Inside

All Time Top 50 News

दुबईमा गोर्खाली कलाकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Neemkant Pandey   
Monday, 27 February 2012 21:00

दुबई- गोरखा सेवा समाज युएईले नेपालबाट आएका ख्यातीप्राप्त लोकदोहोरी गायिका मुना थापा मगर र लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्साघुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई सम्मान गरेको छ।

Popular folk singers Muna Thapa Magar, Deepsagar Thapa Magar and other artists honored in Dubai. Photos: Neemkant

२३ फेब्रुवरीको सांझ बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित उक्त सम्मान कार्यक्रममा रेस्टुरेन्टमा कार्यरत गोरखाली कलाकारहरु संजय गुरुग, प्रेम गुरुङ, सम्झना गुरुङ, भिम परियार, पार्वती गुरुङ, दिपक अधिकारि र बिष्णु भाटलाई पनि सम्मान गरिएको थियो ।

गोरखा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापितित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा नेपाली जनप्रगतिशील मंच युएईका अध्यक्ष तथा गोरखा समाज युएईका सल्लाहाकार उत्तम अधिकारी र नेपाली समाज युएईका अध्यक्ष तुलसी तमाङ रहनुभएको थियो ।



समाजका सल्लाहकार महाप्रसाद धितालले उपस्थित एवं अतिथी सम्पूर्ण गोरखाबासी दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वागत् गर्नु भएको थियो  ।

उक्त कार्यक्रममा बोल्दै अतिथी तुलसी तमाङले गोरखा सेवा समाज युएई गठन भएको छोटो समयमा नै यसरी कलाकारहरुलाई सम्मान गरेकोमा समाजको खुलेर प्रसंसा गनु भएको थियो ।

यसैगरी, शुभकामना दिने क्रममा समाजका सल्लाहकार दिपक बोहोराले सम्पूर्ण कलाकारहरुको आगामी सांगीतिक यात्राले सगरमाथाको शिर चुम्न सफल होस भन्ने शुभकामना दिनु भएको थियो ।

बरिष्ठ समाज सेबी उत्तम अधिकारीले सम्पूर्ण गायक गायिकाहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

अतिथी कलाकारहरुले प्रबासमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसि लागेको र यस क्षेत्रमा अघी बढनका लागि निकै हौसला मिलेको बताउनु भएको थियो

गायक तथा गायिकाहरुलाई समाजका सल्लाहकार उत्तम अधिकारीले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष सुरेस ढकालले प्रसंसा पत्र दिएर सम्मान गर्नु भएको थियो ।

समाजका अध्यक्ष एंब कार्यक्रमका सभापित सुरेश ढकालले सांगीतिक यात्राबाट गोर्खा जिल्लालाई बिदेशमा चिनाउन सफल हुनु भएकोमा धरै धरै धन्यबाद दिदै कलाकारहरु राष्ट्रका गहना भएकोले गोरखा समाज युएई यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो ।

कार्यक्रमको संचालान समाजका सचिब प्रकास बानियाले गर्नु भएको थियो ।

-Neemkant Pandey in Dubai

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.