Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dr. Rupak Shrestha   
Thursday, 01 September 2011 16:44

लण्डन- 'भाषा हाम्रो प्राण हो, देश हाम्रो ज्यान, जहाँ रहेपनि चिनाउने संस्कृति हो शान' भन्ने नाराकासाथ शुरु भएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दोश्रो अन्तरराष्ट्रिय सम्मेलन अगष्ट २६ देखि २८ सम्म लन्डनमा भब्य रुपले सम्पन्न भएको छ ।

INLS's 2nd International Literary Conference in London UK, 2011. Photo courtesy: Dr. Rupak

केन्द्रिय उपाध्यक्ष जयालक्ष्मी राई (बेलायत) को  प्रमुख संयोजकत्वमा भएको यस ऐतिहासिक कार्यक्रम केन्द्रिय पहिलो दिन बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई (बेल्जियम), हरिहर अर्याल (फ्रान्स) र नेपालबाट प्रा. गोविन्दराज भट्टराई, प्रा. सुषमा आचार्य, प्रदिप नेपाल 'संजय थापा', शर्मिला खड्का दाहाल, यज्ञ ढकाल, कर्ण थापा, अष्मिता भण्डारी, डम्बर गिरी, कमला ओली, बेलायत बाट जया राई, होम परिबाग, डा. रुपक श्रेष्ठ,  शशी थापा सुब्बा, राजिब रेग्मी 'माया क्यालेन्डर', केदार संकेत, कोमल मल्ल श्रेष्ठ, विकल आचार्य, खगेन्द्र पाठक, दिपक आचार्य, नारायण भट्टराईले आ-आफ्ना परिचय दिनुभएको थियो ।

गोपीकृष्ण प्रसाईंले कार्यक्रम चलाउने क्रममा उपस्थित साहित्यकार, समालोचक, पत्रकार तथा यस सम्मेलनको प्रमुख संयोजक तथा संयोजकहरुको थप परिचय दिनुभएको थियो ।

उक्त कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका अध्यक्ष होम नाथ सुबेदी (अमेरिका) ले अनेसासका बिस्तार र गतिबिधिबारे जानाकारी गराउनुभएको थियो ।

परिचय कार्यक्रमपछी उपस्थित साहित्यकारहरुले आ-आफ्ना रचना पाठ गर्नुभएको थियो ।

अगष्ट २७ तारिखका दिन बिहान ११ बजेदेखी ह्यारो बरो फुटबल क्लबको सभाहलमा अनेसासको दोश्रो अन्तर राष्ट्रिय साहित्य सम्मेलन औपचारिक रुपमा सुरु भयो ।

बिभिन्न देशबाट आउनुभएका साहित्यकार तथा साहित्यानुरागीहरुको सहभागिता रहेको सम्मेलन केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा श्रेया राईको मंगल धुन, पण्डित निलहरी घिमिरेद्वारा मन्त्रोच्चारणसहित बेलायतकोलागि नेपाली राजदूत महामहिम डा. सुरेश चन्द्र चालिसेद्वारा पानसमा दियो बालेर औपचारिक उद्घाटन भयो ।

लारा र शशी थापा सुब्बाद्वारा संचालित उक्त कार्यक्रममा संयोजक विकल आचार्यले स्वागत भाषण गर्नुभयो भने डा. रुपक श्रेष्ठले केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले पठाउनुभएको शुभकामना संदेश, गोपीकृष्ण प्रसाईंले साहित्यकार तथा सिक्किमका मुख्य मन्त्री पवन चामलिंग 'किरण' ले पठाउनुभएको शुभकामना संदेश, बरिष्ठ कबि बिश्वबिमोहन श्रेष्ठ (नेपाल), साझा प्रकाशन, हरि मानन्धर (ईजरायल), रोहिणी शर्मा (अमेरिका), दुबसु क्षेत्री (जापान), कुमार बस्नेत (जापान) ले पठाउनुभएको शुभकामना संदेश जया राई, शशी थापा सुब्बा र लाराले पढेर सुनाउनुभएको थियो भने पत्रकार डम्बर गिरीले पवन चामलिंगले सिक्किमबाट पठाउनुभएको साहित्यिक कोसेली हस्तान्तरण गर्नुभयो ।

एनआरएन यूकेका अध्यक्ष सुर्य गुरुङ तथा उपाध्यक्ष कुल आचार्य, प्राज्ञ सभाषद बिम्ब कबि रमेश श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि डा.चालिसे र प्रा. गोबिन्दराज भट्टराईले डा. रुपक श्रेष्ठको 'बिग बेन र समय' (कबिता संग्रह), विकल आचार्यको ' बेलायती आँगनमा गोर्खाली सुबास (नियात्रा), होमनाथ सुबेदीको 'डायस्पोराको डोरो' (कबिता संग्रह), शर्मिला खड्काको 'सिर्जना र सन्त्रास' (नियात्रा संग्रह), तथा साहित्यिक वेबसाइट केदार संकेतको साहित्यिक वेबसाईटको संयुक्त बिमोचन गर्नुभयो ।

उक्त क्रितिहरुमाथि समिक्षा गोपीकृष्ण प्रसाईं, होमनाथ सुबेदी, गोविन्दराज भट्टराई र सुषमा आचार्यले गर्नुभएको थियो । दोश्रो सत्रमा होमनाथ सुबेदी, प्रा. माईकल हट, सुषमा आचार्य, डा. रुपक श्रेष्ठ तथा गोपीकृष्ण प्रसाईं, रक्ष राईले नेपाली डायस्पोरा र साहित्य तथा बिभिन्न साहित्य विधामा आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो ।

मुकेश राई, देबेन्द्र खेरेस, कांगमांग नरेश, रमेश श्रेष्ठ, रुपक श्रेष्ठ, लारा, शशी सुब्बा थापा, नारायण गाउँले र थुप्रै कविहरुले गीत, गजल, कबिता पाठ गरे भने, बिबके श्रेष्ठको सुमधुर गित र सांस्कृतिक नृत्यले कार्यक्रम झनै रौनक बनेको थियो ।

तेश्रो दिनको समापन कार्यक्रम अनेसास बेलायत च्याप्टरका अध्यक्ष होम परिबागको सभापतित्वमा सम्पन्न भयो । बिभिन्न कबि तथा कबयित्रीहरुको कबिता, गीत, गज़ल र हाइकुहरु बाचन भएको उक्त सम्मेलनमा होमनाथ सुबेदी, कृष्ण बजगाईं, हरिहर अर्याल प्रा. शुषमा आचार्य, प्रा. गोविन्दराज भट्टराईले नेपाली डायस्पोराका साहित्यहरुलाई कसरी उठान गर्न सकिन्छ र त्यसमा साहित्यकारहरु, समालोचकहरू, समाजशाश्त्रीहरु, मानबशाश्त्रीहरुले, उद्योग व्यापारीहरुले आ-आफ्नो भूमिका खेल्न सक्छन् र ति सबैलाई साहित्यीक संस्थाहरुले कसरी समन्वय गरी नेपाली डायस्पोरालाई पूर्णता दिन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल भयो । सभापति होम परिबागले दोश्रो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै घोषणा पत्र जारी गर्नुभयो । उक्त कार्यक्रमलाई कुल आचार्य (होली काउ रेष्टुरेन्ट), सुरेन्द्र श्रेष्ठ (सो एशिया) महन्त श्रेष्ठ (मोन्टीज रेष्टुरेन्ट) उमेश रेग्मी (एलाइड फूड) ले खाना र पेयको प्रायोजन  गर्नुभएको थियो ।

-Dr. Rupak Shrestha in London, UK

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?