Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोर्चुगलबाट नेपालीहरुद्वारा बीबीसी नेपाली सेवा बन्द नगर्न बेलायती प्रधानमन्त्रीलाई ज्ञापन-पत्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nirdosh KC   
Friday, 11 March 2011 16:21

लिस्बन- विश्वभर रहेका नेपालीभाषी समुदायबिच अत्यन्त लोकप्रिय र विश्वसनिय संचार माध्यमको रुपमा परिचित बीबीसी नेपाली सेवाको सर्टवेभ प्रशारण यही मार्च २७ तारिखबाट बन्द गर्ने बीबीसी विश्व सेवाको निर्णयप्रति आपत्ति प्रकट गर्दै पोर्चुगलबाट बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एक ज्ञापन-पत्र पठाइएको छ।


गैर आवासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मकर हमाल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र गैर आवासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय सम्वन्ध विभाग संयोजक भीम के सी कमलद्वारा हस्ताक्षरित उक्त ज्ञापन-पत्र प्रधानमन्त्री क्यामरुनका अतिरिक्त बीबीसी विश्वसेवाका प्रवन्धक मार्क थोमप्सन र निर्देशक पिटर होर्रोकलाई समेत प्रेषण गरिएको जानकारी प्राप्त भएको छ।

सम्प्रेषित उक्त पत्रमा नेपाल तथा डायोस्पोरामा गरि करिव ५४ लाख श्रोता भएको, नेपालको लोकतान्त्रिक आन्दोलनलाई हरदम सकारात्मक सहयोग पुग्ने खालका सूचना सम्प्रेषण गर्दै आएको, नेपालका अत्यन्त विकट दुर्गम ग्रामीण इलाकाहरुमा समेत स्पष्ट सुन्न सकिने, बालबालिका एवं युवाहरुलाई शैक्षिक एवं बौद्धिक खुराक पस्किने लोकप्रिय संचार सेवाको सर्टवेभ प्रसारणलाई केवल वार्षिक २६ हजार पाउण्ड मितव्ययिताको नाममा वन्द गरिनु दुर्भाग्यपूर्ण भएकोले उक्त प्रशारण सुचारु गरि नेपालीभाषी श्रोताहरुको सुचनाको हकलाई सुनिश्चित गर्न सम्पूर्ण पोर्चुगलवासी आप्रवासी नेपालीहरुकोतर्फबाट जोडदार माग गरिएको छ।

-Nirdosh KC in Lisbon

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?