Inside

All Time Top 50 News

युएईमा गोरखा सेवा समाज गठन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Nimkanta Pande   
Sunday, 15 January 2012 09:03

युएई- युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका गोरखालीहरुको प्रथम भेला सम्पन्न भएको छ।


The members of Gorkha Sewa Samaaj UAE. Photo: Nimkanta

बरदुबईको एभरेष्ट होटलमा १३ जनवरीका दिन डाकिएको उक्त भेलाबाट गोरखा सेवा समाज युएई गठन गरिएको छ ।

समाजको नवगठित कार्यसमितिको अध्यक्षमा सुरेश ढकाल, उपाध्यक्षमा बिचारी लामिछाने,कोसाध्यक्षमा जनक गुरुङ,सचिबमा प्रकाश बांनिया र सह-सचिबमा बुद्धी पनेरु रहनुभएको छ।

अन्य सदस्यहरुमा रामबहादुर भट्ट, नरबहादुर बराम, राजेन्द्र खनाल, गजबहादुर गुरुङ, केशर गुरुङ र ज्ञानेन्द्र श्रेष्ठ रहनुभएको छ। उक्त कार्यसमिती दुई जना महिला सदस्यसहित चार जना सदस्य कार्यसमितिको पहिलो बैठकले थप्ने गरी जम्मा १५ सदस्यीय रहेको छ ।

संचार क्षेत्रमा सहयोग पुराउनु भएकोमा प्रगतिशील मजदुर मंच युएईका महासचिब निमकान्त पाण्डेलाई बिशेस धन्यबाद दिदै सलाहकार उत्तम अध्रिकरिले नवगठित कार्यसमिति आफुले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

युएईमा कार्यरत बरिष्ठ समाज सेबी गोरखाबासी उत्तम अधिकारीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व सुरेश ढकालले गर्नुभएको थियो।

राष्ट्रिय गान बजाएर शुरु गरिएको उक्त कार्यक्रमको संचालान प्रकाश बांनियाले गर्नुभएको थियो भने दिपक बोहोराले उपस्थित सम्पूर्ण अथितिहरु, पत्रकार, गोरखाबासी अन्य तथा शुभचिन्तकहरुलाई स्वागत गर्नुभएको थियो ।

त्यस लगत्तै उपस्थित सम्पूर्ण गोरखाली दाजुभाई तथा दिदिबहिनीहरु परिचयात्मक कार्यक्रम गरिएको थियो ।

बिभिन्न देसबाट पठाउनु भएको शुभकामना पत्र कार्यक्रम संचालक प्रकाश बांनियाले पढेर सुनाउनुभएको थियो । प्रबासमा रहेका गोरखा बासीहरुले सन्देसमार्फत आफ्नो ठांउबाट सक्दो सहयोग गर्ने जानकारी दिदै यस भेलाको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा बोल्ने अथितिहरु एबं अन्य बक्ताहरुले गोरखा सेवा समाज युएई गठन गर्नुको उदेस्यकोबारेमा प्रकाश पार्नु भएको थियो।

नेपालको सर्बाधिक गरिमामय इतिहास बोकेर आँफैमा सम्पूर्ण नेपाल र नेपालीहरुको एकताको प्रतिककोरुपमा रहेको गोरखा जिल्लाबाट आफ्नो प्यारो जन्मभुमी, परिवार र शुभचिन्तकहरुलाई छोडी जीवनस्तर उकास्न सकिन्छ कि भनेर बिदेशमा छरिएर रहेका सम्पूर्ण गोरखालीहरुमा एउटा मिलन बिन्दुको अभाब खड्किरहेको अवस्थामा फुर्सदको समयको सदुपयोग र बचतको न्युनतम अंशले यो बिरानो भुमिमा अलपत्र परेका गोरखाली तथा अन्य नेपालीहरुको केही सहयोग र स्वदेशमा पनि जनहितका क्षेत्रमा केही गर्नु पर्छ भन्ने मुख्य उदेस्यकासाथ गठन गरिएको संस्थाले जनाएको छ।

-Nimkanta Pande in Dubai

शुभ-कामना !

January 12, 2012

सर्ब प्रथम यूएईमा कार्यरत सम्पूर्ण गोर्खाली नेपाली दाजू-भाई तथा दिदी-बहिनीहरुमा नयाँ बर्ष २०१२ को हार्दिक मंगलमय शुभ-कामना टक्रयाउँदछु।

तपाईंहरुले यही जनवरी १३ मा यूएईमा कार्यरत गोर्खालीहरुको भेला डाक्नु भएको भन्ने खबर सुन्न पाउँदा म एक गोर्खाली चेलीको नाताले अत्यन्त उत्साहित हुन पुगेकिछु। साथै भेलाको पूर्ण सफलताको कामना गर्दछु।

बिदेशमा बसेर आफ्नो जिल्ला र गाउँघरलाई सम्झिने, एक आपसमा सद्भाव फैलाउने र भेटघाटको अबसर प्रदान गर्ने योभन्दा सुनौलो अबसर अर्को हुन सक्दैन। तपाईंहरुले आफ्नो जिल्ला, गाउँघर र देशलाई बिभिन्न योगदान पुर्‍याउँदै आउनु भएको खबरबाट म अनभिज्ञ छैन। युएई जस्तो खाडी मुलुकमा पुगेर त्यो देशकोलागि पसिना बगाउनु पर्ने बाध्यतालाई पनि मैले नजिकबाट मनन् गर्दै आएको छु। यद्दपी तपाईंहरुको अदम्य साहस, मानबीय सहयोग र मिहिनेत सबैकालागि प्रेरणाको श्रोत बन्न पुगेको छ।

मैले पनि सन् १९९९ देखी अमेरिकामा उच्च शिक्षाको अध्ययनको शिलशिला र अध्ययन पछिका ४ बर्षमा गोर्खा जिल्ला र नेपालका अन्य ६ वटा जिल्लाका बिपन्न महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको छु।

हामी जहाँ रहेपनि नेपाल र नेपाली जनताकोलागि केही गर्नु पर्छ भावना लिएर हिंड्ने हो भने केही न केही योगदान पुर्याउन सकिदो रहेछ। अझ तपाईंहरुको उत्साह र एकताको त मैले प्रसंशा गर्नै पर्ने हुन्छ।

अन्तमा, पुन: तपाईंहरुको गोर्खाली भेला पूर्णरुपमा सफल रहोस् भन्ने कामनासहित भबिश्यमा भेट्ने आशा राख्दै तपाईंहरुबाट बिदा लिन्छु।

तपाईंहरुकै गोर्खाली चेली,

बिष्णु माया परियार

अध्यक्ष

इमावोर दलित वुमन अफ नेपाल (एड्वान) युएसए

बोस्टन, अमेरिका

Empower Dalit Women of Nepal (EDWON), USA

www.edwon.org

www.adwannepal.org

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.