Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिवियामा रहेका १ हजार ७ सय ४७ जना नेपालीहरुको उद्दार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 17 March 2011 17:40

काठमाडौं- मध्यपूर्वी देशहरुमा चर्केको आन्दोलनबाट प्रभावित मुलुकमध्ये लिवियामा रोजगारकोलागि गएका मध्ये पाँच जनाबाहेक सबै नेपालीको उद्दार गरिएको फरेन ईम्प्लोईमेन्ट एसोसिएसनले जानकारी दिएको छ ।



लिवियामा रहेका १ हजार ७ सय ५२ नेपाली मध्ये १ हजार ७ सय ४७ जनालाई स्वेदश फर्काईएको हो । एसोसिएसन, नेपाल सरकार, भारतीय दुतावास, चिनिया दुतावास र अन्र्तराष्ट्रिय सहयोग नियोगको पहलमा उक्त उद्दार सम्भव भएको हो।

उद्धार हुन बाँकी रहेका नेपालीहरुकोपनि छिट्टै उद्धार हुने दावी सो एसोसिएसनले गरेको छ ।

जानकारीअनुसार, उद्दार हुन बाँकी रहेका मध्ये दुई जना लिवियाको मेस्रोटमा छन् । उनीहरुलाई केही दिनमै नेपाल फर्काउने तयारी भईरहेको छ । तर तीन जनाले भने नेपाल फर्कन नमानेको उद्दारकालागि प्रत्यक्ष सहभागी एसोसिएसनका सचिव नवराज केसीले जानकारी दिएका छन् ।

लिवियाको राजधानी त्रिपोलीमा रहेका चित्रबहादुर केसी, खड्गबहादुर मगर र ईन्जिनियर मिसान गुरुङ्गले फर्किन नमानेको कसीले बताए । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने- 'उनीहरुले नेपालमा बेरोजगार भएर बस्न नसक्ने भन्दै नेपाल फर्किन अस्वीकार गरेका छन् ।'

ईजिप्ट दुतावासमा राजदुत सहित दुई जनामात्रै कर्मचारी रहेकाले उद्दारमा कठिनाई भएको एसोसिएसनको गुनासो छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?