Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विदेशमा रहेका नेपालीहरुलेपनि अब मतदानको अधिकार पाउने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 28 April 2011 02:44

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलेपनि अब मतदानको अधिकार पाउने भएका छन् । तर मतदानकालागि भने उनीहरु आफ्नो जिल्लामा नै आउनुपर्नेछ ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई पनि फोटोसहितको मतदाता परिचयपत्र उपलव्ध गराउने निर्णय गरेको छ ।

आयोग कार्यवाहक प्रमुख निलकण्ठ उप्रतीले फोटोसहितको मतदाता नामावली संकलनकालागि सम्भाव्यता अध्ययन र प्राविधिक तयारीको काम भइरहेको बताएका छन् । आयोगले वैशाख महिना भरी आन्तरिक तयारी गरेर जेठबाट काम थाल्ने भएको छ ।

'प्रत्येक नेपालीको मतदानमा भाग लिन पाउने अधिकारको आयोग सम्मान गर्छ' उनले भने 'यसैकालागि हामीले नयाँ ब्यबस्था गर्न लागेका हौं।'

आयोगले फोटोसहितको मतदाता परिचयपत्रकालागि नेपाली नागरिकता अनिवार्य हुने स्पष्ट गरेको छ ।

आयोगले पहिलो चरणमा यूएई, साउदी अरव, मलेसिया र कतारबाट काम सुरु गर्नेछ । आयोगका प्रवक्ता राजेन्द्र शर्माको भनाई छ- 'मततदानकालागि भने सम्वन्धित तोकिएको जिल्लाको निर्वाचन क्षेत्रमै जानुपर्नेछ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?