Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अल्प बिकसित मुलुकहरुको बैठकमा प्रम खनाल विश्वभरका नेताहरुसंग भेट्न ब्यस्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 10 May 2011 02:30

Exclusive: काठमाडौँ / इस्तानबुल- संयुक्त राष्ट्र संघ अन्तर्गत अति कम विकसित राष्ट्र (एलडिसी) हरुको समूहको सम्मेलनमा भाग लिन टर्कीको राजधानी इस्तानबुल पुगेका प्रधानमन्त्री खनाल विश्वभरका नेताहरुसंग भेट्न ब्यस्त बनेकाछन्।

यसबिच, संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले बुद्धको जन्मस्थल लुम्बिनीको विकासप्रति गहिरो अभिरुचि राख्दै आफूले सक्दो सहयोगको प्रयास गर्ने बताएका छन् ।

प्रधानमन्त्री खनाल र महासचिव मुनबीचको भेटको क्रममा मुनले बुद्धको जन्मथलो लुम्बिनीको विकासबारे चासो प्रकट गर्दै सहयोगको बचन दिएका हुन् ।

एलडिसी राष्ट्रहरुको समूहको अध्यक्ष राष्ट्रको हैसियतले प्रधानमन्त्री खनालले सो सम्मेलनमा भाग लिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इस्तानबुलबाट दिएको जानकारीअनुसार, भेटका क्रममा प्रधानमन्त्री खनालले राष्ट्र संघले गरेको सहयोगको उच्च प्रशंसा गरेका थिए । शान्ति प्रकृयालाई सहमतिकासाथ टुंग्याएर समय अपुग भएमा समय थप गरेर भए पनि संविधान सभाबाट नयां संविधान जारी गर्न आफ्नो नेतृत्वको सरकार दृढ प्रतिज्ञ रहेको जानकरी उनले दिएका थिए । राष्ट्र संघीय महासचिव वानले नेपालको शान्ति प्रकृया र संविधान निर्माणको जारी प्रकृयाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री खनालको नेतृत्वमै यी काम सफल हुने विश्वास प्रकट गरेका थिए ।

प्रधानमन्त्री झलनाथ खनाललाई विश्वका विभिन्न राष्ट प्रमुख एवम् सरकार प्रमुखहरुले शान्ति प्रकृया र संबिधान निर्माणलाई सफलतामा टुंग्याउन शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट संघका महासचिव वान की मुनसँग विशेष प्रधानमन्त्री खनालले हिजो भेटवार्ता गरेका थिए । करिव आधा घण्टाको सो भेटमा प्रधानमन्त्री खनालले नेपालको संक्रमणनकालिन राजनीतिक परिस्थति शान्ति प्रकृया र संबिधान निर्माणका सम्बन्धमा भैरहेका प्रगति र समस्याहरुको वारेमा सविस्तार जानकारी गराएका थिए ।

प्रधानमन्त्री खनालको राष्ट्र संघीय महासभाका अध्यक्ष जोसेफ डायससँग पनि भेट भएको छ । खनाल र डायसबीचपनि नेपालको शान्ति प्रकृया र संविधान निर्माणका सम्बन्धमा गहन छलफल भएको थियो । डायसले प्रधानमन्त्री खनालको नेतृत्वमा नेपालले अल्प विकसित राष्ट्रहरुको समूहको अध्यक्षका हैसियतमा निर्वाह गरेको प्रभावकारी भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री खनाल र युरोपियन कमिसनका अध्यक्ष जोसे म्यानुयल बारोसोबीच भएको भेटका क्रममा अध्यक्ष बारासोले नेपालको शान्ति प्रकृया प्रति दृढ सर्मथन जनाएका थिए । आधारभूत शिक्षा र स्थायित्व एवम् शान्ति निर्माणका क्रममासहयोग बढाउन कमिसन सकारात्मक रहेको बताएका अध्यक्ष बारासोले नेपाल अध्यक्ष रहेको सन्दर्भमा अल्प विकसित राष्टहरुको चौथो शिखर सम्मेलन समावेसी र दिगो विकास तथा गरिबी निवारणको क्षेत्रमा सकारात्मक परिमाण ल्याउन सफल हुने विश्वास पनि व्यक्त गरेका थिए ।

यसैगरी, बेल्जियमका प्रधानमन्त्री यिभ्स लेटरमेसँग भएको भेटवार्तामा यिभ्सले नेपालको शान्ति प्रकृया र संबिधान निर्माण प्रकयाले सकारात्मक बाटो लिएकोमा सन्तोष व्यक्त गरेका थिए । यस प्रकृयालाई सघाउन आफू र आफ्नो मुलुक तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

