Inside

All Time Top 50 News

जर्मनीको बर्लिन सडक महोत्सब प्रतियोगितामा नेपाली समूहले पांचौ स्थान प्राप्त गर्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nab Raj Roshyara   
Monday, 16 June 2014 11:15

Special: 6 photos: बर्लिन, जर्मनी- जर्मनीको राजधानी बर्लिनमा सम्पन्न 'कार्नेभाल डेर कुल्टुर' नामक साँस्कृतिक सडक महोत्सवमा नेपाली समूहले पांचौ स्थान प्राप्त गर्न सफल भएको छ।

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

जुन ८ तारिख आयोजित उक्त महोत्सबमा सहभागि मध्येका ७५ वटा देश उछिनेर नेपालले यसपाली आफुलाई पांचौ स्थानमा पार्न सफल भएको छ।

महोत्सव चलिरहेको सडकमा दिउशो भरिनै नेपाली कलालाई प्रवर्धन गर्नकोलागि आंखि झ्याललगायतका बिभिन्न नेपाली झ्याल र काठका मूर्तिहरु राखेर नेपाल घरकोरुपमा सजाइएको एक ट्रक  बिस्तारै सडकमा गुडीरहेको देखिन्थ्यो भने ट्रको अघि पछि नेपाली टोलीले आ-आफ्नो प्रस्तुती गरिरहेका थिए। ट्रक भित्र अन्य देवी देवताकोसाथै बुध्दको मुर्ती राखेर सजाईएको थियो। सडक महोत्सवमा जर्मनी भरीवाट सात लाखभन्दा बढी मानिसहरुको सहभागिता थियो।

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

गत वर्ष आयोजना गरिएको कार्नेभाल डेर कुल्टुर कार्यक्रममा हिन्दु र वौध्द धर्म तथा नेपाली संस्कृती झल्काउने गाईजात्रा र नेपाली नृत्यहरुको प्रस्तुतीमा नेपाली टोलीले दशौ स्थान प्राप्त गरेको थियो। यसपाली पाचौं स्थान प्राप्त गर्न सफल भएकोमा आयोजकहरु निकै खुशि देखिन्छन्।

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

हरेक देशका सहभागिहरुले आ-आफ्नो संस्कृती, संगित, भेष भुषा, रहनसहन र समग्र समाजलाई कुनैनकुनैरुपमा समेटी प्रस्तुती गर्नुपर्ने चलनअनुसार यसपालीको कार्नेभाल डेर कुल्टुर महोत्सवमा नेपालको तर्फवाट 'युनिटी इन डाइभर्सिटी अफ नेपाल' अर्थात 'नेपालको बिभिधतामा एकता' शिर्षक राखेर आ-आफ्नो प्रस्तुती गरिएको थियो। नेपाली प्रस्तुतीकालागि कार्यक्रम संयोजक रहेका युनिभर्सिटी अफ बर्लिनमा मेडीसिन अध्ययन गरिरहेका बिज्ञान महत भन्छन्- 'नेपालको भौगोलिक र साँस्कृतिक बिविधतालाई बिश्व सामु चिनाउनु र नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न किसमका साँस्कृतिक हेरिटेज यात्राकोरुपमा पर्यटन गर्न सकिन्छ भनेर बिदेशीहरुलाई जानकारी दिनु हाम्रो प्रस्तुतीको प्रमुख उध्येश्य थियो। साथै बिभिन्न जात जाति र समुदायहरुकावीचमा एकता र अपसी सदभाग रहदै आएको हाम्रो नेपाली समाजको पुर्नसंरचना गर्दा समानताका आधारमा एकता कायम राखिराख्न निकै आवश्यक छ भन्ने सन्देश दिनु पनि हाम्रो प्रस्तुतीको अर्को उध्येश्य थियो।'

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

गत वर्ष र यसपालीको प्रस्तुतीको कोरियोग्राफी तयार पार्ने लुजना श्रेष्ठ भन्छिन्- 'नेपालका बिभिन्न क्षेत्रका बिभिन्न संस्कृतीहरुः हिमालमा शेर्पा, थकाली, गुरुड०, पहाडमा दलित, क्षेत्री, ब्राह्मण, राई, लिम्वु, तामाड०, मगर र मिथिला, भोजपुरी, थारुलगायतका जात जातिहरु रहेको तराइ अनि नेवारहरु रहेको काठमाण्डौ उपत्यका सवैको प्रतिनिधित्व गरेर हामीले नेपाली सामुहिकता र बिबिधतामा एकताको सांकेतिक प्रस्तुती गरेका हौं।'

बर्लिनको मौसमले कार्यक्रमको दिनमा ३० डीग्री तापक्रम कायम गरेर रिकर्ड नै कायम गरेको भएपनि त्यस्तो टन्टलापुर घामको समेत ख्याल नगरेर नेपाली सहभागिहरुले दिनभरी सडकमा सक्रियताकासाथ आ-आफ्नो प्रस्तुती जारी राखेका थिए।

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

आयोजक कमिटीका अर्का सदश्य तथा एनआरएनए बर्लीन च्याप्टरका सचिव राजेश सुनारकाअनुसार प्रस्तुतीको तयारी गर्नकोलागि मुख्य टोलीलाई दशै, तीहार, देविदेवता हिमाली, पहाडी, तराई, बिविधता र भोलुन्टेयरर्स नामका आठओटा सह-टोलीमा बिभाजित गरेर आ आ-आफ्नो कामको जिम्मा दिईएको थियो। देवि देवताको प्रस्तुतीकालागि काली, भैरव, लक्क्ष्मी, नेपालीकि जीति देवी अर्थात कुमारी, लाखे र जोगीकोरुप धारण गरेर प्रस्तुती गरिएको थियो भने हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्नेहरुले क्षेत्र अनुसारको पहिरनमा आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए । नेपाली बिभिधताको सांकेतिक प्रस्तुतीकालागि सवै जात जाति समुदाय र धर्मअनुसारका भेस भुषामा सजिएका नेपालीहरुको गोलाकार बनाएर बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो।

Nepalese participated at Carnival of Cultures in Berlin, Germany on June 8, 2014. Photos courtesy: Nab Raj Roshyara

कार्यक्रम तयारीकोलागि नेपाली दुतावास वर्लिन र एनआरएन जर्मनीले प्रतक्षरुपमा सहयोगीको भुमिका खेलेका थिए। कार्यक्रमका सवै सहभागिहरु दौरा सुरुवाल, धोती, फरिया, चोली, बख्खु आदी बिभिन्न थरि पोसाकमा उपस्थित थिए र उनीहरु सवैको एउटै सन्देश 'हामी सवै नेपाली नै हौं' भन्ने थियो।

Nab Raj Roshyara in Germany

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.