Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजाति महासंघ जापानको तेस्रो अधिवेसन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Shyam Rana Magar   
Monday, 04 April 2011 18:40

आईचि, जापान- नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानको आईतबार आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

अधिवेशने जिग्मे शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा पासाङ्ग शेर्पा र उज्ज्वलधोज तुलाचन, महासचिवमा श्याम राना मगर, सचिवमा रमेश प्रधान, कोषाध्यक्षमा गोपाल शेरचन र सहकोषाध्यक्षमा अनिल तामाङ्ग चयन भएको छ भने कार्यसमितिका सदस्यहरु चयन गर्ने काम भईरहेको छ ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ टोकाई जापानका अध्यक्ष राजु राना मगर, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेचन, शेर्पा संघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा, नेपाल तामाङ्ग मैत्री समाज जापानका उपाध्यक्ष अमित लामा, लगायत टोकाई क्षेत्रमा क्रियाशिल विभिन्न एकलजातिय संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष के.बि. मगरले आफ्नो धारणा राख्नु भएको थियो ।

अधिवेसन सफल पार्न आएका सबैलाई समितिका कोषाध्यक्ष ज्ञान पुन मगरको स्वागत मन्तव्यपछि मन्चमा आशिन अतिथिले अधिवेसनको पूर्ण सफलताको कामना गर्दै श्भकामना मन्तव्य दिनुभएको थियो ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि मगरले विभिन्न राजनैतिक दलबाट आएका आदिवासी जनजातिका सभासदहरुले आफुखुशि काम गर्न नसकेको मुख्य मुख्य कारणहरुबारे प्रष्ट पार्नुभएको थियो ।

शुभकामना मन्तव्य पश्चात खुला सत्रको समापन अध्यक्ष सुर्य तामाङ्गले गर्नुभएको थिया भने संचालन महासचिव विरेन्द्र शेरचनले गर्नुभएको थियो ।

अधिवेसनको बन्दसत्रमा विभिन्न एकल जातिय संध संस्थाका प्रतिनिधिहरु रहेको थियो । आय व्यय विवरण कोषाध्यक्ष ज्ञान पुन मगर र वार्षिक प्रगति प्रतिवेदन महासचिव विरेन्द्र शेरचनले प्रस्तुत गर्नुभएको थियो ।

-Shyam Rana Magar in Japan

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?