Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल-रसिया आर्थिक विस्तारकालागि नेपाली निजी क्षेत्रको प्रयास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Wednesday, 27 July 2011 23:10

काठमाडौ- नेपाल उद्योग वाणिज्य महासंघ र रुसी महासंघको उद्योग वाणिज्य संघ (Chamber of Commerce and Industry of Russian Federation-RFCCI) बीच दुई देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारकालागि आपसी सहकार्य गर्ने उद्देश्यले मास्कोमा एक सम्झौतापत्र (MOU) मा हस्ताक्षर भएको छ ।



उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवको समुपस्थितिमा रसियाको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलका नेता एवं महासंघका अध्यक्ष सुरज वैद्य र रसिया उद्योग वाणिज्य संघका अध्यक्ष एस कतारिनले हिजो एक कार्यक्रम बीच सहकार्यको संम्झौता (Agreement on Cooperation) हस्ताक्षर गर्नुभयो ।

संम्झौतामा दुई देश बीचको आर्थिक व्यावसायिक सम्भाव्यताका विषयलाई पहिचान गरी आपसी सहकार्यका माध्यमबाट अगाडी बढाउने पहिचान भएका सम्भाव्य क्षेत्रहरुमा एक अर्का देशका उद्योग प्रतिष्ठान र व्यवसायीहरुलाई आपसी सम्झौताका माध्यमबाट नजिकमा ल्याएर कार्य गर्न प्रोत्साहित गर्ने आर्थिक सहयोग तथा व्यावसायिक आदान प्रदानका हितमा कार्य गर्ने यसका लागि सूचनाको आदान प्रदान वजार पहिचान नीति तथा कानून वैदेशिक व्यापार उत्पादन निर्यात तथा लगानीसँग सम्बन्धी प्रकाशन एवं सूचनाहरुको आदान प्रदान जस्ता विषयहरु समेटिएका छन् ।

संझौतापत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले दुवै महासंघ बीचको सहमती एक महत्वपूर्ण उपलव्धी भएको जनाउँदै सहमतीपत्रको भावनालाई यथार्थमा लैजान महासंघले आफनो समकक्षी रसिया उवासंघ निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । अध्यक्ष वैद्यले दुवै देश बीचको आर्थिक सम्बन्धलाई नयां युगमा लैजान यो सहमती कोशेढुंगा हुने विश्वाससमेत प्रकट गर्नुभयो ।

रसियन उवासंघका अध्यक्ष एस कतारिनले नेपाल उद्योग वाणिज्य महासंघसंग आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्न प्राप्त भएको यो सफलतालाई आफ्नो संस्थाले ऐतिहासिक उपलव्धीको रुपमा लिएको बताउनु भयो । अध्यक्ष एस कतारिनले दुवै संस्था बीचको सहमतीलाई आपसी सम्बन्ध विस्तारका माध्यमबाट आर्थिक सहकार्यलाई अगाडी बढाउने महत्वपूर्ण प्रयासको संज्ञा दिनुभयो ।

संझौतापत्रमा हस्ताक्षर पश्चात भएको वार्तामा एक संयूक्त कार्यदल गठन गर्ने आगामी दिनमा रुसी व्यवसायीक प्रतिनिधी मण्डलले नेपाल भ्रमण गरी नेपालमा रुसी लगानीका संम्भावना पहिचान गर्ने कुरामा सहमति भएको छ । अध्यक्ष वैद्यले गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको समापन सत्रमा पनि भाग लिनु भयो ।

यसअघि पनि महासंघका अध्यक्ष वैद्यको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल असार २० गतेदेखि साता व्यापी रसियाको भ्रमण गरेको थियो । भ्रमणका क्रममा महासंघको उच्चस्तरीय प्रतिनिधिमण्डलले रसियाको संसदमा उप-सभामुख डा. दिमित्री याजेभ (Dr. Dimitri Yazev, Deputy Speaker State Duma, the Russian Parliament) रुसी महासंघको उद्योग वाणिज्य संघका पदाधिकारीहरु समक्ष भेटगरि नेपाल रसियाबीचको आर्थिक व्यवसाय लगानी विस्तारका सम्भाव्यता विषयमा भेटवार्ता गरेको थियो । सोही भ्रमणको प्रतिफलकारुपमा निजी क्षेत्रका यी संस्थाबीच संझौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रको हस्ताक्षँरको समारोहमा रुसकालागि नेपाली राजदूत सूर्य किरण गुरुङ्ग, महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो र उपाध्यक्षँ जीवा लामिछानेलगायत नेपालबाट गएको महासंघको प्रतिनिधिमण्डल एवं गैरआवासीय नेपाली संघका सदस्यहरुको समुपस्थिति थियो ।

मितिः २०६८/४/१०

नेपाल उद्योग वाणिज्य महासंघ
Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?