Inside

All Time Top 50 News

प्रबासबाट एमाले आदिबासी जनजाति नेताहरुद्वारा परित्यागको लहर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kejin Rai   
Friday, 27 July 2012 13:36

लोकतान्त्रिक मन्च स्पेनका उपाध्यक्ष हेम शेर्पाद्वारा राजिनामा
ब्रसेल्स, बेल्जियम- संघियताको सवालमा नेकपा एमालेको दोधारे तथा अस्पष्ट नीतिका कारण र षड्यन्त्रमुलक ढंगले संबिधान सभाको बिघटन गरिएपछि एमालेबाट बितृष्णा पैदा भई पार्टी परित्याग गर्ने क्रमले युरोपलाई पनि गाँजेको छ।



एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मन्च स्पेनका उपाध्यक्ष तथा शेर्पा संघ युरोपका महासचिब हेम शेर्पाले एक बिज्ञप्ती प्रकाशित गरी मंचको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाटसमेत राजिनामा दिएको बताएका छन्।

उनले "आफू आवद्ध राजनैतिक पार्टी ने.क.पा.(एमाले) भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्यो भन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाति महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले" भन्दै बिज्ञप्तीमा उल्लेख गरेका छन्।

एमाले भित्रका आदिबासी जनजाति नेताहरु आङकाजी शेर्पा, अशोक राई, पुथ्बी सुब्बा गुरुङ, राजेन्द्र श्रेष्ठ, रामचन्द्र झा, किरण गुरुङ, बिजय सुब्बा, रकम चेम्जोङ, हेमराज राई, अजम्बर काङमाङ, बिरबहादुर लामा, दलबहादुर राना मगरलगायतलाई गरिएको कारबाही र जिम्मेवारीबाट मुक्त गरिएपछि प्रबासमा रहेका जनजातिहरूसमेत आक्रोशित बनेको उदाहरण अहिले युरोपमा देखिएको छ ।

पार्टीको मेची अञ्चलको जिम्मेबारीबाट बिदा भएका डेण्डी शेर्पा, पार्टी हङकङ कमिटीबाट किसन राई लगायतले उही मुद्दाको कारण एमाले परित्याग गरिसकेकाछन्।

एमालेमा रहेका पूर्व संबिधान सभा सदस्य र आदिबासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले संबिधान सभा बिघटन लगतै एमालेबाट राजिनामा दिएका थिए।

उता एमाले प्रबास संगठन लोकतान्त्रिक मन्च पोर्चुगलको अधिबेशनमा नेपालबाट आएका अतिथी तथा पार्टी पोलिटब्यूरो सदस्यद्वय भिम रावल र प्रकाश ज्वालाको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलले बिरोध स्वरुप कालो झण्डा देखाइनु र पार्टीबाट राजिनामा आऊनुले एमाले यूरोपलाई अर्को झटका लागेको छ।

पोर्चुगलको घटना पश्चात नेताद्वयले जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्डलगायत यूरोपभर गर्ने भनिएको कार्यक्रमहरूको तालिका सार्बजनिक नगरिनु लोकतान्त्रिक मंच युरोपको संगठनमा ब्यापक त्रास उत्पन्न भएको आंकलन गर्न थलिएकोछ।

यसै सन्दर्भमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष तथा गैर आबासिय नेपाली संघ अन्तराष्ट्रीय समन्बय परिषद  आईसीसी  सदस्य पेम्बा गेल्बु शेर्पाले एमाले लगायतका राजनीतिक पार्टीहरूले जातीय पहिचान सहितको संघियता नस्वीकारेसम्म युरोपभर संघियता बिरोधी नेताहरूको आतिथ्यतामा कार्यक्रमहरू आयोजना गर्न चुनौतिपूर्ण बन्दै गएको बताए ।

अध्यक्ष शेर्पाकै शब्दहरू दोहोर्याउदै महासंघ बेलायतका महासचिब नरेश काङ्माङ राई, आदिबासी सयुक्त संघर्ष समिती जर्मनीका सयोजक चाप्चा राई, एनडीएफ स्पेनका उपाध्यक्ष हेम शेर्पा, महासंघ पोर्चुगलका पूर्व अध्यक्ष गणेश याखा लगायतले यस समाचारदातासँगको अनलाईन कुराकानीमा 'आदिबासी जनजातिको अभियान; जातिय पहिचान सहितको संघिय संबिधान' भन्ने हाम्रो चाहनालाई कुल्चने नेताहरूलाई अब पनि फुलमालाले स्वागत गर्न नसकिने बताए।

प्रेस विज्ञप्ति

गत जुलाई २२ तारिख, २०१२ आइतवारको दिन नेपाली लोकतान्त्रिक मंच, पोर्तुगलको दोश्रो अधिवेशनमा शेर्पा संघ, यूरोपको तर्फबाट मैले दिएको मन्तव्यमाथि विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारमाथि मेरो ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा बोल्ने क्रममा हामी आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताकोबारेमा सकारात्मक अभिव्यक्ति दिन खोज्ने मेरो भित्रि अभिप्राय हुदाहुदै पनि बोल्दै जाने क्रममा केहि शब्दहरु भूलवश: हामी आदिवासी जनजातिमाथि गहिरो चोट पर्ने प्रकृतिको भएको महसुस आफू स्वयंलाई भएको छ। मेरो उक्त गलत अभिव्यक्तिबाट सम्पूर्ण हाम्रो शेर्पा समुदायलगायत आम आदिवासी जनजाति समुदायको भावना र मर्ममाथि पर्न गएको गहिरो चोटप्रति आत्मालोचना गर्दै क्षमा प्रार्थी चाहन्छु र भविष्यमा यस्तो गल्ति मबाट कहिल्यै नदोहोरिने प्रतिबद्धता यही विज्ञप्तिमार्फत व्यक्त गर्न चाहन्छु।

आफू आवद्ध राजनैतिक पार्टी ने.क.पा.(एमाले) भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्योभन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाति महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले म यही विज्ञप्ति मार्फत ने.क.पा.(एमाले) को भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको मैले सम्हाल्दै आएको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा यही विज्ञप्ति मार्फत दिएको व्यहोरा यहाँहरु समक्ष अवगत गराउन चाहन्छु। साथै बिगतका दिनमा मैले हामी शेर्पा समुदायको विभिन्न संस्थाको जिम्मेवार पद तथा नेपाल आदिवासी जनजाति विध्यार्थी महासंघको संस्थापक महासचिवमासमेत रही लामो समयदेखि समस्त हाम्रो समुदायको हक, हित र अधिकार प्राप्तिकोलागि आफ्नो समय, श्रोत र विवेकले भ्याएसम्म योगदान दिंदै आएको थिएँ र आउदो दिनमा यो कार्यलाई निरन्तररुपमा अगाडी बढाई नै रहने छु भन्ने हार्दिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

अन्तमा, मेरो यो विज्ञप्ति यहाँहरुको लोकप्रिय संचार मध्यमहरुमा सम्प्रेषण गरिदिनु भै हामी आदिवासी जनजातितीहरुको मागलाई पूरा गराउने सवालमा सहयोग गरिदिनु हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु।

मिति: २६ जुलाई, २०१२

हेम शेर्पा
(महासचिव)
शेर्पा संघ, यूरोप

-Kejin Rai in Belgium

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.