Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साइप्रसमा नेपाली विद्यार्थीहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sanjeeb Poudel   
Thursday, 19 May 2011 14:40

Special: 2 photos: साइप्रस- मेडिटेरियन समुन्द्रले घेरिएको युरोपको अति सुन्दर देश साइप्रसमा यूरोपियन युनिभर्सिटी साइप्रसले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा नेपाली विद्यार्थीहरुले रमाइलो प्रस्तुति गरेकाछन्।

Nepalese students in Cyprus. Photos courtesy: Sanjeeb

मे ११ वुधबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न युरोपेली मुलुकलगायत अमेरिका, बुल्गेरिया, सिरिया, नेपाल, इंडियाआदि देशहरुको संस्कृतिको प्रदर्शन गरिएको थियो।

उक्त कार्यक्रममा नेपालकोतर्फबाट नेपाल स्टुडेन्ट एसोसिएसन यूरोपियन युनिभर्सिटी साइप्रसका सभापति संजिब पौडेलको व्यबस्थापन तथा नेतृत्वमा नेपाली संस्कृतिको प्रदर्शन गरिएको थियो जस्मा नेपाली नृत्य, गायन तथा छोटो चलचित्र रहेको थियो।



उक्त कार्यक्रममा बिना गुरुङ र रेखा गैरेले क्रमश 'मनकि चरी उडि उडि' र 'ए भेना यो शालीलाई ल्याइदेउन पछौरी' बोलको गानामा बेजोड नृत्य गर्दा कार्यक्रममा उपस्थीत सबै नाँच्न वाध्य भएका थिए भने उक्त एसोसिएसनका उपसभापति खड्ग राईको सकृयतामा गठन भएको सांगीतिक टोलिको टिम लिडर वहाँ आँफै हुनुहुन्थियो भने गिटारिस्ट्मा विशाल राई र दिनेश थापा मगर, ड्रमरमा किशोर लामिछानी र गायनमा खड्ग राई र कुमार लामा हुनुहुन्थ्यो। खड्ग राई र कुमार लामाले क्रमश: 'रेशम फिरिरी' र 'रातो र चन्द्र सुर्य' बोलको गाना गाउनु भएको थियो।
भने सन्देश अधिकारीद्बारा संकलित र सम्पादित गरिएको नेपाल चिनाउने छोटो चलचित्रले सबैलाई मन्त्रमुग्ध पार्दै नेपाल सम्बन्धी पर्याप्त जानकारी गराउन सफल भएको थियो ।

नेपाली साडि, चोलो, पोते र चुरा लगाएर सजिएकी उक्त एसोसिएसनकी सचिव बलमाया गुरुङ र कोषाध्यक्ष नयन घिमिरेले कार्यक्रम सफल बनाउन ठुलो भूमिका खेल्नुभएको थियो । नेपाली प्रस्तुतिलाई हौषला दिन नेपाली मैत्री भाव समाजका अध्यक्ष राजि थापा, एनआरएनका महासचिब रंजित महतोलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनपछि, नेपाली तथा विदेशी र यूरोपियन युनिभर्सिटी स्टुडेन्ट अफेयरकि प्रमुख एन्जिलाले नेपाल स्टुडेन्ट एसोसिएसनका सभापति संजिब पौडेलमार्फत उक्त एसोसिएसनका सबै पदाधिकारीलाई प्रस्तुति सफल र उदाहरणीय भएकोमा बधाई दिदै भविश्यमा पनि उक्त एसोसिएसनलाई आफ्नो तथा युनिभर्सिटीको सहयोग जारि राख्ने बताएकी थिइन् भने उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण साथी भाई, कलाकारहरुलाई नेपाल स्टुडेन्ट एसोसिएसनकोतर्फबाट सभापति संजिब पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

-Sanjeeb Poudel in Cyprus

-साइप्रसमा नेपाली नयाँ वर्ष २०६८ भव्य रुपमा मनाइयो

Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?