Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federation of Non-Resident Nepalese Magars [FNNRM Qatar]   
Wednesday, 08 June 2011 19:40

कतार- नेपाल प्रवासी मगर संघ दोहा कतार केन्द्रिय समितिको आयोजनामा गत जुन ३ तारिक मुन्ताजाहस्थित केरला आर्टस् एण्ड कल्चर्स सेन्टरको हलमा “भाषा, लिपि तथा सांगठनिक प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रिय अध्यक्ष देवबहादुर राना मगरको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि संघका प्रमुख सल्लाहकार छत्रबहादुर घले मगर, बिशेष अतिथि संस्थापक सदस्य नारायण राना मगर, अतिथिहरुमा दोहा एरिया समितिका अध्यक्ष रामबहादुर आले मगर, सनैयाँ–ए एरिया समितिका अध्यक्ष बिजयकुमार मगर, सनैयाँ–बी एरिया समितिका सचिव रामबहादुर पुन मगर तथा सहानियाँ एरिया समितिका अध्यक्ष लक्ष्मण राना मगर हुनुहुन्थ्यो।

आसन ग्रहणपछि सभापति तथा प्रमुख अतिथिबाट संयुक्तरुपमा व्यानर अनावरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियो। तत्पश्चात् नेपालका प्रथम शहीद लखन थापा मगरलगायत ज्ञात–अज्ञात शहीदहरुको श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौन धारण, अनि राष्ट्रको सम्मानमा राष्ट्रिय गान प्रस्तुत गरिएपछि कार्यक्रमलाई औपचारिकरुपमै अगाडि बढाउनेक्रममा उपस्थित सबैलाई केन्द्रिय उपाध्यक्ष प्रकाश आले मगरले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा संघका केन्द्रिय सचिव एवं “भाषा, लिपि अध्ययन तथा अनुसन्धान” बिभाग संयोजक भिम तरामु मगरले भाषा (बाह्र मगराँती / मगर ढुट) तथा लिपिबारे प्रशिक्षण दिनुभएको थियो भने संघका प्रमुख सल्लाहकार छत्रबहादुर घले मगरले साङ्गठनिक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरुले उत्सुकतापूर्वक सहभागिता जनाएका थिए।

अन्त्यमा उपस्थित सबैलाई धन्यबादसहित कार्यक्रम बिसर्जन गर्नेक्रममा सभापतिले आफ्नो मौलिकता भाषा–लिपिप्रति चासो राख्नेहरुकालागि यस कार्यक्रमले बिस्तृतरुपमा ज्ञान दिन नसकेपनि आफ्नै प्रयासमा सिक्दै जानको लागि आधार बनाईदिएको र सबैले यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो। मन्तव्यकैक्रममा उहाँले आफ्नो भाषा–लिपिको सही अध्ययनसँगै व्यवहारमा पनि प्रयोग गर्ने गरेमा मात्र यसको वास्तविक महत्व थाहा हुने बिचार सुनाउँदै हिजोका दिनमा राज्यसत्ताले अवलम्वन गरेको बिभेदकारी नीतिको परिणामस्वरुप आजका पिढींले आफ्नो भाषा–लिपि जान्ने-नजान्ने जेजस्तो स्थितीमा रहेतापनि अब भोलिका दिनमा भने मगर समुदायको प्रत्येक ईकाइ-ईकाइ तहमै अनिवार्य भाषा–लिपिको ज्ञान हुनुपर्ने र यसको ग्यारेण्टीको लागि अबको नयाँ संघीय नेपालमा नयाँ बन्ने संबिधानबाटै सुनिश्चित गरी आत्मनिर्णयको अधिकार सहित मगराँत स्वायत्त प्रदेश अनिवार्य हुनुपर्ने बताउनुभयो।

यसै प्रसङ्गलाई थप जोड्दै उहाँले आफ्नो हक–अधिकारको निम्ति संघर्षरत रहेको बेला मगरहरुको बढ्दो सक्रियता देखेर तर्सिएकाहरुले मगरएकतालाई भाँडेर क्षतबिक्षत बनाई कमजोर बनाउन भरमग्दुर लागिपरेको यसै परिप्रेक्ष्यमा मगर समुदायभित्रै पनि आफ्नो निजी स्वार्थसिद्ध गर्न केही गलत तत्वहरुबाट पुन थरलाई एउटा पृथक जातिको नाम दिएर मगर जातिलाई फुटाउने दुश्प्रयास भईरहेको बताउँदै आफुले दुईचार शब्द बोलेर टाठोबाठो बन्दै समाजमा लिडरशिप गर्नसक्छु भन्दैमा केवल भाषिक कमीको कारण आफुहरु अपहेलित भएको भन्ने तुच्छ आधार बनाएर आफ्नो जातियता प्रति नै गद्दार गर्न खोज्छन् भने त्यो नितान्त गलत सोँच हुने बताउँदै यस बिषयलाई अहिले नै गम्भिररुपमा नलिने हो भने यसले भविश्यमा पक्कै पनि भयङ्कर रुप लिन सक्नेछ र यस्ता गलत बिचारहरुबाट आम मगरहरु निकै सजग रहनुपर्ने बताउनुभयो। मगर संघको स्थापनाकालदेखि नै संगठित भई मगरहरुको हकहितको पक्षमा लड्न पुनहरुको पनि बिशेष योगदान रहेको तथ्य सुनाउँदै पुनहरु हिजो पनि मगर थिए, आज पनि मगर हुन् र भोलि पनि मगर रहनेछन् भन्दै पुनहरु मगर हैनन् भन्नेहरुले सिङ्गो मगर समुदायलाई त्यसको प्रमाण देखाउन सक्नुपर्छ भन्नुभयो। साथै उहाँले उपस्थित सबैलाई, बिशेष गरी पुनहरुलाई, यस्ता मगरबिरोधी गतिविधिहरुको सशक्त प्रतिकार गर्न अनुरोध गर्नुभयो।

कार्यक्रमलाई शुरुदेखि अन्त्यसम्म संघका केन्द्रिय महासचिव शरण थापा मगरले सञ्चालन गर्नुभएको थियो भने स्वयंसेवकको व्यवस्थापन केन्द्रिय कोषाध्यक्ष गिरी काउछा मगरले सम्हाल्नुभएको थियो।

Federation of Non-Resident Nepalese Magars [FNNRM Qatar]
नेपाल प्रवासी मगर संघ, दोहा कतार

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?