Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ब्रुनाईमा किरात उधौली चाड मनाइयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishwa Deep Tigela   
Monday, 28 November 2011 14:38

ब्रुनाई- सेरिया ब्रुनाईमा रहेका किरात समुदायले आफ्नो मुख्य किरात उधौली चाड भब्यतापूर्वक मनाएकाछन्। ।



किरात समुदाय भित्र पर्ने राई, लिम्बु, सुनुवार र याख्खा जातिहरुले सामुहिक भेला भई आआफ्नो जातिको संस्कार अनुसार पुजा गर्ने तरिकाको बारे जानकारी गराउदै साकेला, च्याब्रुङ, डोकेनी नाच प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा च्याब्रुङ, साकेला नाच धित् मरुन्जेल नाचेका थिए भने किरातहरुको परम्परागत खानपीनको राम्रो ब्यवस्था थियो ।

यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर र याख्खाहरुले चासुवा भन्ने गर्दछन् । खोलाको माछा उधो लागेको समयमा मनाउने यस चाडलाई उधौली र पाकेको बाली देवीदेवता र पितृलाई चढाउने न्वागी पुजा पनि भन्ने गरिन्छ । यो चाड मंसिर पूर्णिमाको दिन बर्षमा एक पटक सबै किरातहरुले आआफ्नो विधि गरि मनाउने गर्दछन् । अन्नबालि भित्राएको र आकासमा पूर्ण आकारको रमाइलो चन्द्रमा उदाएको बेला मनाइने यस चाडलाई सुख र खुसिको चाडको रुपमा मनाइन्छ ।

उधौली चाड बु्रनाईमा भब्यता पूर्वक मनाइएको यो दोस्रो बर्ष हो । यस बर्षको कार्यक्रमका संयोजक क्याप्टेन काजीमान लिम्बु रहनु भएको थियो भने साकेला नाचको जिम्मेवारी डिल्लीशेर राई, च्याब्रुङ नाचको नेतृत्व लोक लिम्बु र डोकेनी नाचको अगुवाई सिरी जिमीले गर्नुभएको थियो । राई संस्कृतिको बारे किसन राई, सुनुवार संस्कृतिको बारेमा तरुण सुनुवार, लिम्बु संस्कृतिको बारेमा सान्त कुमार आङदेम्बे र याख्खा संस्कृतिको बारे नवराज जिमीले बोल्नु भएको थियो । ब्यवस्थापकीय कार्यमा जितेन्द्र चेम्जोङ, चन्द्र आङबुहाङ, तुलामान राई, मानबहादुर राई, दिपेन्द्र कन्दङवा, रविन लिम्बु, लक्ष्मी आङदेम्बे लगायत धेरै जनाको सामुहिक सक्रियता थियो ।



कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन गजेन्द्र देवानले यस चाडकोलागि आफ्नो तर्फबाट अझ ब्यवस्थित गर्न पहल गर्ने बताउनु भयो । सहभागि सबैलाई स्वागत तथा कार्यक्रम आयोजनाको औचित्यबारेमा विश्वास दीप तिगेलाले बोल्नु भएको थियो । कार्यक्रमलाई आकर्षक ढंगले भाषाभाषीको कविताहरुसहित महेश वनेमले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन बसेको समिक्षात्मक बैठकले सबै किरातहरुको गीत सगीत किरात डट अर्गमा राखि दिने जसले गर्दा संसारभरका किरातहरुले एकै ठाँउ प्राप्त गर्न सकोस भन्ने निर्णय गरियो साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै महानुभावहरुमा धन्यवाद ज्ञापन गरियो ।

-Bishwa Deep Tigela in Brunei

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?