Inside

All Time Top 50 News

बेलायतको अश्फोर्ड, केन्टमा मारातिका रिन्पोछेद्वारा बुद्ध धर्म एबं मारातिका हलेसीबारे प्रवचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sherpa Association UK   
Friday, 21 September 2012 17:28

Special: 2 photos: अक्स्फोर्ड, केन्ट- खोटाङ जिल्लाको हलेसीमा अवस्थित मारातिका छ्यिमे ताकतेन छ्योलिङ गुम्बाका प्रमुख लामा धर्म गुरु ङवाङ जिग्द्रल छ्योकी वाङछुक रिन्पोछेद्वारा यूकेमा बसोबास गर्दै आएका बौद्ध धर्मवालाम्बीहरुलाई छेवाङ [Long Life Empowerment] को साथसाथै बुद्ध धर्म र मारातिका (हलेसी महादेवस्थान) कोबारेमा प्रवचन दिनु भयो ।

Maratika Gumba Rinpoche wanchhuk in UK. Photos courtesy: Sherpa Association UK

गत ९ सेप्टेम्बरको दिन बेलायतको अश्फोर्ड, केन्टको गोडीङटन भिलेज हलमा सम्पन्न उक्त समारोहको आयोजना शेर्पा संघ यूकेले गरेको थियो भने सो कर्यक्रममा तामाङ समाज र गुरुङ समाज अश्फोर्ड, केन्टको स्थानीयबासीहरुलगायत सयौको संग्ख्यामा शेर्पाहरु उपस्थित भएका थिए ।

धर्म गुरु मारातिका रिन्पोछे शेर्पा संघ यूकेको अध्यक्ष आङफुला शेर्पाको बिशेष निमन्त्रणलाई स्वीकार गरि पाल्नु भएको थियो ।

प्रवचन सुन्न एबं छेवाङ ग्रहण गर्न आएका सबै धर्मावलम्बीहरुकोलागि खानको प्रबन्ध शेर्पा संघ यूके उप-समिति अश्फोर्डका अध्यक्ष निमा शेर्पाको साथमा शेर्पा संघ यूकेको उपाध्यक्ष रिन्जी शेर्पाको नेतृत्वमा अश्फोर्ड, केन्टका स्थानीय शेर्पाहरुले गरेका थिए ।

प्रवेश शुल्क बच्चाहरुकोलागि £५ थियो भने अरु सबैकोलागि £१० निर्धारण गरिएको थियो । प्रवेश शुल्कबाट जम्मा भएको रकम पेय पदार्थ, हल र ध्वनि प्रणालीकोलागि खर्च गरिएको थियो भने बांकी रकम  £६५० (पाउण्ड) धर्म गुरु ङवाङ जिग्द्रल छ्योकी वाङछुक रिन्पोछेलाई कार्यक्रमको अन्त्यमा हस्तान्तरण गरिएको थियो । छेवाङ ग्रहण गर्न आएका सबैले आफ्नो इच्छानुसार मारातिका छ्यिमे तकतेन छ्योलिङ गुम्बामर्मत सम्भारकोलागि धर्म गुरु मारातिका रिन्पोछेलाई दक्षिणा स्वरूप चढाएका थिए । कर्यक्रम दिउँसोको १ बजेदेखि लगभग ६ बजेसम्म भएको थियो ।  

कुनै पनि जीव जन्तुको हत्या नगर्नु, कसैको चित्त नदुखाई सत्य बोल्नु र कुनै पनि कार्य गर्दा कसैलाई हानी नपुर्याउनु जस्ता कार्यहरु बौद्ध धर्मको मार्ग भएको कुरा धर्म गुरु मारातिका रिन्पोछेले प्रवचनको क्रममा बताउनु भएको थियो भने वहाँले मारातिका हलेसीको महत्वकोबारेमा चर्चा गर्दै सम्भव भए सबैलाई भ्रमण गर्नकोलागि आवाहन गर्नु भएको थियो | हाल रिन्पोछे मारातिका हलेसी महादेवस्थानको संरक्षण गर्न र व्यवस्थित पार्नकोलागि प्रचार प्रसार गर्न युरोप भ्रमणमा हुनु हुन्छ ।

