Inside

All Time Top 50 News

आबुधावीमा नेपाली जनप्रगतिशील मंचको अधिबेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhupraj Basyal   
Tuesday, 10 April 2012 13:45

यूएई- अप्रिल ६ तारिक नेपाली जनप्रगतिशील मंच, यूएईको अबुधाबी क्षेत्रीय समितिको अधिबेशनले २२ सदस्य सर्बसम्मत कार्यसमिति घोषणा गर्दै भब्यरुपमा सम्पन्न भएको छ ।

Nepali Jana Pragatishil Manch convention in UAE. Photos: Bhupraj Basyal

अधिबेशनले कृष्ण भाटलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा राजकुमार पुन मगर, नेत्र अर्याल र राज भुषाल निर्बाचित हुनुभएको छ भने सचिबमा शुशिला थापा, सहसचिबमा आर्यन परदेशी, कोषाध्यक्षमा बिमला भुषाल निर्बाचित हुनुभएको छ ।

त्यसैगरि, सदस्यहरुमा क्रमश शेखर भुषाल, निशा के.सी., पुष्पा मगर, हेम पुर्जा मगर, रनबहादुर पुन मगर, सुभाष बस्नेत, लेखनाथ भुषाल, हिनेंद्र छेत्री, काजी गुरुङ र सुभाष आले मगर गरि १७ सदस्य सर्बसम्मत कार्यकारी समिति गठन गरिएको छ ।

रविरमण अधिकारीको संयोजकत्वमा श्याम पाण्डे, रवि खनाल, नारायण दत्त खनाल र संजय थापा मगरसहितको ५ सदस्य सल्लाहकार समिति गठन गरेको छ ।

चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस एबम नयाँ बर्षको अग्रिम स्वागत र शुभकामना दिदै चियापान कार्यक्रमकोसमेत आयोजनागरी अबुधाबी क्षेत्रीय समितिको अधिबेशनमा कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष रविरमण अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालक पुर्ब केन्द्रिय सचिब कृष्ण भाटले गर्नु भएको थियो ।



उक्त कार्यक्रम अतिथिको आसन ग्रहणपश्चात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरेर सुरु गरिएको थियो । प्रमुख अतिथिमा जनप्रगतिशील मंच यू.ए.ई.का सस्थापक अध्यक्ष दुर्गा दत्त पोख्रेल उपस्थित हुनुहुन्थ्यो भने अन्य अतिथिमा नेपाली जनप्रगतिशील मंचकातर्फबाट श्यामबहादुर परियार, केन्द्रिय सल्लाहकार पिताम्बर पोख्रेल र भिम पौडेल, पूर्व सल्लाहकार सुर्यकान्त सेडाई, आदिबासि जनजाति युवा परिषद्का अध्यक्ष एबम जनस्वयम सेवक समितिका महासचिब हरि घर्ति मगर, प्रगतिशील यातायात मजदुर मंचका केन्द्रिय कोषाअध्यक्ष बलबहादुर बि.क., जनस्वयम सेवक समितिका केन्द्रिय बरिष्ट उपाध्यक्ष मिन बुढाथोकी, समाजसेबी छबिलाल बि.क., प्रगतिशील सास्कृतिक मंचका प्रमुख नेत्र के.सी., मोहन तामाङ, दिपेन्द्र राई र सहिद परिवारकोतर्फबाट नारायण दत्त खनाल र अनिल माझी हुनुनुन्थ्यो ।

सो अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाहगर्नुहुने ब्यक्तित्वहरुलाई बिशेषरुपमा सम्मानित गरिएको थियो । जस अन्तरगत सिङ्गो सहिद परिवारको प्रतिनिधिकोरूपमा नारायण दत्त खनाललाई सम्मान गरिएको थियो भने समाज सेवातर्फ दिपेन्द्र राई, जनजातिको क्षेत्रमा समाज महत्वपूर्ण भूमिका निभाउनु भएकोमा हरि घर्ति मगर र मोहन तामांगलाई, सामाजिक क्षेत्रमा महत्तोपूर्ण भूमिका गर्नुहुने छबिलाल बि.क.लाई, यातायात मजदुरहरुलाई संगठित गर्दै यातायात क्षेत्रमा महत्तोपूर्ण जिम्मेवारी निभाउनु भएकोमा बल बहादुर बि.क.लाई र संगठन निर्माणमा योगदान दिनुभएकोमा क्रमश संस्थापक अध्यक्ष दुर्गा दत्त पोख्रेल, सल्लाहकार एबं कतारको संगठन सस्थापकदेखि यू.ए.ई.मा रहदासमेत बिशेष भूमिका निभाउनु हुने भीम दत्त पौडेल, सल्लाहकार संयोजक पिताम्बर पोख्रेल, श्याम परियार, सास्कृतिक बिभाग प्रमुख नेत्र के.सी. र युवाहरुलाई एकताबद्द गर्न बिशेष भुमिका निभाउनु भएकोमा मिन बुढाथोकीलाई संगठनकोतर्फबाट बिशेष सम्मान गरिएको थियो ।

-Bhupraj Basyal in UAE
नेपाली समाचारपत्र पाक्षिक पत्रीका सह - सम्पादक
यूएई

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.