Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हङकङमा लिम्बुवान महिला परिषद गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishnu Ingnam   
Thursday, 24 March 2011 14:42

काउलून, हङकङ- नेपालको नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरु ऐतिहासिक भूगोल भएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भातृसङ्गठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङको याउ मा तेइ काउलून हिन्सको सभाहलमा गठन भएको छ ।

Limbuwan women in Hong Kong. Photo: Bishnu

यही १३ मार्च २०११ आइतबारमा सम्पन्न भएको उक्त सभाले उर्मिला बेघाको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति गठन गरेको छ । उक्त सभामा प्रमुख अतिथिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, हङकङका अध्यक्ष तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद राज्य केन्द्रीय कार्य समितिका लिम्बुवान नेपालका पनि केन्द्रीय सदस्य नबराज काम्बाङ रहनुभएको थियो ।

कार्यक्रमका अन्य अतिथिहरुमा बगैंचा डटकमका फोटो पत्रकार हरि लावती र मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोक हुनुहुन्थ्यो । उक्त सभामा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका उपाध्यक्ष बिष्णु इङ्नामले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन परिषदकै सक्रिय सदस्य हरिषचन्द्र लावतीले गर्नुभएको थियो भने उर्मिला बेघाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त सभामा प्रमुख अतिथि नबराज काम्बाङले नेपालको लिम्बुवानमा भइरहेको आन्दोलनबारे जानकारी गराउँदै लिम्बुवान स्वायत्त राज्यका लागि हजारौं लिम्बुवान भोल्युण्टियर्स युवा-युवतीहरु वलिदानीपूर्ण रुपमा निर्णायक लिम्बुवान प्राप्तिको आन्दोलनमा होमिएको बचाउनु भयो । त्यसैगरी, प्रमुख अतिथि काम्बाङले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समितिले नेपाल लिम्बुवानको नौंवटै जिल्लाहरुमा ठूला-साना विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकिएको कुरा पनि जानकारी गराउनु भयो । परिषदले विभिन्न समयमा विभिन्न प्रकारले लिम्बुवानमा आन्दोलन जारिराखेको बताउँदै नेपाल र लिम्बुवानकैं आधाहिस्सा जनसङ्ख्या भएको लिम्बुवानवासी महिला दिदी-बहिनीहरु लिम्बुवानी आन्दोलनमा सक्रियरुपमा लागिरहनु भएको र हङकङमा रहनुभएका लिम्बुवानवासी महिला दिदी-बहिनीहरुलाई पनि नेपाल लिम्बुवानमा भइरहेको लिम्बुवान प्राप्ति आन्दोलनमा हङकङ प्रवासबाट भएपनि सकि्रयरुपमा सहयोग गरिदिन हुनसमेत अध्यक्ष काम्बाङले आग्रह गर्नुभयो । साथै, ऐतिहासिक लिम्बुवानको मुक्तिविना लिम्बुवानवासी महिलाहरुको हक-अधिकार सुनिश्चितता र मुक्ति नहुने कुरा पनि वहाँले जिकिर गर्नुभयो ।

उक्त कार्यक्रमका अतिथि बगैंचा डटकमका फोटोपत्रकार हरि लावतीले लिम्बुवान प्राप्तिकोलागि आफू प्रत्यक्ष वा अप्रत्यक्ष जुनै रुपमा पनि सहयोग गर्ने र गरिहेको कुरा व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का अतिथि मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोकले लिम्बुवान प्राप्तिकोलागि आफूले सक्रिरुपमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो । सोही दिन प्रमुख अतिथि नबराज काम्बाङद्धारा मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुहुने नवप्रवेशी कुमार तुम्बाहाङ्फे, बरध्वोज ओख्राबू, शंकर लावती लिम्बू, कुमारी हाङ्मा नेम्बाङ, यादुमाला मेन्याङ्बो र निशाहाङ्मा नेम्बाङलगायतलाई फुलमालाले स्वागत गरी सदस्यता बितरण गर्नुभएको थियो ।

संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङअन्तर्गत संघीय लिम्बुवान महिला परिषद हङकङ कार्य समितिको नवनिर्वाचित पदाधिकारीहमा अध्यक्ष उर्मिला बेघा, उपाध्यक्ष माया सेरेङ, सचिव कुमारीहाङ्मा नेम्बाङ, अर्थ-सचिव लिलिस कन्दङ्वा र सदस्यहरुमा यदुमाला मेन्याङ्बो, पोषकुमारी बरदेवा, निशा हाङ्मा नेम्बाङ, कला लिम्बू, भूमिका लिम्बू, भिमकुमारी लिम्बू, लीला लिम्बू, यसोदा राई, शशी लिम्बू, सविना तुम्बाहाङ्फे, शान्ति सुहाङ, कविता नेम्बाङ, भूमा लिम्बू र ध्रुवा काम्बाङ रहनुभएको छ ।

-Bishnu Ingnam in Hong Kong

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?