Inside

All Time Top 50 News

"मिस फ्रुट बेल्जियम-२०१३" को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल नेपालकी छोरी फुर्वा लामा शेर्पालाई अनलाइन मत हालेर जिताउने होइन? PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Kejin Rai   
Thursday, 04 April 2013 02:52

Exclusive:: 2 photos: ब्रसेल्स, बेल्जियम- नेपाल र नेपालीकै गौरब बढाउदै प्रतिभाशाली नेपालकी छोरी फुर्वा लामा शेर्पा "मिस फ्रुट बेल्जियम-२०१३" को फाईनल चरणको प्रतिस्पर्धामा पुग्न सफल भएकीछिन् ।


 

Miss Fruit Belgium 2013 contestant Phurba Lama Sherpa. Photos courtesy: Missitems.be & Phurba's fb profile photo

यूरोपको राजधानी मानिने बेल्जियमस्थित राष्ट्रीयस्तरको सोन्दर्य प्रतियोगिता आयोजना गर्ने संस्था मिस आईटम्सले हरेक बर्ष आयोजना गर्ने बिभिन्न बिधा अन्तर्गतको एक हो - "मिस फ्रुट बेल्जियम २०१३" उपाधीको सुन्दरी र सोन्दर्यता प्रतियोगिता।

अन्दाजी ८-९ हजारको संख्यामा नेपाली बसोबास गर्ने सानो र सुन्दर तथा यूरोपेली समुदायकै आकर्षक गन्तब्य मुलुक बेल्जियममा अघिल्लो चरणको ६ प्रतिस्पर्धीलाई उछिन्दै फुर्बा लामा शेर्पा फाईनल चरणमा प्रबेश गर्ने एकमात्र नेपालकी छोरी हुन् । तसर्थ बेल्जियमका नयाँ युबापुस्ताले फुर्बालाई निकै उत्साह र कौतुहलताका हेरेका छन् भने नेपाली भएकै कारण पनि बेल्जियमभरका त्यो पुस्ताले नेपाल र नेपालीबारे झनै चासो राखेको पाईएको छ।

क्याथोलिक बिद्यालय लुभेनका बिद्यार्थी केयमन कुनले यस समाचारदातासंग लुभेन सेन्ट्रुममा अगाडी सोधे- "तपाईं नेपाली हो ? मिस फ्रुट बेल्जियममा फाइनलमा रहेकी फुर्बा लामालाई चिन्नु हुन्छ ? नेपाल भन्ने देश कहाँ छ ? कस्तो छ ?" आदि आदि...।" यो प्रश्नको सामान्य उत्तर नदिदै म आफै नेपाली भएकोले छाती फुलेर आयो, उनको कुरा सुनेर गर्ब महसुस र गदगद हुँदै आफ्नो बाटो लागियो; कारण उनै नेपालकी छोरी फुर्बा थिईन् ।

रामेछापको गुम्देल पुर्ख्यौली घर भएकी फुर्बाको बुवा सोनाम शेर्पा बेल्जियममा रहेको एक नामुद ब्यापारी र समाजसेवी हुन् भने आमा र अन्य दिदिबहिनीकासाथ लुभेनमा बस्ने फुर्बा केसेल्लोस्थित सेन्ट जोसेफ उच्छ बिद्यालयमा ११ कक्षामा अध्ययनरत छिन् ।

१७ बर्षकी फुर्बा ६ बर्ष अघी मात्र नेपालबाट बेल्जियम प्रबेश गरेकी हुन् तसर्थ हामीले सजिलै अनुमान गर्न सकिन्छकी छोटो समयको अन्तरालमा नै भाषामा पोख्त भएर पुरै बेल्जियमको राष्ट्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्नु र फाईनल चरणमा पुग्नु लुकेर बसेको प्रतिभा प्रष्फुटन हुने ठाउँ पाउनु पनि हो ।

यस समाचारदातासँग फोनमा कुरा गर्दै नेपाली प्रतिभा फुर्बा लामा शेर्पाले भनिन्- "नेपाल र नेपाली कै इज्ज्यत बढाउन लागि परेको छु, भाग्यमै सबै कुरा निर्भर हुन्छ । नेपालबाट आएर निकै मेहेनत गरेकीछु, म आफ्नो उदेश्यमा सफल भएको खण्डमा नेपालमा रहनुभएका असहाय र दुखी ब्रुद्धा तथा, अनाथ बाल-बालिकालाई हेरचाह र सहयोग गर्ने मन भित्र कै चाहना छ । यसकोलागि नेपाल नै फर्कन तयार छु कालान्तरमा ।"

फुर्बाले अगाडी आग्रह गरिन- "समग्रमा मैले सफलता र जित हासिल गर्नु समग्र नेपाल र नेपाली कै नाम उचाईमा पुर्‍याउनु हो । त्यसको निम्ती मैले निकै मेहेनत गरेकी छु, अब अनलाईन भोटिङ भने संसारभर रहनु भएका नेपालीहरूको हातमा निर्भर रहेको छ । तसर्थ नेपालको नाम चिनाउन सबैले मलाई मत दिनु होस् ।"

मिस नेपाल जस्तै आयोजना हुने यो प्रतियोगिता गत सालको सेप्टेम्बर महिनाबाट प्रारम्भ भएको र प्रतियोगिताको बिभिन्न चरण पार गर्दै ८ माहिनापछि आगामी अप्रिल १४ मा सकिदै छ भने अनलाईन मत १० अप्रिलसम्म मात्र दिन सकिनेछ ।

आफ्नो करियर बनिसकेपछि समाजसेवा गर्ने तिब्र आकाङ्क्षा बोकेकी फुर्बाको जित नेपाल र नेपाली कै शान हुनेछ तसर्थ आफ्नो मूल्यवान भोट दिएर बिजयी बनाऔं; नेपालीको शीर उच्च बनाऔं ।

भोट दिने तरिका :

PLEASE VOTE for Phurba Lama at:
www.missitems.be
Only 1 vote per pc
You can vote from wherever you're.
Under POLLS
Click on Miss Fruit Belgium 2013
Type your Name and E-mail
You will see the photo's of the contestants.
Click on contestant number 9 Phurba Lama
Click on "STEM"

-Kejin Rai in Belgium

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.