Inside

All Time Top 50 News

बेलायतमा नेपाली संस्थाहरुको समन्वय परिषद स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anuj Upreti   
Thursday, 16 August 2012 05:46

लण्डन- बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको साझा मन्चकोरुपमा "नेपाली संघसंस्था समन्वय परिषद, यूके"  को स्थापना भएको छ।


The members of newly formed Nepali Organizations Coordination Council, UK. Photo: Anuj

स्थानिय वेष्ट लण्डनस्थित एबिआइ कलेजमा सम्पन्न भएको करिव १४ वटा संस्थाहरु र संचारकर्मिहरुको उपस्थिथिमा २७ संस्थाहरुको समर्थन रहेको भेलाले लामो समय देखि समाजसेवामा समर्पित डा. राघव धिताल संरक्षक र सुरेशजंग शाह अध्यक्ष रहेको १३ सदस्यिय तदर्थ केन्द्रिय कार्य समितीको गठन गरेको छ।

तदर्थ केन्द्रिय समितिका अन्य सदस्यहरुमा उमेशराज मोक्तान, बिजय थापा, होम परिवाग, शशि पौडेल, केशव श्रेष्ठ, धनबहादुर थापा, समिप हाइगवाङ जर्जर, वीरेन्द्र कुँवर, भक्तबहादुर मल्ल, कृष्णप्रसाद शर्मा र जीवन सेन हुनुहुन्छ।

आगामी सेप्टेम्बर ९ तारिख बस्ने तदर्थ केन्द्रियकार्य समितिको बैठकमा अरु संस्थाहरुको पनि सहभागीता बढ्ने र केही सदस्यहरु र सल्लाहाकारहरु कार्यसमितिमा थपिनेछ र कार्य बिभाजन गरिनेछ ।

बढीमा आगामी दुई बर्ष भित्रमा बेलायतमा रहेका सम्पूर्ण संघसंस्थाहरुको तथ्यांकक्रित गरी सदस्यता वितरण, विधान निर्माण र केन्द्रिय सम्मेलन गरी संस्थाहरुको चाहना र प्रत्यक्ष सहभागीताअनुरुप खुल्ला निर्वाचन सम्पन्न गराउनु बर्तमान कार्य समितिको प्राथमिक कार्य रहेको जनाइएको छ।

वेलायतमा रहेका हरेक संघसस्थाहरुले गरेका कार्य र ति संस्थाहरुका कार्यसमितिमा सम्बद पदधिकारिहरुको योगदानको आभिलेख राखि ऐतिहासिक दस्तावेज तयार गर्ने, केन्द्रिय कार्यगत एकता समन्वय, प्रोत्साहन, सहयोग, सद्भभाव, सहभागिता सुचना र संचार प्रवाह गरी एक आपसमा समान पहिचान, समानता र सामाजिक एकरुपतामा बल पुराइ सम्पूर्ण संघसंस्थाहरुको साझा आवाज र अधिकार तथा प्रतिनिधित्व र पहुँच सम्वद संस्थाहरु मध्यबाटै स्थापित गराउनु यस समन्वय परिषदको दीर्धकालिन लक्ष्य रहेको छ ।

बैठकले बेलायतमा रहेका एनआरएनलगायतका सम्पूर्ण संस्थाहरुलाई जतिसक्दो छिटो यस साझा मन्चमा सहभागिता राख्नु भई केन्द्रिय सम्मेलन र नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गराउन सकृयाताकालागि आह्वान गरेको छ भने एनआरएनले उठाएको नेपाली नागरिकता र संयुक्त लगानिका प्रसंगमा समन्वय परिषदको सहयोगात्मक भूमिका रहने कुरा प्रस्ट पारेको छ ।

संस्थापना भेला बैठकको सभापतित्व यती संस्थाका निवर्तमान अध्यक्ष तथा ब्रिटेन नेपाल सिभिक फोरमका अध्यक्ष डा. राघवप्रसाद धितालबाट भएको थियो भने अवधारणा कार्यपत्र अभियानकर्ता महासचिव सुरेशजंग शाहबाट प्रस्तुत गरिएको थियो।

-Anuj Upreti in UK

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.