Inside

All Time Top 50 News

मास्कोमा होली र नारी दिवसको अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishnaprasad Shrestha   
Friday, 09 March 2012 04:15

Special: 3 photos: मास्को- यस सालको फागुपूणिर्माका दिन नेपाली नारी निकुञ्ज तथा नेपाली छात्रसंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवस तथा होली (फागु) को उपलक्षमा एक समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

The Holi and International Women's Day 2012 celebration by Nepalese in Morsow, Russia. Photos: Dinesh Mani Shrestha

नेपाली राजदूतावास परिवार (कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी), गैरआवासीय नेपाली संघ (अध्यक्ष उत्सव अमात्य, उपाध्यक्ष विमला भण्डारी बस्याल तथा महासचिव डा. एकनारायण चापागाइँ), रूस सीआईएस नेपाल उद्योग वाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), नेपाली नारी निकुञ्ज (उपाध्यक्ष डा. विन्दिता लामिछाने), विश्व नेपाली साहित्य महासंघ रूस शाखा (अध्यक्ष गोविन्दप्रसाद गौतम) र नेपाली छात्रसंघ आदि संघ-संस्थाका पदाधिकारीहरू र सदस्यहरूको उपस्थिति रहेको समारोहको शुभारम्भ राष्ट्रियगानबाट भएको थियो ।

नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष इन्द्रकुमार श्रेष्ठले नेपाली नारी निकुञ्जका सदस्यहरूकासाथै समारोहमा उपस्थित सबै महिलावृन्दलाई वसन्तोत्सव अन्तर्राष्ट्रिय नारी दिवसको तथा सबै उपस्थित  महिला तथा सज्जनवृन्दलाई रङ्गको उत्सव होलीको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै निम्तो स्वीकार गरी समारोहको शोभा बढाइदिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपालबाट टाढा रहेर पनि आफ्ना परम्परागत राष्ट्रिय उत्सवहरू मनाउन अग्रसर रहने नेपाली नारीनिकुञ्जका साथै रूसमा रहेका सबै नेपालीहरूप्रति कृतज्ञता र सराहनाका शब्दहरू व्यक्त गर्दै यस वर्ष एकै समयमा पर्न गएका दुवै पर्वको सन्दर्भमा शुभेच्छा प्रकट गर्नुभयो ।

गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष उत्सव अमात्यले हरेक वर्ष होलीलगायत विभिन्न चाडपर्वहरू मनाउनमा नेपाली नारी निकुञ्जले देखाउँदै आएको सक्रियताको भुरिभुरि प्रशंसा गर्दै हार्दिक शुभेच्छा व्यक्त गर्नुभयो ।


The Holi and International Women's Day 2012 celebration by Nepalese in Morsow, Russia. Photos: Dinesh Mani Shrestha

त्यहाँ उपस्थित विभिन्न महानुभावहरूका साथै यस पंक्तिकारले पनि रूसमा रहेका सबै भाइ-बहिनीहरूलाई शुभकामना व्यक्त गर्ने सुअवसर प्राप्त गरेको थियो भने उमेश भट्टराईबाट अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा तत्कालै रचिएको कविता पाठ गरिनुका साथै युवा गीतकारबाट स्वरचित गीतको लयमा उपस्थित महिला तथा सज्जनहरूलाई उत्सवीय सामूहिक नाचकालागि पनि आह्वान गरिएको थियो ।

किसन भण्डारीबाट रोचक शब्दहरूद्वारा संञ्चालन गरिएको समारोहले तत्पश्चात् स्वस्फूर्त ढङ्गबाट उत्सवीय सांस्कृतिक कार्यक्रमको रूप लिइहाल्यो ।  सुरुमा संस्कृतको सुपरिचित स्तोत्र 'शान्ताकारम् भुजग शयनम्...' को गुञ्जन-धूनमा पाचौं कक्षाका छात्राहरू आञ्जेलिका रिजाल, भेरोनिका रिजाल, मार्गारिता रिजाल तीनै दिदी-बहिनीबाट शास्त्रीय नृत्य र अन्य नृत्यहरूको मनोरम प्रदर्शन गरियो भने जनमैत्री विश्वविद्यालय लगायत मास्कोका विभिन्न उच्च शिक्षण संस्थानहरूमा अध्ययनरत प्रतिमा मण्डल, प्रणिता मानन्धर लगायत नेपाली छात्रा र छात्रहरूले एकपछि अर्को नृत्य प्रस्तुत गरे । प्रशिक्षा उलकको नेपाली नृत्यका साथै खास गरी सानी बालिका मिलान खरेलको ललित व्यायाम तथा रिजाल भाइ-बहिनी आन्तोन रिजाल तथा मार्गारिता रिजालद्वारा प्रस्तुत ज्युडोको खेल नै उपस्थित बालबालिका लगायत सबैको निम्ति आकर्षणको केन्द्र बन्न पुगेको थियो ।



अन्त्यमा नेपाली नारी निकुञ्जकी उपाध्यक्ष डा. विन्दिता लामिछानेले होली र नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका सहभागीहरू र उपस्थित महानुभावहरूप्रति हार्दिक आभारसहित शुभकामना व्यक्त गर्नुभयो ।


वसन्तको उत्सव अन्तर्राष्ट्रिय नारी दिवस र रङ्गको पर्व फागुपूर्णिमाको सन्दर्भमा सात्विक भोजको पनि आयोजना गरिएको थियो । सभाकक्षमा चाहिं नेपाली संगीत गुञ्जिरहेकै थियो...काकतालि पनि कस्तो पर्न गएको थियो भने फागुपूर्णिमाकै दिन सूर्यले पनि अबीरको लोलीझैं सौर्यआँधीको फोहरा पनि पृथ्वीतिर हुत्याइदिएर धरतीमा चुम्बकको लहर नै चलाइदिएको थियो भने होलीकै अवसरमा चीरदाहको स्मरण गराउन दिग्दाह उत्पन्न गरेर ध्रुवप्रदेशमाथिको आकाश नै लालिमायुक्त पारिदिएको थियो र त्यसको केही अंश मास्कोबाट पनि सूर्योदय र सूर्यास्तको वेला क्षितीजको खुला आकासमा देख्न सकिन्थ्यो... ।

फोटो सौजन्य : दिनेशमणि श्रेष्ठ

-Krishnaprakash Shrestha in Moscow

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.