प्रधानमन्त्री खनालसँग विश्व व्यापार संगठन (डब्ल्युटिओ) का महानिर्देशक पास्कल लेमीलेपनि भेट गरेका थिए । डब्ल्युटिओबाट लाभ लिनकालागि नेपाललगायत अल्प विकसित मुलुकहरुलाई क्षमता बृद्धि एवम् प्राविधिक सहयोग गर्न संगठन तयार रहेको बताएका लेमीले नेपाल भ्रमणका क्रममा आफू समक्ष डब्ल्युटिओबाट नेपालले लाभ लिन नसकेको सन्दर्भमा पनि कुराकानी भएकोसमेत स्मरण गरेका थिए ।

जर्मन प्रतिनिधिमण्डलका प्रमुख एवम् जर्मन आथिक सहयोग तथा विकास मामिला सम्बन्धी संघीय मन्त्री हान्स जर्गेन विरफेल्ट्जलेपनि प्रधानमन्त्री खनालस शान्ति प्रकृया र नेपालको विकासमा जर्मन सरकारको निरन्तर सहयोग सम्बन्धमा पनि कुराकानी गरेका थिए ।

यसैगरी, डेनमार्कका विकास सहयोग मन्त्री सोरेन पिन्डले दुई देशबीचको आपसी सम्बन्ध र दुई देशको साझा हितकाबारेमा विचार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री खनालसंग चीनका वाणिज्य उपमन्त्री फू जिियंगले शिष्टाचार गर्दै काठमाडौं उपत्यकाको खानेपानी समस्याबारे अध्ययन गर्न चीनले टोली पठाउन लागेको जानकारी गराएका थिए । शान्ति प्रकृया र संविधान निर्माणको कामलाई सफल पार्न प्रधानमन्त्री खनालको नेतृत्वलाई चीनको समर्थन र विश्वास रहेको पनि उनले उल्लेख गरेका थिए ।

यसैगरी, अष्ट्रेलियन प्रधानमन्त्रीका विशेष दूत प्रतिनिधिमण्डलका प्रमुख रोबर्ट म्याकमिलनलेपनि भेट गरेका थिए ।

खनालले हिजो टर्कीको स्तानबुलमा अति कम विकसित राष्टहरुको राष्ट संघीय चौथो शिखर सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्नुभयो । विभिन्न सदस्य राष्ट्रहरुका राष्ट्रप्रमुख, सरकार प्रमुख, संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन, अन्र्तराष्टिय दातृ संस्थाका प्रमुखहरु, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरुको बिशेष उपस्थितिमा शुभारम्भ भएको उक्त सम्मेलनमा प्रधानमन्त्री खनालले अल्प विकसित मुलुकहरुलाई विकसित मुलुकहरुले सघाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल दश वर्ष लामो सशस्त्र द्धन्द्धको शान्तिपूर्ण अवतरण गरी शान्ति प्रकृया र संबिधान निर्माणको काममा केन्द्रित रहेको जनाउँदै प्रम खनालले अन्तरराष्टिय समुदायलाई सहयोग सदभाव र सहकार्यकोलागि आव्हान गरेका थिए । 'न्ति प्रकृया र संविधान निर्माणपछि नेपालले अल्पविकसित अवस्थाबाट विकसित राष्टको पंक्तिमा अघि बढ्न ढोका खुल्नेछ' उनले भनेका थिए- 'यसकालागि नेपाललाई अन्तर्राष्ट्रिय सदभाव र सहयोगको खाँचो छ ।'

दश वर्ष अघि ब्रसेल्समा सम्पन्न अल्प विकसित राष्टहरुको तेश्रो शिखर सम्मेलनपछि टर्कीमा आयोजित यस सम्मेलनमार्फत राष्ट संघले अल्प विकसित राष्टहरुको विकास तथा सम्वृद्धिको नर्या कार्य योजना तर्जुमा गर्ने बताइएको छ । टर्कीका राष्ट्रपति अब्दुल्लाह गुललॆ अध्यक्षता गरेको सम्मेलनको उदघाटन समारोहलाई प्रधानमन्त्री खनालले अल्प विकसित राष्ट्रहरुको समूहका अध्यक्षका हैसियतले सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि कार्यकारी प्रमुखको रुपमा खनालको यो पहिलो विदेश भमण हो ।

संयुक्त राष्ट्र संघका १ सय ९२ सदस्य तथा २ पर्यवेक्षक राष्टहरुमध्ये ४८ अल्पविकसित र ४४ विकसित गरी ९२ भन्दा बढी देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधि मण्डलहरुको सहभागिता रहेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?