, जुन २० का दिन नेपालकालागि साउथ अफ्रिका, अफगानिस्तान र स्पेनका राजदूतहरुले ओहोदाको प्रमाण पत्र पेश गर्ने कार्यक्रम तय भएको थियो । 'तर यसैबीच चिनिया राजदूतपनि आउने जानकारी प्राप्त भयो, त्यसैले अफगानी र स्पेनी राजदूतसँगै हौलानलेपनि प्रमाण पत्र पेश गर्ने कार्यक्रम राखिएको हो' परराष्ट्र श्रोतले भन्यो ।

अहिलेसम्मकै शक्तिशाली चिनिया राजदूतले औचारिक रुपले कार्यभार सम्हाल्ने गरी ओहोदाको प्रमाण पत्र पेश गर्ने दिन नेपालकालागि पाकिस्तानी राजदूत सैयद अवरार हुसैन आफ्नो कार्यकाल पुरा गरी नेपाल छाड्दैछन् । मलेसियन राजदूत इलानकोभान कोलानडेलुपनि जुन ११ मा कार्यकाल पुरा गरी स्वदेश फिर्ता भैसकेका छन् ।

नयाँ चिनिया राजदूत हौलानले चाहे भने नेपाल आएको दुई हप्ता बित्दा नबित्दै नेपाल सरकारको प्रायोजनमा बर्दिया राष्ट्रिय निकुन्ज, मुगुको रारा लगायतका मनोरम पर्यटकीय स्थलमा जाने अवसर प्राप्त गर्नेछन् । नेपाल पर्यटन बर्षको उपलक्ष्यमा पर्यटन बोर्डले नेपालमा रहेका विभिन्न मुलुकका राजदूतहरुलाई यही २४-२६ जुनमा बर्दिया र रारा लैजाने कार्यक्रम तय गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?