Inside

All Time Top 50 News

बेलायतमा साहित्यकार दम्पती नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंलाई सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Komal Shrestha Malla   
Friday, 22 August 2014 11:22

Special: 3 photos: लन्डन- बेलायतस्थित नेपाली साहित्यकारहरूद्वारा बेलायत भ्रमणमा रहेका वरिष्ठ साहित्यकार दम्पती नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंलाई भव्य सम्मान अभिनन्दन गरिएको छ ।

Nepalese prominent authors Narendraj Prasai and Indira Prasai were honored in UK on August 21, 2014. Photos courtesy: Komal Shrestha Malla

नेपाली साहित्य विकास परिषद् यूके र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति बेलायतद्वारा अगस्ट २१ तारिख स्थानिय वएम्ली रेष्टुरेन्टको समारोह हलमा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले साहित्यकार दम्पतीलाई स्वर्ण सम्मान पत्रद्वारा सम्मान अभिनन्दन गरेका थिए ।

सो अबसरमा राजदूत क्षेत्रीले नेपाली भाषा साहित्य र संस्कृतिको महारथ नै हाँकीरहनु भएका साहित्यकार दम्पती प्रसाईंलाई बेलायतमा सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

Nepalese prominent authors Narendraj Prasai and Indira Prasai were honored in UK on August 21, 2014. Photos courtesy: Komal Shrestha Malla

समारोहमा विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रमुख तथा पदाधिकारीहरूद्वारा साहित्यकार दम्पती प्रसाईंलाई खादा, पुष्पगुच्चा तथा टोकन अफ लभ लगायतका सम्मान तथा उपहारहरू अर्पण गरिएको थियो ।

साहित्यकार दम्पती प्रसाईंको व्याखात्मक स्तुती लेखिएको स्वर्ण सम्मानपत्र भानु द्विशतवार्षिकी समारोह समितिका सल्लाहकार तथा परिषदका संरक्षक प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीद्वारा साहित्यकार दम्पती प्रसाईंलाई कर्तलध्वनीका साथ अभिनन्दन गरिएको थियो ।

Nepalese prominent authors Narendraj Prasai and Indira Prasai were honored in UK on August 21, 2014. Photos courtesy: Komal Shrestha Malla

यसैगरी काव्यात्मक स्तुती लेखिएको काव्यिक सम्मानपत्र परिषद्का वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लद्वारा अर्पण गरिएको थियो भने परिषद्का अध्यक्ष कवि खगेन्द्र नेपाली, यती नेपाली एसोशियसनका अध्यक्ष उमेशराज मोक्तान, नेपाली समाज केन्टका अध्यक्ष कवि घनबहादुर थापा र नेपाली महिला संघ बेलायतकी सदस्य कोहिनूर श्रेष्ठ मल्लद्वारा कलात्मक टोकन अफ लभ सम्मान स्वरूप नइ जोडीमा अर्पण गरिएको थियो ।

नेपाली साहित्य विकास परिषद्का अध्यक्ष तथा भानु द्विशतवार्षिकी समारोह समिति बेलायतका उपाध्यक्ष कवि खगेन्द्र नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा धन्यवाद परिषद्का सहअध्यक्ष कवि ध्रुव केसी र स्वागत अनेसास युकेका अध्यक्ष डा. रूपक श्रेष्ठले साहित्यकार दम्पतीको योगदान र श्रमको थलोभित्र नेपाली साहित्य हराभरा हुँदै फैलीरहको अनुभूति हामी सबैमा भइरहेको क्षणमा बेलायतमा सम्पूर्ण साहित्यकारहरूकोतर्फबाट सम्मान गर्न पाउँदा गौरव लागेको छ भने ।

समारोहमा सम्मान ग्रहण पश्चात आफ्नो मन्तव्य दिदै वरिष्ठ साहित्यकार द्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले बेलायतमा आउँदा यसरी साहित्यिक जनसमाजको माया र सम्मान पाउँदा आफूहरूलाई गौरव लागेको कुरा चर्चा गर्दै अब नेपाली साहित्यको बाटोबाट विश्वभर रहेका नेपाली एक ढिक्का हुँदै नेपाल र नेपालीको विकासमाथि पु-याउने कुरामा जोड दिए ।

समारोहमा साहित्यकार दम्पती प्रसाईंको सम्मानमा रात्रीभोज तथा साहित्य सन्ध्याको पनि आयोजना गरिएको थियो । साहित्य सन्ध्यामा कविता वाचन गर्ने कविहरूमा नवराज घिमिरे, लक्ष्मी राई, प्रतिभा बोहरा, खगेन्द्र पाठक, गोपीकृष्ण प्रसाईं, डा.रूपक श्रेष्ठ, घनबहादुर थापा, डा.सुधा श्रेष्ठ, राज श्रेष्ठ र कोमलप्रसाद श्रेष्ठ मल्ल थिए ।

कार्यक्रमको सञ्चालन परिषद्का वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र अनेसास युकेकी महासचिव कवयत्री लक्ष्मी राईले गरेका थिए ।

कोमल श्रेष्ट मल्ल
बरिष्ठ सहअध्यक्ष
नेपाली साहित्य बिकास परिषद्
लण्डन, बेलायत

-Komal Shrestha Malla in UK

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.