Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'मैले नयाँ सम्बिधान जारी नगरी सम्बिधान सभा विघटन गर्नु हुँदैन भनेर भनेको छु'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 10 May 2011 11:34

काठमाडौँ / इस्तानबुल- तीब्र आर्थिक विकासको प्रकृयामार्फत आगामी पाँच बर्षभित्रै नेपाल अति अल्प विकसित अवस्थाबाट धेरै अगाडि बढ्नसक्ने दावी प्रधानमन्त्री झलनाथ खनालले गरेका छन् ।

अल्पविकसित मुलुकहरुको समूह एलडिसीको सम्मेलनकालागि टर्कीको इस्तानबुलमा रहेका प्रधानमन्त्री खनालले त्यहाँस्थित अनादलु अडोटरियममा अति अल्प विकसित समूहको ब्यूरो कार्यालयमा आयोजित नेपाली सन्चारकर्मीहरुसँगको भेटघाटका अवसरमा उपरोक्त कुरा बताएका हुन् ।

'विश्व विकासका क्रममा विगतमा भएको त्रुटिका कारण नेपाललगायत ४८ वटा मुलुकहरु गरिबी र अति अल्प विकासको स्थितिबाट गुजि्रनु परेको छ तर शान्ति प्रकृयालाई पूर्णतामा पुर्याएर नयाँ संविधान जारी गरिसकेपछिको नयाँ स्थितिमा मुलुक स्थायित्व विकास र समृद्धिको नयां युगतर्फ अघि बढ्ने छ'प्रम खनालले भने- 'यतिबेला हामी सबै त्यही नयाँ परिस्थिति र वातावरण श्रृजना गर्न लागिपरेका छौं ।'

विगत पाँच सय वर्षमा विकास भएको विश्वको राजनीतिक र आर्थिक व्यवस्था एवम् संरचना अन्यायपूर्ण रहेकै कारण सन् १९७१ मा विश्वका अति अल्प विकसित २५ राष्ट्रहरुको पहिचान गरी तिनको विकासकालागि छुट्टै प्रयत्न अघि बढाइएको सन्दर्भ प्रधानमन्त्री खनालले सो अवसरमा उल्लेख गरेका थिए । खनालले विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको भेटबारेपनि नेपाली सन्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

'शान्ति प्रकृयालाई पूर्णतामा पुर्याएर नयाँ संबिधान जारी गर्न सवैले नेपाललाई सहयोग गर्ने उत्साहजनक प्रतिबद्धता व्यक्त गर्नुभएको छ, तर हामीले पहिले आफ्ना समस्यालाइ चाँडोभन्दा चाँडो समाधान गरी शान्ति र सम्बिधान निर्माणमा केन्द्रित हुन जरुरी छ' खनालले भने- 'मैले नयाँ सम्बिधान जारी नगरी सम्बिधान सभा विघटन गर्नु हुँदैन भनेर भनेको छु ।'

प्रधानमन्त्री खनालसँग आजैमात्र फिनल्याण्डका राष्ट्रपति तारजा हालोनेनको भेटवार्ता गरेको थिए । हालोनेन र खनालबीच दुइ पक्षीय सहयोगका साथै नेपालमा शान्ति र संबिधान निर्माणको प्रकृयालाई सफलतासाथ सम्पन्न गर्नेबारेमा छलफल भएको थियो । राष्ट्रपति  हालोनेनले नेपाललाई सघाउन आफु र आफ्नो मुलुक तयार रहेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री खनाललका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार, प्रधानमन्त्री खनालसँग अमेरिकी सहयोग नियोग (युएसएड) का उप महानिर्देशक डोनाल्ड स्टेनवर्गले पनि शिष्टाचार भेट गरेका थिए । आफ्नै साधन श्रोतको अधिकतम सदुययोग तथा बाह्य सहयोगको व्यापक उपयोगद्धारा नेपालले छिटो आर्थिक प्रगति र विकास हासिल गर्न चाहिरहेको खनालले स्टेनबर्गलाई बताएका थिए ।

संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास केन्द्र (युएनसिटिएडी-अंकट्याड) का महासचिव डा. सुपाचाई पानि चपाक्डीले पनि प्रधानमन्त्री खनालसँग भेट गरेका थिए । सो भेटमा नेपालको आर्थिक विकास तथा व्यापार प्रबद्र्धनको प्रकृयामा राष्टसंघीय सहयोग थप बढाउनुपर्नेबारेमा छलफल भएको थियो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?