Inside

All Time Top 50 News

अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिको माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Thursday, 07 June 2012 17:48

साउदी अरेबिया- अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले एक प्रेस-बिज्ञप्ती जारी गरी स्व. धनबहादुर थनेत थारुलगायत अन्य घाइते आन्दोलनकारीहरूमाथि गोली ठोक्न आदेश दिने र गोली ठोक्ने ब्यक्तिलाई सरकारले अबिलम्ब बर्खास्त गरिनु पर्ने माग गर्दै स्व. थारुलाई शहीद घोषणा गर्नु पर्ने उनका दुई बाल बच्चाहरूलाई कम्तीमा स्नातक तहसम्म नि: शुल्क अध्ययन अध्यापन गराउन सरकारसंग माग गरेकोछ।

पढ्नुहोस् अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिको प्रेस-वक्तव्यको पूर्ण पाठ:


अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिको

प्रेस-बिज्ञप्ती

०७ जून, २०१२

०६ जुन २०१२, प्रेस बिज्ञप्ती एकात्मकबादबाट माथि उठी सबै बर्ग, भाषा भाषी र धर्मावलम्बीहरूको समान अधिकारकोलागि प्रजातान्त्रिक मुल्य र मान्यताअनुसार शान्तिपुर्बक आन्दोलन गर्दा हिजोको निरंकुश शासकहरूले जस्तै आदिवासी जनजाति आन्दोलनका महान योद्धा धनबहादुर थनेत थारु माथि गोली ठोकी सक्त घाइते बनाइएको थियो र हिजो मंगलवार राती वहाँको निधन हुन पुग्यो । वहाँ लगायत नेपाल प्रहरी कै गोलीले आन्दोलनकारीहरूमाथि यसरी निर्ममता पुर्ण तरिकाले गम्भीर घाइते बनाइएका महेन्द्र आलेमगर, विशाल चौधरी थारु र तारा थनैत थारु अहिलेसम्म अस्पतालमा उपचार मै हुनु हुन्छ ।

प्रजातान्त्रिक पद्धती र ब्यबस्था भएको मुलुकमा अधिकारको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दा यसरी सरकार पक्षबाट नै हिंसात्मक तरिकाले बन्दुक तेर्स्याइ आदिवासी जनजाति आदोलनकारीहरूको निर्ममता पुर्बक हत्या गरिन्छ भने हामी मुलुकको डेढ करोड आदिवासी जनजातिहरूले पनि हाम्रो अधिकार प्राप्तीको लागि भोलिका दिनहरुमा जस्तो किसिमको कडम चाल्न यो घटनाले प्रेरित गरेको र वाध्य पारिएको छ । यो दुखद घटनाप्रति हामी विश्वको बिभिन्न राष्ट्रमा रहने लाखौं नेपाली आदिवासी जनजातिहरूले अती नै दुस्ख ब्यक्त गरेका छौ र सरकारको यो हिंसात्मक व्यबहारप्रति घोर आपत्ति, निन्दा र खेद प्रकट गर्दछौं । स्व. धनबहादुर थनेत थारुको मृत आत्माको चिर शान्तिको कामना गर्दै वहाँको परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं ।

साथै आदिवासी जनजाति आन्दोलनमा प्रहरीको गोली लागि सक्त घाइते भै उपचारार्थ आदिवासी जनजाति आन्दोलनका महान योद्धाहरूको सिघ्र स्वास्थ्यको कामना गर्दछौं । यसै बिज्ञप्ती मार्फत यो पनि अबगत गर्दछौं की स्व. धनबहादुर थनेत थारु लगायत अन्य घाइते आन्दोलनकारीहरू माथि गोली ठोक्न आदेश दिने ब्यक्ति र स्वयम गोली ठोक्ने ब्यक्तिलाई सरकारले अबिलम्ब बर्खास्त गरिनु पर्ने, स्व. धनबहादुर थनेत थारुलाई सहिद घोषणा गरिनु पर्ने, वहाँको दुई बाल बच्चाहरूलाई कम्तीमा स्नातक तहसम्म निशुल्क अध्ययन अध्यापन गराउनु पर्ने र वहाँको परिवारलाई क्षति पुर्ती बापत राहत रकम उपलब्ध गरिनु पर्ने हामी विश्वको १५ राष्ट्रहरुमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघको संयुक्तरुपमा गठित अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जोडदारकासाथ यी मागहरू राखेका छौं ।

१. श्री हुम सुनारी मगर, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया
२. श्री थर्क रानामगर, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, बेलायत
३. श्री शिव राई, अध्यक्ष, नेपाल जनजाति महासंघ अमेरिका
४. श्रीमती सङगिनी रानामगर, अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका
५. श्री पर्शुराम राई, अध्यक्षस् नेपाली जनजाति समाज, क्यानाडा
६. श्री सेक राज सुनुवार, अध्यक्ष, नेपाल जनजाति समाज,जर्मनी
७. श्री रेशम राज घले अध्यक्ष, नेपाली आदिवासी जनजाति एकता समाज, अष्ट्रीया
८. श्री ध्रुव भट्टचन, अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ जापान
९. श्री पासाङ शेर्पा, महासचिब, नेपाल आदिबासी जनजाति महासंघ जापान
१०. श्री मानबहादुर साँवा लिम्बू, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, कतार
११. श्री गिरमान थापामगर,अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ, युएइ
१२. श्री एम बी (दर्लामी) थापामगर, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, हङकङ
१३. श्री गणेश तामाङ्, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रेलिया
१४. श्री तेन्जिङ शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, कोरिया
१५. श्री विश्वासदीप तिगेला, अध्यक्ष, प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई तथा संविधान विषयक पुस्तक 'निष्पक्ष संविधानः समृद्ध राष्ट्र' पुस्तकका लेखक

हुम सुनारी मगर
संयोजक,
अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.