Inside

All Time Top 50 News

पोर्चुगलमा नेपालमा सामुहिक लगानि भित्र्याउन समिति गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhim KC Kamal   
Wednesday, 25 April 2012 01:29

लिस्बन- गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषद (NRNA ICC) को आव्हान अनुसार गैर आवाशिय नेपालीहरुको सामुहिक लगानि नेपालमा भित्र्याउने अभियान अन्तरगत पोर्चुगलबाट हातेमालो गर्दै पोर्चुगलमा रहेका गैर आवाशिय नेपालीहरुलाई लगानिको निम्ति अभिप्रेरित गर्न एनआरएन पोर्चुगलले कार्यारम्भ गरेको छ।



एनआरएन पोर्चुगल, राष्ट्रीय समन्वय परिषदका अध्यक्ष रमेशकुमार गुरुङको अध्यक्षतामा हालै संघको कार्यालय रोसियोमा बसेको पोर्चुगलमा अवस्थित सम्पुर्ण नेपाली संघसंस्थाहरुको संयुक्त बैठकले नेपालमा पोर्चुगलबाट सामुहिक लगानि भित्र्याउने कार्यमा सहजिकरणको निम्ति एक समितिसमेत गठन गरेको छ।

एनआरएन आइसिसीका सदश्य पुर्ण हमालको संयोजकत्वमा गठित उक्त समितिमा लक्ष्मीप्रसाद सापकोटा, मनबहादुर पुर्जा मगर, डिलाराम चापागाई, दावा सांगे पाख्रीन, गोबिन्द सापकोटा र भीम के सी कमल सदश्य रहेका छन्।

उक्त समितिले पोर्चुगलमा रहेका सम्पुर्ण संघसंस्थाहरु, ब्यबशायीहरुलगायत समस्त गैर आवाशिय नेपालीहरुसंग अन्तरकृया गरि पोर्चुगलबाट नेपालमा समुहिक लगानिको निमित्त सार्थक पहल गर्ने जानकारी समितिका संयोजक पुर्ण हमालले दिएका छन्।

साथै उक्त बैठकले एनआरएनसहित समस्त संस्थाहरुको सामुहिक आयोजनामा आगामी मे ६ तारिखका दिन शोभा-यात्रा सहित भब्यरुपमा बुद्ध जयन्ती मनाउने निर्णय गर्दै एनआरएन पोर्चुगलका उपाध्यक्ष पेम्बा शेर्पाको संयोजकत्वमा १३ सदश्यिय आयोजक समितिसमेत गठन गरेको छ।

-Bhim KC Kamal in Portugal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.