Inside

All Time Top 50 News

चर्चित पप गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kejin Rai   
Thursday, 04 October 2012 03:37

ब्रसेल्स, बेल्जियम- नेपाली सांगीतिक आकाशका पप गायन विधाका उत्कृष्ट गायक धिरज राई यतिखेर युरोप यात्रामा ब्यस्त रहेकाछन्।

Pop singer Dhiraj Rai in Europe Tour. Photo courtesy: Kejin

उनको पहिलो एकल साँझ डेनमार्कको कोपेनहेगनमा गत ३० सेप्टेम्बरमा भव्यता र सफलताकासाथ सम्पन्न भएको छ भने पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, स्पेन, जर्मनी र फ्रान्समा साँगितिक कोशेली पस्किदैछन्।

बिगत दुई दशक लामो सांगितिक यात्रामा आफ्नो यात्रा निरन्तर राख्दै लाखौं नेपाली स्रोता दर्शकहरुको मन जित्न सफल बहुप्रतिभाशाली गायक राई पहिलो पटक यूरोपको सांगितिक यात्रामा निस्केका हुन् ।

गायक राईको दोश्रो कन्सर्ट पोर्चुगलको लिस्बोनमा आगामी ७ अक्टोबरमा हुँदैछ । त्यसैगरी, अक्टोबर १३ मा नेदरल्याण्ड, अक्टोबर १४ लुभेन बेल्जियम, १६ स्पेन, २७ अक्टोबर फ्रान्स, २५- २६ र २८-०२ नोभेम्बरसम्म जर्मनीको ह्यामबर्ग, म्युनिखलगायत ५ ठाउमा कार्यक्रम रहेको छ। स्विटजरल्याण्ड, लक्जेम्बर्ग र इटालीमा कार्यक्रम गर्ने पक्का पक्की भएपनि मिति अझै टुंगो नलागेको उनका आयोजकले यस सम्बाददातालाई बताए।

''लुकिलुकि आँखा तिमी'', "तिमी रुँदा म पनि रोएको थिएं'' जस्ता अतिनै लोकप्रिय गीतहरुका गायक धिरज राई नेपालका ''माईकल ज्याक्सन'' भनेर पनि चिनिने गरिन्छ।

गायक धिरज राईको यो पहिलो युरोप यात्रामा बिशेष सहयोगीकारुपमा डेनमार्क निवासी बिजय अधिकारी र जर्मनी निवासी अन्तराष्ट्रिय कलाकार मञ्च तथा एनआरएन जर्मनीका अध्यक्ष लब थापा रहेका छन्। युरोपका बिभिन्न अन्य संघ संथाहरुसाथै उनकै आफन्त केजिन राई, मित्र उज्ज्वल केसी, कर्ण सुब्बा बेल्जियम, जस याखा, पुष्प बरुवाल नेदरल्याण्ड, गणेश याखा, नरभूपाल राई पोर्चुगल गायतले विभिन्न पक्षबाट सहयोग गरेकाछन्।

प्रत्यक्ष कार्यक्रममार्फत आफुलाई माया गर्ने स्रोता दर्शकहरुसंग यसरी युरोपमा साक्षात्कार हुन पाउँदा आफुलाई निकै खुशि लागेको गायक राईको कथन छ।

खोटांग जिल्लाको बिकट ठाउँ बुईपाबसेरी, बिजय खर्कमा जन्मिएर अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका धिरज राई कलेजमा प्राध्यापन तथा पुरानो अध्ययन ईन्जिनिएरिङ्ग पेशालाईसमेत निरन्तरता दिई रहेका छन् भने उनका माता पितासमेत त्रिभुवन बिश्वबिद्यालयमा प्राध्यापन पेशामा सलग्न रहेका छन्।

-Kejin Rai in Belgium

Editor, EuroNepalOnline.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.