Maratika Gumba Rinpoche wanchhuk in UK. Photos courtesy: Sherpa Association UK

मारातिका/हलेसी महादेवस्थान खोटाङ, नेपाल

मारातिका जसलाई हलेसी महादेवस्थानको नामबाट पनि चिनिन्छ जहाँ गुरु पद्मासम्भव र प्रिनसेस मन्दरावाले ध्यान, तपस्या गरि सिद्धि प्राप्त गरेको स्थलकोरुपमा प्रख्यात छ । मारातिका पूर्वी नेपालको सगरमाथा अंचलमा खोटाङ जिल्लाको हलेसी भन्ने ठाँउमा अवस्थित छ । मारातिका दर्शन गर्नकोलागि देश विदेशबाट हजारौ बौद्ध धर्मवालाम्बीहरु आउने गर्दाछन् । मारातिका बौद्ध धर्ममा विश्वास गर्नेहरुकोलागि मात्र नभएर हिन्दु र किराँतीहरुकोलागि पनि उत्तिकै महत्वपूर्ण तिर्थस्थलकोरुपमा रहेको छ । मारातिका गुफा (महादेव गुफा), बसाहा गुफा, भैरवनाथ गुफा, ककनी गुफा, कलिकानाथ गुफा लगायत अन्य साना ठुला महत्वपुर्ण गुफाहरु मारातिका परिसरमा रहेको छ ।

बौद्ध धर्मावलम्बीहरुकोलागि बिशेष रुपमा (१) लामो जीवनकोलागि ड्रूपछेन- ७  दिन, (२) कुसुङ थुक्थिक ड्रूपछेन- ७ दिन र (३) मणी रिम्डू (देशेक कुन्म्डू) ड्रूपछेन- ७ दिन गरि जम्मा ३ प्रमुख समारोह रहेको छ ।

धेरै टाढा टाढाबाट विभिन्न चाड, पर्व अनि समारोहमा बौद्ध, हिन्दु र किराँती धर्मका अनुयायीहरु आउने गर्दछन्। केहि वर्ष अगाडीसम्म मारातिका पुग्नकोलागि हवाई मार्गको मात्र सुबिधा थियो भने अहिले आएर मोटर बाटोसमेत पुगेको छ । उदयपुर जिल्लाको कटारी, घुर्मीदेखि मारातिका (हलेसी महादेवस्थान) सम्म पक्कि बाटोको निर्माण भैसकेको छ । एयरपोर्टदेखि मारातिका पुग्नकोलागि पनि स्थानीय गाडीको व्यवस्था छ ।

मारातिका छ्यिमे ताकतेन छ्योलिङ गुम्बा

मारातिका गुम्बाको निर्माण वर्तमान मारातिका रिन्पोछेको स्वा. पिता लामा ङवाङ छोपेल ग्याछो रिन्पोछेले गर्नु भएको थियो । लामा ङवाङ छोपेल ग्याछो रिन्पोछे सोलुखुम्बु, नेपालको सलाका शेर्पा परिवारमा जन्मिनु भएको थियो वहाँले His Holiness Kyabje Trulshik Rinpoche र His Holiness the Dalai Lama जस्ता प्रख्यात गुरुहरुबाट बुद्ध धर्म सम्बन्धि ज्ञान प्राप्त गर्नु भएको थियो । रिन्पोछेको स्वर्गारोहण पछि अबताररुपमा जन्मिनु भएको टुल्कु ङवाङ तेन्जीन छ्योग्याल रिन्पोछे हाल भारतको देहरादुनस्थित मेनड्रोलिङ गुम्बामा बौद्ध धर्म सम्बन्धि अध्यान गरि रहनु भएको छ । वर्तमान मारातिका रिन्पोछे मारातिका गुम्बाको प्रचार प्रसार एबं व्यवस्थापनकोलागि विभिन्न पश्चिमी देशहरुमा बौद्ध धर्म र मारातिका सम्वन्धि प्रवचन दिन भ्रमण गरि रहनु भएको छ । मारातिका रिन्पोछे विभिन्न भाषामा प्रवचन दिन सक्षम हुनु हुन्छ ।

-Ngawang Yonten Gyatso SHERPA
General Secretary
Sherpa Association UK
www.uksherpa.org

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.