Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नवलपरासीका १५ विपन्न परिवारलाई जापानी लायन्स क्लबद्वारा ७५ वटा बाख्रा वितरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Budbal Gurung   
Friday, 16 December 2011 01:16

काठमाण्डौं- क्योतो हियोशिगाओका लायन्स क्लब जापानले नवलपरासीका १५ विपन्न परिवारलाई पचहत्तर वटा बाख्रा वितरण गरेको छ ।


 

Japanese lions Club donated 75 goats to 15 poor family in Nawalparasi district, Nepal. Photos: Budbal

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष देवमान हिराचनको पहलकदमी र सहकार्यमा उक्त क्लबले 'आशाको ज्योति नेपाल' मार्फत बाख्रा उपलब्ध गराएको हो।

प्रतिपरिवार पाँचवटाको संख्यामा वितरित बाख्रा पालनबाट सम्बन्धित परिवारको आयआर्जनमा महत्वपूर्ण टेवा पुग्ने दाताहरुको विश्वास छ ।

यसरी प्रदान गरिएका बाख्राबाट २-३ वर्षमा थुप्रै पाठापाठी जन्मने र तीन वर्षपछि एउटा बाख्रा बोनसकारुपमा छोडेर उक्त परिवारबाट चारवटा बाख्रा फिर्ता लिई त्यसमा एउटा थपेर पुनः अर्को विपन्न परिवारलाई प्रदान गर्ने दातृसंस्थाको योजना छ । यसको अनुगमन व्यवस्था तथा बाख्रा वितरण कार्यक्रम परिचालनकालागि एउटा छुट्टै संयन्त्रसमेत निर्माण गरिएको र यसरी विपन्न परिवारलाई बाख्रा बितरण गर्ने कार्य देशका अन्य स्थानमा पनि निरन्तर जारी रहने समाजसेवी देवमान हिराचनले जानकारी दिए।

NRN ICC Chief Patron Devman Hirachan speaking at the goat handover program in Nawalparasi.

बाख्रा बितरणकासाथै स्वास्थ्य क्षेत्रसंग सम्बन्धित अन्य सहयोगका प्याकेजसहित नेपाल आएका क्योतो लायन्स क्लबका नौ जापानी सदस्यहरु न्वलपरासीमा बाख्रा बितरण कार्यक्रममा सहभागी हुन पाएर अत्यन्त हषिर्त देखिएका थिए । उक्त क्लबले जापानमा आफ्नो २० औं वाषिर्कोत्सव मनाइरहेको र यही अवसर पारेर नेपालका विपन्न परिवारको सहयोगमा हात बढाइएको प्रतिक्रिया उनीहरुले दिए । आफूहरु नेपाल र नेपालीप्रति अत्यन्त आकषिर्त बन्नपुगेको उल्लेख गर्दै क्लबले यथासक्य सहयोगको हात अघिसारिरहने बाचा पनि उनीहरुले गरे । सबै राजनीतिक दलका स्थानीय प्रतिनिधिसहित सयौं स्थानीयवासीको उपस्थितिले सहयोग हस्तान्तरण कार्यक्रममा रौनकता प्रदान गरेको थियो भने सहयोग प्राप्त गर्ने परिवारका सदस्यहरु औधी खुशी देखिन्थे ।

हिराचनले बाख्रा पालनतर्फ उन्मुख गराएर नेपालका विपन्न परिवारहरुलाई आयआर्जनमा सघाउने आफ्नो अवधरणालाई स्वीकार गरी सहयोगको हात बढाइदिएकोमा क्योतो हियोशिगाओका लायन्स क्लब जापान परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

जापानलाई कर्मथलो बनाएका देवमान हिराचनले गोर्खा, कास्कीलगायतका जिल्लामा स्कूलहरु स्थापना गर्नुकासाथै सैयौं विद्यार्थीलाई नीजि तवरबाट छात्रवृत्ति पनि प्रदान गर्दै आएकाछन्।

-Budbal Gurung
Founder / Editor
www.gorkhalionline.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?