Inside

All Time Top 50 News

पोर्चुगल जनजाति महासंघद्वारा सभासद्हरुले युगकै अक्षम्य गल्ती गरेको आरोप PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Yogendra Milan Chhantyal   
Tuesday, 19 June 2012 04:45

पोर्तुगल- सबै प्रवासीलाई देशका हरेक गतिविधिमा चासो हुने उल्लेख गर्दै आदिवासी जनजाति महासंघ पोर्तुगलले सचिवालय महासचिव आङकाजी शेर्पालाई एमालेबाट निष्काशन गर्नु 'समग्र जनजातिलाई हाउगुजी देखाएको' ठहर गरेको छ ।

"प्रमुख चार दलसहित ठूला नेता भनाउँदाहरुको आज्ञा शिरोधार्य गरेका सभासद्हरुले युगकैलागि अक्षम्य गल्ती गरे । काँग्रेस र एमालेलाई जातीय पहिचानसहितको संघीय संरचनाकालागि निर्णय गर्न पनि आफ्नै पुर्ख्यौली विर्ता खोसिने जत्तिकै गाह्रो लाग्यो ।" पोर्तुगल महासंघका कार्यबाहक अध्यक्ष गणेश लिम्बु र महासचिव दावा साङ्गे पाख्रिनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "सहमति गर्दा राम्रो गरेको ठान्ने माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेता कार्यकर्ताबाटै ती प्रतिवद्धताहरुको उल्लङ्घन भएका कारण संविधान निर्माण हुन नसकेको कुरा स्पष्ट छ ।"

"आफैले गल्ति गरेको थाहा छ तर आफु पानीमाथिको ओभानो हुन अरुलाई दोषारोपण गर्दै फेरि पनि सत्ता र कुर्सीलाई बार्गेनिङ प्वाइन्ट बनाउनु तीन करोड नेपालीको भविष्य माथि खेलवाड हो । परिवर्तनकामी वर्गले इतिहासको हरेक कालाखण्डमा जहाँ पनि परिवर्तनको संघारनेर अनगिन्ती चुनौतिहरुको सामना गर्नुपर्छ" विज्ञप्तिमा उल्लेख छ, "अझै प्रहारहरु हुन सक्छन् ब्राह्मणवादी झुण्डहरुबाट, अन्तत: सत्यको जितलाई कुनै पनि जालझेल र ताकतले रोक्न सक्ने छैन ।"

विज्ञप्तिमा भनिएको छ- "परिवर्तन क्रम र युगको मागअनुसार शताब्दीयौदेखि अधिकारबाट बन्चित बनाइएका समग्र आदिवासी जनजाति, दलित, महिला, मधेशी, फरक क्षमता भएका र शोषित पीडित वर्गलाई मूल प्रवाहमा ल्याउँदा यिनीहरुको ठगी खाने पेशा समाप्त हुने डरले जे जस्तो हठकण्डा अपनाएका छन्, यी अत्यन्त खेदजनक र आपत्तिजनक छन् ।

हिजोका दिनमा आदिवासी जनजातिमा सूचिकृत हुन सरकार र आधिकार सम्पन्न आयोगले आव्हान गर्दा आदिवासीलाई दोश्रो दर्जा ठान्ने बाहुन क्षेत्रीका अहिलेका नेता भनाउँदाहरुबाट नकटो भेषमा आदिवासी बन्ने नक्कली मागमा हाम्रा सम्भावनाहरुमाथि खेलवाड गरिदैछ ।" महासंघले भनेको छ, "यो चुनौतिपूर्ण घडीमा तमाम पछाडि पारिएका वर्ग पक्षधरहरु सचेत, सक्रिय भइ वारपारको परिवर्तनका लागि एकपटक आफूलाई होम्नुपर्ने बेला भएको छ ।"

संविधान निर्माणकालागि दबाव दिन, गलत संस्कृतिको विरुद्ध संघर्ष गर्न र ठाउँ ठाउँमा खबरदारी गर्न सबै परिवर्तनकामी नेपालीलाई महासंघले आव्हान गरेको छ । "जहाँ नागरिकले स्वतन्त्रता पाउँछन् त्यहाँ कहिल्यै जातीय द्वन्द हुँदैन, बरु अधिकारबाट बन्चित गर्ने संस्कारविरुद्ध संसारका थुप्रै मुलुकहरुमा डरलाग्दा लडाइहरु भएका छन् ।"

विज्ञप्तिमा जातीय पहिचानसहितको राज्य पुनर्संरचनाकालागि पहल गर्न प्रतिबद्धता र नेपालमा भइरहेका जनजाति आन्दोलनमा ऐक्यबद्धता जनाइएको छ ।

ब्राह्मणवादी र संकीर्ण सोचका कारण फालिने जाली पासाहरुमा नफस्न र सचेत रहन सबै जनजातिहरुमा महासंघले अनुरोध गरेको छ । दलीय स्वार्थभन्दा जनजातिका जायज मागहरु पूरा गराउनकालागि एकजुट हुन पनि विज्ञप्तिमा आव्हान गरिएको छ । जनजाति र पछाडि पारिएका वर्गलाई अधिकार दिनुपर्ने मागको बर्खिलापमा दलहरु र हुनेखानेहरुले कुनै पनि चिन्तन र गतिविधि नगर्न पनि महासंघले खबरदारी गरेको छ ।

-Yogendra Milan Chhantyal in Portugal
Editor, www.namastenepali.com & www.chhantyal.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.